• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चीनले कसरी नियन्त्रणमा लियो कोरोना?

प्राडा रेवती रमण मल्ल सोमबार, चैत २४, २०७६  ०६:२४
1140x725
फोटो- चाइनाडेली

डिसेम्बर २०१९ को अन्त्यतिर सबैभन्दा पहिले मित्र राष्ट्र चीनको हुबेईस्थित वुहान सहरमा एक व्यक्तिको फोक्सोमा अनौठो निमोनिया देखियो। यसको कुनै स्पष्ट कारण पाइएन। डिसेम्बर ३१ मा सबैभन्दा पहिले यो रोगबारे विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गरिएको थियो। यस्तै प्रकृतिको निमोनिया अन्य मानिसमा पनि देखिन थाल्यो। 

त्यही निमोनिया एक किसिमको सार्स कोरोना भाइरसबाट भएको पुष्टि भयो। यस्तो भाइरस मानव जातिमा यसअघि कहिल्यै देखिएको थिएन। यसलाई पछि वैज्ञानिकहरुले "सार्स कोभ-२" बाट छोटकरीमा कोभ-१९ भाइरसको नाम दिएका थिए। यस भाइरसको कारणले हुने रोगलाई कोभिड-१९ भनिन्छ।

यो भाइरसलाई प्रकोपका रुपमा बढ्न नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट डा. गाउडेन गालियाको संयोजकत्वमा प्रारम्भिक अवस्थामा नै टिम खटाइएको थियो। त्यसबेला सो टिमसहित विश्वभरका वैज्ञानिकका दिमागमा तीन प्रश्न थिए-

१) यो भाइरस कुन माध्यमबाट र कसरी फैलिरहेको छ?
२) कुन हदसम्म यसले मानिसको स्वास्थ अवस्था बिगार्न सक्छ तथा कति ठूलो प्रकोप ल्याउन सक्छ?
३) यसलाई कसरी नियन्त्रणमा ल्याउन सकिन्छ?

यी विषय टुंगो नलागनी प्रकोप नियन्त्रण सम्भव थिएन। त्यसैले पहिलो ३ हप्ताको समय अध्ययन, अनुसन्धानमा बित्यो। तर यसको फैलिने क्रम रोकिएन। प्रतिदिन नयाँ संक्रमितको संख्या बढ्दै गयो। दिनकै हजारमा नयाँ संक्रमित देखिन थाले। महामारी को रुप धारण गर्न थाल्यो। अति कम समयमा यस भाइरसको संक्रमण अन्य देशहरूमा समेत फैलिएर विश्वव्यापी महामारीको रुप लियो। 

विश्वमा पहिलो एक लाख संक्रमितमध्ये ८० प्रतिशत चीनका थिए। तीन हप्ता अघिसम्म चीनका ३२ सय मानिसको मृत्यु भएकोमा त्यसको ८० प्रतिशत वुहान सहरका मात्र थिए। चीनमा हालसम्म ८१ हजार ६ शय ३९ जना संक्रमित पुष्टि भएकोमा ३ हजार ३ सय ३० जनाको मृत्यु भैसकेको छ।

अति छिटो छिटो फैलिने यो भाइरसको स्वभावका कारणले शुरुमा चीनमा करिब हजारको संख्यामा देखिएको यस भाइरसबाट संक्रमितको संख्या करिब ६ हप्ताको समयमा ८० हजारमा पुगेको थियो। त्यस्तै बीस मात्र संक्रमितको संख्या रहेको इटलीमा करिब साढे दुई हप्ताको दौरानमा १२ हजारमा पुगेको थियो। अरु देशमा पनि यो भाइरसको संक्रमण फैलिँदै गर्दा हाल आएर विश्वका १८२ भन्दा बढी देशका कुल संक्रमितमध्ये २० प्रतिशत अमेरिकामा रहेको देखिएको छ।

