काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ४० हजारभन्दा बढी पुगेको छ। यी मध्ये ५३ हजारले ज्यान गुमाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या २३ सयभन्दा बढी भएको छ भने ७२ जनाले ज्यान गुमाएका छन्।
राजधानी दिल्लीमा भएको धार्मिक सभामा सहभागी करिब ७ सय मानिसमा कोरोना संक्रमण भएको देखिएको छ। यो घटनाले भारत र अन्य देशमा त्रास सिर्जना गरेको छ। किनभने सो धार्मिक समासभामा विदेशबाट पनि मानिसहरू आएका थिए।
बेलायतमा ६८४ जनाले ज्यान गुमाए
बेलायतमा पछिल्लो २४ घन्टामा ६ सय ८४ जनाले ज्यान गुमाएका छन्। योसँगै बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बेलायतमा मात्र ३ हजार ६ सय ५ भएको छ।
बेलायतमा हाल ३७ हजार १ सय जना कोरोना भाइरस संक्रमित छन्। शुक्रबार मात्र ४ हजार ४ सय नयाँ संक्रमित थपिएका छन्। शुक्रबार सबैभन्दा धेरै अमेरिकामा नयाँ बिरामी थपिएका छन्। अमेरिकामा १२ हजार ५ सय जना नयाँ बिरामी थपिएका छन्।
स्पेनमा ९३२ को मृत्यु
कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा शुक्रबार ९ सय ३२ जनाले ज्यान गुमाएका छन्। योसंगै स्पेनमा ज्यान गुमाउनको संख्या १० हजार ९ सयभन्दा बढी पुगेको छ। इटालीपछि स्पेनमा हालसम्मको धेरै मानिसले ज्यान गुमाएका छन्।
अमेरिकामा १२ सयको मृत्यु
अमेरिकाकामा पछिल्लो २४ घन्टामा १२ सय मानिसले ज्यान गुमाएका छन्। योसंगै अमेरिकामा कोरोना भाइरसका कारण मर्नेको संख्या ६ हजार ५ सयबाट उकालो लागेको छ। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५० हजारभन्दा बढी पुगेको छ। शुक्रबार मात्र अमेरिकामा १२ हजार ५ सय नयाँ संक्रमित थपिएका छन्।
अमेरिकामा ऐतिहासिक बेरोजगारी
अमेरिकामा कोरोना भाइरसको संक्रमणसंगै लगातार बेरोजगारी पनि बढेको छ। पछिल्लो हप्ता अमेरिकामा करिब एक करोड मानिसले बेरोजगारीका लागि मिल्ने सुविधाका लागि आफ्नो नाम लेखाएका छन्। यो अमेरिकाको नयाँ रेकर्ड हो। कोरोना भाइरसको यो संक्रमणले अमेरिकी अर्थतन्त्रमा ठूलो असर पुगेको छ।
शुक्रबार जारी भएको नयाँ अथ्यांक अनुसार अमेरिकामा मार्च महिनामा मात्र बेरोजगारी दर ४.४ प्रतिशतले बढेको छ। यो अझै खराब हुने देखिन्छ। यसमा मार्चको अन्त्यतिरको तथ्यांक समावेश भएको छैन।
अर्थशास्त्रीहरुले आउँदो महिना अमेरिकामा बेरोगारी दर दुई अंकले बढ्ने आँकलन गरेका छन्। कोरोना संक्रमणका कारण मनोरञ्जन र हस्पिटालिटीमा क्षेत्रमा सबैभन्दा धेरै मानिसले रोजगारी गुमाएका छन्।
इटालीमा मृत्यु
इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १५ हजार रहेको छ। हालसम्म इटालीमा १३ हजार ९ सय जनाले ज्यान गुमाएका छन्। इटाली कोरोना संक्रमणका कारण मृत्यु हुनेमा पहिलो संक्रमितको संख्यामा तेस्रो नम्बरमा रहेको छ।
कोरोनासँग जोडिएको रिर्पोटका कारण इराकमा रोयटर्स प्रतिबन्ध
इराकी प्रशासनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्समाथि प्रतिबन्ध लगाएको छ। प्रशासनले इराकमाथि प्रशारण गरेको समाचार गैरव्यावसायीक भएको भन्दै उसले यस्तो निर्णय गरेको हो। समाचार एजेन्सीले बिहीबार कोरोना संक्रमणका बिरामीभन्दा धेरै भएको समाचार प्रशारण गरेको आरोप लगाइएको छ।
इराक सरकारले त्यहाँ कोरोना भाइरसका बिरामीहरु ७ सय ७२ जना छन्। तर सरकारले बताएको तथ्यांकलाई रोयटर्सले स्वीकार गरेको छैन। रोयटर्सले आफ्नो रिर्पोटमा तीन अज्ञात डाटालाई उल्लेख गर्दै समाचार प्रकाशन गरेको छ।
इराक सरकारले रोयटर्सको यो समाचारलाई गलत भएको भन्दै माफी माग्न र २१ हजार डलर जरिवाना भर्न आदेश गरेको थियो। तर रोयटर्सले त्यसलाई अस्वीकार गरेपछि उसले प्रतिबन्ध लगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।