अघिल्लो लेखमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि चालेका कदमबारे चर्चा गरेका थियौं। कोरोना भाइरसको संक्रमणका लागि चीनका अनुभव नेपाल लगायत अन्य देशका लागि पनि फलदायी हुन सक्ने भएकाले प्रस्तुत गरिएको थियो। कोरोना नियन्त्रण गर्न निकै सफल मानिएको दक्षिण कोरियाका अनुभव पनि उतिकै सान्दर्भिक हुन सक्छन्। यो लेखमा भने कोरोना भाइरस नियन्त्रणको दक्षिण कोरियाली अनुभवबारे चर्चा गरका छौं।
फेब्रुअरीको अन्त्तिमदेखि मार्चको सुरुसम्म कोभिड-१९ बिरामीहरुको संख्या केही दर्जनबाट हजारको हारमा पुग्न थालेको थियो। कोरियामा फेब्रुअरी २९ मा एकैदिनमा ९ सय ९ जनामा कोरोना संक्रमित भएको पुष्टि भयो। पाँच करोड जनसंख्या भएको यो राष्ट्रले आफूलाई कोरोनाको संक्रमण रोक्न चुनौतीपूर्ण रहेको महसुस गर्यो। तर तीनचार दिनको बीचमा नै यो संक्रमित पुष्टि हुनेको संख्या आधाभन्दा बढीले कम भयो। त्यसपछिको ४ दिनमा फेरि आधामा झर्यो। कोरियामा कोरोना संक्रमित पुष्टि हुनेको संख्या घट्ने क्रम जारी छ।
मार्चा २२ मा दिन त्यहाँका अधिकारीहरूले महिनाभरकै सबैभन्दा भन्दा कम ६४ जना मात्र कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको रिपोर्ट गरे। त्यतिखेर जतिबेला विश्वका अन्य थुप्रै देशमा प्रतिदिन हजारौंको संख्यामा संक्रमितरुको संख्या बढ्दै गएको थियो।
मित्रराष्ट्र अमेरिका, इटली, स्पेन, फ्रान्स, जर्मनी आदि देशमा हजारौंको संख्यामा यो भाइरसको संक्रमणबाट मृत्यु भइरहेको छ। वर्ल्डोमिटरले अपडेट गरेको तथ्यांक अनुसार दक्षिण कोरियामा मार्च २४ मा एकैदिन ९ जनाको मृत्यु भयो। दक्षिण कोरियाका हकमा एकदैनि सबैभन्दा बढी मानिसको मृत्यु भएको दिन यही हो। नोबेल कोरोना भाइरसको महामारी फैलिएको शुरुका ती दुई चीनपछिको दोस्रोमा रहेको दक्षिण कोरियाले उक्त भाइरसबाट नयाँ संक्रमितको संख्यालाई लगभग जमिनमा ल्याउन सफल भएको छ। त्यो पनि उसकै भाषामा भन्नुपर्दा चीनको जस्तो बोल्न लकडाउन नगरिकन।
सार्स) महामारी बेला राष्ट्रिय संकट घोषणा गरेको दक्षिण कोरियाले ३८ जना नागरिक गुमाउनु परेको थियो सो माहमारी नियन्त्रण गर्न प्रिभेन्टिभ पब्लिक हेल्थका निश्चित प्रणाली विकास गरेको थियो। त्यसको प्रयोग पनि उसलाई लाभदायक सिद्ध भयो।
मित्रराष्ट्र दक्षिण कोरियाले अर्थव्यवस्था चौपट नगराइकन पनि आक्रामक र चुस्त प्रतिकारात्मक जनस्वास्थ्यका विधि तथा औजार प्रयोग गरी कोरोनाको प्रकोप फैलन रोकेको छ भन्न सकिन्छ। यसले समग्र विश्वलाई उत्साहित पनि बनाएको छ। यो लेखमा कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले अख्तियार गरेका केही रणनीति निम्न छन्।
माहामारीको रूप लिनुअघि नै हस्तक्षेप
दक्षिण कोरियामा जनवरी २० मा कोरोना पजिटिभ भएको एक केस देखियो। सरकारले तत्कालै सबै औषधि कम्पनीलाई बोलाएर ठूलो मात्रामा अविलम्ब कोरोना भाइरसको परीक्षण किट उत्पादन गर्न आह्वान गर्यो। फेब्रुअरी २९ मा त्यहाँ ९ सय ९ जना नयाँ संक्रमित भए। त्यसपछि दक्षिण कोरियाली राष्ट्रपतिले मार्च ४ मा कोरोना भाइरस विरुद्ध युद्धको घोषणा गरे। यसको