विश्वभर १२ लाख ३७ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भएकोमा ६७ हजार २ सय जनाको मृत्यु भइसकेको छ। अमेरिकामा मात्रै कुल ३ लाख २१ हजार भन्दा बढी संक्रमितमध्ये ९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

nimb
nimb

तर विश्वलाई चकित पार्ने गरी चीनले भने यस भाइरसलाई नियन्त्रण गर्न सफल भएको देखिन्छ। चीनले प्रतिदिन हजारौंको संख्या मा नयाँ संक्रमित व्यक्तिको संख्या थपिने अवस्थालाई २० भन्दा कममा नै सीमित गराउन सफल भएको छ। चीनले यस प्राणघातक भाइरसको नियन्त्रणका लागि कठोर निर्णय गरी आक्रामक पाइला नचालेको भए यो सम्भव थिएन।    

चीन मोडल मुख्यतया ३ प्रमुख सिद्धान्तमा आधारित देखिन्छ। लकडाउन पालना गराउने, बल प्रयोग गरेर भएपनि जरुरत सबैलाई क्वारेन्टाइनमा राख्ने र विस्तृत जनचेतना र उत्प्रेरणा जगाउने। यिनै मर्मलाई समेटेर उसले लिएका रणनीतिक पाइला बुँदागत रुपमा यसरी समावेश  गर्न सकिन्छ।

१) लकडाउन
जब कम समयमै चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन खोज्यो त्यसपछि चीनले पनि नरमाइलो लाग्ने तर नगरी नहुने कठोर निर्णय लिँदै आक्रामक कारबाही शुरु गर्‍यो।

जनवरी २३ मा महामारीको केन्द्रबिन्दु रहेको वुहान सहर तथा हुबेई प्रान्तमा पर्ने अन्य १५ सहरमा लकडाउन गर्‍यो। करिब ६ करोड (६० मिलियन) जनसंख्या भएको यो क्षेत्र मा उडान तथा रेलवे सेवा रोकिए। राजमार्ग र भित्री बाटो बन्द गरियो। त्यससँगै चीनका अरु थुप्रै सहरमा खानेकुरा, औषधि जस्ता अत्यावश्यक काममाबाहेक घरबाट बाहिर ननिस्कन सूचित गरियो। चीनको आधा जनसंख्या करिब ७६ करोड चिनियाँ आफ्नाआफ्ना घरमा सीमित भएर बसे। 

सामाजिक दुरी कायम गराउन स्कुल, अफिस, सिनेमा घर, मल, खेल तथा अन्य सामाजिक आयोजना तथा प्रतियोगिता, कलकारखाना र पसल बन्द भए। सामाजिक दुरी कायम गर्नु पर्ने नियमलाई आक्रामक रुपमा पालन गराउन शुरु गरियो।

आज त्यहाँ लकडाउन भएको साढे दुई महिना भइसक्यो। यसअघि महामारीको शिखरका बेला त्यहाँ प्रतिदिन नयाँ संक्रमितको संख्या १ हजार जति हुन्थे भने आजकल एकाध दर्जनमा सिमित भएका छन्। लकडाउन अघि जुन रफ्तारमा रोग फैलिरहेको थियो त्यसलाई हस्तक्षेप नगरेको भए चीनका ४० प्रतिशत अथवा करिब ५० करोड नागरिक सो भाइरसबाट संक्रमित हुन सक्ने थिए। यसको घोषणापछिको एउटा अध्ययनमा फेब्रुअरीको १६ देखि ३० को बीचमा एउटा संक्रमित व्यक्तिले अरुलाई भाइरस सार्न सक्ने दर १.०५ मा झरेको पाइएको थियो।

