काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले महाविपतिको समय आर्थिक लाभ लिन खोज्नु महाअपराध भएको टिप्पणी गरेको छ।
संघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै मेडिकल सामग्री खरिद प्रक्रियामा आर्थिक अनियमितता र अपारदर्शीता भएको बताए। ‘खरिद गर्ने नाममा अपारदर्शी वा अनियमितता काम भए त्यो नेपाली जनतालाई सह्य हुदैन,’विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर विपत्तिको यस क्षणलाइ कसैले पनि आर्थिक लाभको समयका रुपमा लिन्छ भने त्यो महाअपराध हो।’
विश्व स्वास्थ्य संगठनले ३ महिना अघि देखि कोरोनाको संक्रमण विरुद्धको तयारीमा जुट्न आव्हान गर्दा पनि नेपाल सरकार चुप लागेर बसेको संघको आरोप छ। समयमा आवश्यक तयारी नगरेको सरकारले अन्तिम समयमा आएर बोलपत्र आव्हान गरेको भन्दै संघले आपत्ति जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।