त्यो समयमा त्यहाँका अनुसन्धाताहरूले कोरोना भाइरसको मुख्य केन्द्रबिन्दु दक्षिण कोरियाको थेगु सहरको एउटा चर्च भएको पत्ता लगाए। थुगु सहरको जनसंख्या करिब २ करोड ५० लाख हो। यसपछि यो सहरमा आकस्मिक जनस्वास्थ्यका आकस्मिक विधि लागू गर्न सुरु गरियो। त्यसको लागि उसलाई मानिसहर को आवतजावत रोक्नु परेन। किनकी संक्रमणको श्रोत चर्चको प्रार्थनासभा नै थियो।
अमेरिकालगायत अन्य यूरोपेली देशभन्दा फरक दक्षिण कोरियाले कोरोना संक्रमणलाई राष्ट्रिय संकटका रुपमा लियो। यसअघि सन् २०१५ को मिडिल ईस्ट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) महामारी बेला राष्ट्रिय संकट घोषणा गरेको दक्षिण कोरियाले ३८ जना नागरिक गुमाउनु परेको थियो सो माहमारी नियन्त्रण गर्न प्रिभेन्टिभ पब्लिक हेल्थका निश्चित प्रणाली विकास गरेको थियो। त्यसको प्रयोग पनि उसलाई लाभदायक सिद्ध भयो।
नोबेल कोरोना भाइरस व्यक्तिको शरीरमा प्रबेश गरेपछि लक्षण देखाउन लाग्ने समय जसलाई 'इन्क्युबेसन पिरियड' भनिन्छ। त्यो अवधि २ दिनदेखि १४ दिनसम्म मानिएको छ। यो समयमा पनि उक्त व्यक्तिले अर्को व्यक्तिलाई केही हदसम्म भाइरस सार्न सक्छ। सरदरमा ५-६ दिन पछिसम्म नयाँ संक्रमितमा सामान्य लक्षण देखिन सक्छन् भन्न सकिन्छ। सुरुमा सामान्य रुघाखोकी जस्तो मात्रै लागेर ध्यान नदिन सक्ने तर त्यो समयमा नै सबैभन्दा बढी अरुलाई भाइरस सार्ने हुन सक्छ। लकडाउनले संक्रमण फैलन रोक्न सघाउ पुर्याउने तर यसले मात्र पूर्ण रूपमा नियन्त्रणमा लिन नसकिने सोचेर त्यहाँ यो महामारी रोक्न नसक्ने भन्ने सोचेर त्यहाँका अधिकारीहरू चिन्तित भए।
ल्याब परीक्षणबाट संक्रमितको पहिचान
कोरियाले ल्याब परीक्षण गर्ने र पोजिटिभ जति सबैलाई आइसोलेसनमा राख्ने रणनीति लियो। यसबाट संक्रमितको प्रारम्भिक अवस्थामा नै निदान र उपचार हुने र रोग फैलनबाट बच्न सकिने उसको रणनीति सफल हुँदै गएको पनि देखिन्छ। दक्षिण कोरियाली सरकारले दशभर ६ सय ल्याब परीक्षण सेन्टर व्यवस्था गरेको छ। बढी भन्दा बढी नागरिक परीक्षण गरी पोजिटिभ भए/नभएको छिटोभन्दा छिटो थाहा पाउन सकियोस् भनेर उसले परीक्षणको दायरा विस्तार गरेको हो। दक्षिण कोरियाले हालसम्म ४ लाख ७७ हजार भन्दा बढी मानिसको कोरोना परीक्षण गरिसकेको छ, जुन प्रतिव्यक्ति दरले हिसाब गर्दा अमेरिकाभन्दा धेरै गुणा बढी हो।
कोरिया सरकारले हरेक 'ड्राइभ- थ्रु स्टेसन' रणनीति अवलम्बन गरेको छ। मानिसहरू आफ्नो गाडीबाट नओर्लिकन ज्वरो नापने, कोरोना भायरसक लक्षणबारे फारम भर्न लगाउने र ल्याब परीक्षणको लागि थ्रोट स्वाब स्याम्पल लिने सम्पूर्ण काम १० मिनेट भित्रै सकिने व्यवस्था गरेको थियो। फोन बुथ जस्ता तर पारदर्शक सानासाना कक्षहरुमा स्वास्थ्यसेवीहरुले मानिसहरुको घाँटीको स्याम्पल लिएका पनि थिए। हरेक नागरिकको स्मार्ट्फोन र सबवे स्टेसनबाट पुर्याइने अन्तहिन जन-सन्देशले नागरिकलाई अलिकति लक्षण मिलेपनि ल्याब परीक्षण गर्न प्रेरित गरिरहन्थे।