चीनमा १ हप्ता अगाडि नै लकडाउन गरेको भए ६७ प्रतिशत संक्रमित हुनबाट बच्न सक्ने जनस्वास्थ्यका शोधकर्ताहरुको एउटा अध्ययनले देखाएको छ। वैज्ञानिकहरुको अर्को अध्ययनले यो पनि देखाएको छ कि- वुहान सहरमा वायुयान, रेलवे तथा अन्य स्थलगत यातायातको बन्देजले गर्दा चीनका अरु सहरमा भाइरस फैलाउने क्रमलाई ४ दिनले कमी ल्यायो। त्यस्तै यस कारबाहीले गर्दा २ देखि ३ हप्ताको अवधिसम्म ४ देखि ५ संक्रमित मानिसको माध्यम भएर चीनबाट अरु देशहरूमा निर्यात हुनबाट बचायो। 

लकडाउन एउटा सबैभन्दा नाटकीय र विवादास्पद निर्णय थियो। यसले जनवरी २३ देखि वुहान सहरसहित हुबेईका अन्य पन्ध्र सहरका करिब ५ करोड नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा बस्न बाध्य बनाइएको थियो। विश्वका वैज्ञानिकहरुले चीनमा यस्तो सकारात्मक नतिजा दिन सक्ला भन्ने सोचेका थिएनन्। तर लकडाउनले घोषणाको दिनदेखि अत्यन्त प्रभावकारी ढंगले संक्रमित व्यक्तिलाई चीनका क्षेत्र र विश्वका अन्य देशमा जानबाट रोक्यो। 

चीनका अरु भूभागमा भने सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको थियो। त्यसको रेखदेख गर्न स्थानीय छिमेकी प्रतिनिधिलाई नियुक्ति गरी जिम्मेवारी दिइएको थियो।

२) यातायात बन्द
वुहानका भित्री सडकमा पूर्ण रुपमा मानिसलाई आवतजावत गर्न तथा सबै किसिमका यातायातका साधन चलाउन बन्देज गरियो। आसपास केन्द्रबिन्दु भएर चल्ने कुनै पनि रेल सेवालाई वुहानमा रोक्न महिनौंसम्म बन्देज गरियो।

३) लकडाउनको नियम अनिवार्य
चीनमा नागरिकलाई घर बाहिर ननिस्कन सूचित गरिनुको साथै सुरक्षाकर्मी हरेक घरबाट नियम उल्लंघन भए नभएको नियमित जाँच गरी कडाईका साथ पालना गराइएको थियो। सबै नागरिकलाई अनलाईन अर्डरअनुसार खानेकुरा र अन्य आधारभूत आवश्यकताका कुरा घरमै पुर्‍याउने चुस्त व्यवस्था मिलाइएको थियो।

४) सर्वसुलभ र निःशुल्क ल्याब परीक्षण
कोरोना भाइरसको ल्याब टेस्ट देशभर निशुल्क बनाइएको थियो। जो कोही पनि पोजिटिभ भेटिए अवस्था हेरी अस्पताल वा आइसोलेसन सेन्टरमा पठाइयो। सुरुमा कोरोनाका लक्षण देखिए अस्पताल भर्ना गर्न १५ दिनसम्म समय लाग्ने गर्थ्यो। पछि २ दिन भित्रै भर्ना गर्न सकिने स्थिति बनाइयो। सरकारले हरेक नागरिकलाई यो नयाँ भाइरसको ल्याब परीक्षण, औषधि खर्च, अस्पताल भर्ना हुँदाको सम्पूर्ण उपचार खर्च  निःशुल्क हुने र नागरिकको स्वास्थ्य बिमाबाट कभर गर्न नपर्ने कुरा स्पष्ट पारियो। यसले स्वास्थ्य बिमा कम वा नभएकालाई स्वास्थ्य सेवाको पहुँचभित्र आउन हौसला प्रदान गरेको थियो।

