काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ।
इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समितिको २१०औं बैठकले २०७५ बैसाख ५ गते सेयरधनी पुस्तिक बन्द (बुक क्लाज) हुने जनाएको छ। तसर्थ बैसाख ४ गतेसम्म सेयर किन्ने लगानीकर्ताले उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीले २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सको गत भदौ २७ गते सम्पन्न साधारणसभाले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो।
हाल यस कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ। उक्त परिणामको हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।