विदेशीहरुलाई अनिवार्य एउटा एप डाउनलोड गर्न लगाइन्थ्यो। सो एपले कुनै लक्षण भए चेक गर्न मद्दत गर्थ्यो। अफिस, होटेल र ठूला भवनमा प्राय: थर्मल ईमेज क्यामेरा जडान गरेको थियो। यो मेसिनले ज्वरो आएका मानिस चिन्ने काम गर्छ। धेरै रेष्टुरेन्टमा बाहिरबाटै ग्राहकको ज्वरो नापेपछि मात्र भित्र जान अनुमति छ।
संक्रमितको कन्ट्याक्ट ट्रेस, निगरानी र उपचार
कोरोना पोजिटिभ भएका मानिसको सम्पर्कमा आएका मानिसलाई पत्ता लगाउने तथा निगरानी राख्ने कामका लागि सेक्युरिटी क्यामेराका फुटेज, क्रेडिट कार्डका रेकर्डका साथै गाडी र सेलफोनको डाटासम्म हेर्न सक्ने सरकारले व्यवस्था गरेको थियो। त्यहाँका विज्ञ ईपिडेमिओलोजिस्टहरू आफ्ना मौलिक दिमाग र विचार को प्रयोग गरी सुरक्षा निकायका जासुसझैं काम गर्थे। कोरोना भाइरस छिटो फैलन नदिन सरकारले व्यक्तिगत गोपनियताभन्दा सामाजिक सुरक्षालाई बढी प्राथमिकता दिनका लागि कानुन नै पनि संसोधन गरे। यसलाई बृहत् रुपमा कोरियाली जनताले स्वीकार गरेका छन्।
कोरोनाका बिरामीको संख्या ह्वात्तै बढेपछि भने उनीहरुले करोडौं नागरिकलक्षित सामूहिक सन्देश प्रणाली अघि बढाए। जिल्लामा कुनै एउटा नयाँ केस भेटिए तब साराजिल्लाबासीको सेलफोनमा ईमर्जेन्सी एलर्ट जाने व्यवस्था गरिएको थियो। नागरिकलाई सचेत राख्न र सुसूचित गर्न सरकारले वेबसाइट र हेल्थएपमा कोरोना संक्रमितको यात्राबारे रेकर्ड हुने व्यवस्था छ।
सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिइएका मानिसलाई अर्को एउटा एप डाउनलोड गर्न अनिवार्य गराइएको थियो, जसको माध्य6मबाट कोही व्यक्ति आइसोलेसनबाट नियम तोडेर बाहिर निस्केमा अधिकारी एलर्ट हुन्थे। यस्तो दुस्साहस गर्ने व्यक्तिलाई २ हजार ५ सय अमेरिकी डलरसम्म जरिवाना गर्ने नीति लिएको छ।
संक्रमितको पहिचान तथा उपचार, सामान्य लक्षण भएका संक्रमितलाई आइसोलेसन सेन्टरमा पठाई उपचार दिने दक्षिण कोरियाका अधिकारीको चुस्त रणनीति र व्यवस्थापनले सफल हुँदै गएको छ। ठूला अस्पतालका बेडलाई गम्भीर अवस्थाका बिरामी मात्र भर्ना गर्ने व्यवस्था थियो।
मृत्यु भएका बिरामीको संख्या र यो रोगको निदान भएका कुल संक्रमित बिरामीको अनुपातलाई 'केस फाटालिटी रेट' भनिन्छ। यो रेट कोरियामा एक प्रतिशत मात्र छ। विकसित राष्ट्रका तुलनामा उल्लेखनीय रूपमा कम हो।
नागरिकको सक्रिय सहयोग
हरेक मानिसलाई पछ्याउन पुग्ने स्वास्थ्यजनशक्ति सबैको पहुँचमा पुर्याउन दक्षिण कोरियालाई सजिलो थिएन। त्यसैले सरकारलाई हरेक नागरिकको संलग्नता र सहयोग लिनु अनिवार्य थियो। कोरोना भाइरसविरुद्ध जित हासिल गर्न सरकारलाई नागरिकलाई पूर्णरुपमा सुसुचित गर्न र उनीहरुको सक्रिय सहयोग लिन जरुरी थियो। सरकारका हरेक प्रयासमा कोरियाली नागरिकहरुको उच्च सम्मान, उच्च भरोसा, र पूर्ण समर्थन रह्यो। नागरिकहरुको सरकारप्रतिको गहिरो विश्वासले सामाजिक तथा राष्ट्रिय जागरुकता र स्वैच्छिक सहयोगको आदानप्रदान गर्ने बलियो भावना र तीव्र ईच्छाशक्ति जन्म दियो। जसले साझा हितको संकल्पलाई अझ बलियो बनायो।
दक्षिण कोरियाली मोडल खास जटिल र महंगो होइन। कोरियाभन्दा पनि विकसित र शक्तिशाली युरोपेली राष्ट्र किन दक्षिण कोरियाली मोडल कार्यान्वयनमा ल्याउन अनकनाइरहेका छन्?