प्राईभेट नर्सिङ होममा जान बाध्य भएका नागरिक पनि ठूलो राहत मिल्यो। लकडाउनका साथै शुरुवातमा नै संक्रमित चिन्ने र आइसोलेसनमा राख्ने यो रणनीतिले गर्दा चीनमा संक्रमित को संख्या ६७ प्रतिशतले बढ्नबाट रोक्न सकियो। अन्यथा फेब्रुअरी अन्तसम्म नै संक्रमितको संख्या ८० लाख पुगिसक्ने थियो। धेरै जनसंख्या भएका घना बस्तीका नागरिकका लागि यो सेवा पुर्‍याउन चीनको लागि ठूलो चुनौतीपूर्ण थियो।

५) नयाँ अस्पतालको निर्माण
कोरोना पोजिटिभ भएका बिरामीको उपचारका लागि प्रशस्त आइसोलेटेड बेड बनाइयो। चीनले यो संकटको घडीमा रातदिन काम गरेर प्रिफ्याब मोड्युलको १ हजार बेडको अस्पताल ६ दिनमै बनाउन सफल भयो। यसरी धेरै अस्पताल बने। २४ देखि ७२ घण्टामा ट्रेनिङ्ग सेन्टर, रङ्गशाला र अरु बिल्डिङलाई आइसोलेसन र अस्पतालका रूपमा बदल्ने काम भयो। पहिलेदेखि नै विद्यमान जनरल सेवा दिने अस्पताललाई कोरोनाका बिरामी मात्र राखी उपचार गर्ने व्यवस्था गरियो।

६) अनलाइन स्वास्थ्य सेवा
चीनमा अत्यावश्यक ईमर्जेन्सी र सघन उपचार सेवा चाहिने अवस्थाबाहेक का स्वास्थ्य समस्या का लागि अस्पताल नजान उत्साहित गरि ईन्टरनेट, टेलिमेडिसिन प्रणाली बाट सेवा प्रवाह गर्न थालियो। त्यस्तै ईमर्जेन्सी सर्जरी बाहेक ईलेक्टिभ सर्जरीको मिति लाई अलि पछि धकेल्ने काम शुरु गरियो।

७) फिभर क्लिनिकको व्यवस्था
सरकारले हजारौंको संख्यामा फिभर क्लिनक संचालनमा ल्याएको थियो। यी क्लिनिकम तापक्रम नापिनुको साथै मेडिकल हिस्ट्री, ट्राभल हिस्ट्री र तिनीहरूको पहिले संक्रमिक मानिससँग सम्पर्कमा भएनभएको बारे छलफल गरिन्थ्यो। यदि सम्भावित संक्रमित मानिससँग सम्पर्कमा आएको शंका लागेमा उनीसँग अरु कोको साथमा थिए तिनको पनि पहिचान गरी तुरुन्तै खोज गरी सबैलाई ल्याब परीक्षणको दायरामा ल्याउने गरेको थियो। कोरोना पोजिटिभ भएकालाई आइसोलेसन वा अस्पतालमा राख्ने काम तदारुकता का साथ सम्पन्न गरिन्थ्यो। गुवाङ्डोङ्ग प्रदेशका फिभर क्लिनिकमा मात्र ३ लाख २० हजार जनाको ल्याब परीक्षण गरिएको थियो। यीमध्ये ०.१४% मानिसमा मात्र कोरोना भाइरस पोजिटिभ पाइएको थियो।

८) वार्ड वा आइसोलेसनमै सीमित कोरोना भाइरस
सबै अस्पतालका वार्ड तथा आइसोलेसन सेन्टरका पर्खालभित्र कोरोना पोजिटिभ बिरामीलाई सीमित गराई भाइरस संकुचनमा ल्याउने काम चीनले सफलतापूर्वक गर्यो। यो अन्त्यन्त छोटो समयमा गरिएको थियो। कोरोना पोजिटिभ केस जति छिटो आइसोलेट गर्न सकिन्छ, त्यति नै छिटो उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी ल्याब परीक्षण र आइसोलेसनको दायरामा ल्याउन सकिन्थ्यो। यसले कोरोनालाई जित्न सजिलो भएको थियो। 

९) प्रत्येक संक्रमित ट्रेस गर्ने प्रणाली
चीनले ठूलो संख्यामा संक्रमितको सम्पर्कमा आएका मानिसलाई खोजी गर्न सफल भयो। त्यसको लागि उसले हरेक कोरोना भाइरस संक्रमित मानिसको सम्पर्कमा आएकालाई खोजी गरी पत्ता लगाउने प्रविधिको प्रयोग गर्‍यो। त्यहाँका प्रतिकारात्मक स्वास्थ्य सेवामा काम गर्ने कर्मचारी करिब ९० हजार कोरोना पोजिटिभको सम्पर्कमा आएका सबैलाई खोजी गर्न सफल भए। देशभर सम्भावित कोरोना पोजिटिभलाई खोज्न बनाईएका ईमर्जेन्सी सेन्टरमा झुन्ड्याइएका ठूला स्क्रनमा कुन क्षेत्रमा कति संक्रमित छन् भनी जनतालाई सु-सुचित गर्ने काम भयो।

यस्तो काममा खटिएका कर्मचारीले आआफ्ना प्रदेशका गभर्नरसँग मिलेर आवश्यकता अनुसार स्थानीय फिल्ड का टिम सदस्यसँग समेत सोधपुछ गरी युद्धस्तरमा रोग फैलावट पत्ता लागाए। त्यस बाहेक चीन मा व्यापक रूपमा प्रयोगमा आएका दुई मोबाईल एपहरुअलि पे र वी च्याटले मानिसलाई स्वास्थ्य शिक्षा दिने, सुचित गर्ने, प्रतिबन्धित कुरा नगर्न जोड दिने काममा महत्त्वपूर्ण योगदान गरे। सरकारलाई मानिसको गतिविधि पछ्याउने अनुमति दिनुको साथै संक्रमितलाई असुरक्षित यात्रा गर्नबाट रोक्न समेत सजिलो गरायो। हरेक व्यक्तिको मोबाइल फोनमा ट्राफिक बत्तीको जस्तो रातो, पहेंलो र हरियो कोड उल्लेख भएका हुन्थे, जसले व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुको साथै चलेको रेल स्टेसन वा अन्य चेक प्वाईन्टमा कसलाई रोक्ने र कसलाई छोड्ने भनेर थाहा पाउन गार्डलाई सजिलो हुन्थ्यो।

वुहानमा मात्रै ५-६ जना प्रतिनिधि हुने १८ सय संयन्त्रले १२ हजार जना नोबेल कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएका मानिसहरू लाई ट्रेस गर्न सफल भएको थियो।

१०) बृहत् राष्ट्रिय निगरानी प्रणालीको विकास र प्रयोग
चीनले सन् २००२-२००३ मा सार्स रोगको माहामारी फैलिएका बेला विकास गरेको ठूलो परिमाण तथा अनुपातमा काम गर्न सक्ने इलेक्ट्रोनिक निगरानी प्रणाली विकास गरेको थियो। संक्रमितको सम्पर्कमा आएका मानिसको खोजी गर्ने र छिटोभन्दा छिटो रोग फैलिन रोक्ने रणनीतिमा आधारित थियो। यसमा संक्रमितको सम्पर्कमा आएका मानिस पहिल्याउने, पहिचान गर्ने, पछ्याउने सम्मका काम सम्मिलित थिए।

गत मार्च १८ बुधबारका दिन विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइकेल र्‍यानले कोरोना माहामारी विरुद्धको लडाईं केही देशले सुरुमा नै छोड्ने काम गरेको बताएका थिए। सामाजिक दुरि कायम गर्ने काम सबै कल्चरका मानिसले आत्मसात् नगर्न सक्ने पनि उनको भनाइ थियो। त्यसको तुलनामा  संक्रमितको खोजी गर्ने रणनीति बढी प्रभावशाली, कम खर्चिलो र ज्यादा महत्वपूर्ण आधारभूत सुरक्षात्मक जनस्वास्थ्यको हस्तक्षपकारी नियन्त्रण विधी भएको बताएका थिए। त्यसो त लकडाउनजस्तो सामाजिक दुरी कायम गर्ने प्रक्रियाले भने व्यापक रुपमा नै रोग फैलाउने साङ्लोका शृङ्खला तोड्ने काम गर्छ।