सरकारले लक्षण नभएकालाई पनि कोरोनाको ल्याब परीक्षण गर्न विशेष प्रोत्साहन गरिरहेको छ। हालसम्म दक्षिण कोरियामा १० हजारभन्दा केही बढी संक्रमित भेटिएको मा १ सय ९२ जनाको मृत्यु भएको छ। यो भाइरसले अरु देशमा पुर्याएको क्षतिको अनुपातमा यसलाई धेरै कम मानिन्छ। अहिलेसम्म पनि कोरोना भाइरसको संक्रमणबाट थला परेका राष्ट्र दक्षिण कोरियाले लिएको मार्ग अपनाएका छैनन्। केहि देशले महामारीले तीव्र गति लिएपछि मात्रै उसको बाटो अनुशरण गर्न खोजेका छन्।
विश्व स्वास्थ्य संगठन प्रमुख डा टेड्रोस अधानोम घेब्रेयससले कोरोना भाइरसविरुद्ध विजयलाई स्वागत गर्दै अन्य राष्ट्रलाई पनि दक्षिण कोरिया र चीनको अनुशरण गर्न आग्रह गरेका छन्। अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)का पूर्व प्रमुख स्कोट गोट्लिबले पटकपटक दक्षिण कोरियालाई मोडलको संज्ञा दिएका छन्। दुई साताअघि फ्रान्सका राष्ट्रपति र स्विडेनका प्रधानमन्त्रीले दक्षिण कोरियाका राष्ट्रपतिसँग फोनमा कुराकानी गर्दै दक्षिण कोरियाले लिएका उपायबारेमा विस्तृत विवरणका लागि अनुरोध गरेका थिए।
दक्षिण कोरियालाई उसको सफलता केही समयका लागि मात्रै हो कि भन्ने चिन्ता छ। किनकि सीमा बाहिर विश्वभर नोबेल कोरोना भाइरस फैलने क्रममा नै छ। दक्षिण कोरियाली मोडल खास जटिल र महंगो होइन। कोरिया भन्दा पनि विकसित र शक्तिशाली युरोपेली राष्ट्र किन दक्षिण कोरियाली मोडल कार्यान्वयनमा ल्याउन अनकनाइरहेका छन्? विज्ञहरुले यसमा तीन कारण देख्छन्, जुन लागत मूल्य वा प्रविधिसँग भने सम्बन्धित छैनन्।
पहिलो कारण हो राजनैतिक इच्छाशक्ति। दोस्रो जनचाहना हो भने तेस्रो सामाजिक विश्वास हो। थुपै मुलुकभन्दा दक्षिण कोरियामा सामाजिक विश्वास तथा भरोसा बढी भएको देखिन्छ। तर समयले ठूलो चुनौती खडा गर्न सक्छ। प्रकोप गहिरिई सकेका मुलुकलाई दक्षिण कोरियाले जस्तो कम समयमा, कुशलता तथा दक्षतापूर्वक महामारी नियन्त्रण गरेर देखाउन त्यतिखेर अलि ढिलो सावित हुन सक्छ।
(मल्ल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका प्राध्यापक हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।