 ११) राष्ट्रिय ऐक्यबद्धता
हुबेईमा माहामारी फैलिएका बेला देशभरका जनताले साझा राष्ट्रिय  ऐक्यबद्धता जनाएका थिए। अरु प्रदेशले ४० हजारभन्दा बढी चिकित्सक तथा अन्य स्वास्थ्यसेवी हुबेइ पठाइएका थिए। यातायात, कृषि तथा स्वास्थ्यका अन्य प्रशासनिक कर्मचारीलाई फिल्डमा नयाँ जिम्मेवारी दिइएको थियो। राजमार्गमा काम गर्ने कर्मचारीलाई स्क्यानरले ज्वरो नाप्ने, खानेकुरा घर घर पुर्याउने, संक्रमितको सम्पर्कमा आएका मानिस पत्ता लगाउने जस्ता जिम्मेवारी थिए। त्यस्तै अस्पतालको रिसिप्सनिष्टले अस्पतालको हातामा नागरिकलाई मास्क र गाउन लगाउने तरिकाले सिकाउन लगाइएको थियो। 

१२) व्यक्तिगत योगदान
चिनियाँ जनता आफ्नो साझा शत्रु कोरोनालाई लिएर यसलाई हराउन व्यक्तिगत स्तरमा समेत स्वअनुशासन, धैर्यता,आत्मविश्वास र इच्छाशक्तिले सामूहिक रुपमा काम गरेका थिए। हरेक झ्याल र गगनचुम्बी भवनहरुको पछाडि उनीहरु एक अर्कालाई सहयोग गरिरहेका तथा साथ मिलेर सोचविचार र काम गरिरहेका हुन्थे। आफ्नो देशमा आइलागेको साझा प्राणघातक आतंकको सामना गर्न सामुहिक रुपमा भित्रैदेखि प्रतिबद्ध र समर्पित थिए।

१३) लुक्न/लुकाउन खोज्नेलाई सजाय
राज्यले कोरोना संक्रमण फैलिएको देश वा संवेदनशील क्षेत्रबाट आएका र कोरोना को लक्षण भएर पनि सूचना नगर्नेलाई दायरामा ल्याउन कारबाही पनि सुरु गरेको थियो। नागरिकको अत्यधिक संरक्षण र क्षति न्यूनीकरण गर्न यस्ता कारबाही जरुरी पनि थिए।

सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहान मा पहिलोपटक देखिएको नोबेल कोरोना भाइरस विश्वका १ सय ८२ भन्दा बढी देशमा फैलिएर विश्व महामारीको रुप लिएको छ। चीनले लकडाउन खुकुलो गरे फेरि अर्को चरण शुरु हुन सक्ने चिन्तामा छन्। अहिले चीनमा लकडाउन खुकुलो गर्ने, नगर्ने वा कहिले के कसरी गर्ने भन्ने विषयमा विवाद छ। 

कोरियाले अपनाएका कदमबारे अर्को लेखमा चर्चा गर्नेछौं। 

(मल्ल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका प्राध्यापक हुन्।)

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०६:२४
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारले भन्यो : ४७९ जनाको शव भेटियो
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
सरकारले भन्यो : ४७९ जनाको शव भेटियो शुक्रबार, भदौ १२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने शुक्रबार, भदौ १२, २०८३
चिनियाँ पक्षको सूचना :  विस्फोटक बहाबको जोखिम कम हुनसक्छ शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्