काठमाडौं- कोरोना भाइरसको संक्रमण भएका २ लाख भन्दा बढी मानिस निको भएका छन्। विभिन्न तथ्यांक उपलब्ध गराउने अमेरिकी अध्ययन संस्थाको वेबसाइट वर्ल्डोमिटरका अनुसार हालसम्म २ लाख १ हजार ५ सय ५६ जना निको भइरसकेका छन्। यो नेपाली समयअनुसार बिहीबार दिउँसो ४ बजेसम्मको तथ्यांक हो।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमित भएका ७६ हजारभन्दा बढी मानिस निको भएका छन्। इटलीमा यो भाइरस संक्रमितमध्ये १६ हजार ८ सय ४७ निको भएका छन्।
यसैगरी, सबैभन्दा संक्रमित भएको अमेरिकामा ८ हजार ८ स ७८ जना निको भएका छन्। स्पेनमा २६ हजार ७ सय ४३ जनामा उपचार सफल भएको छ। जर्मनीमा १९ हजार १ सय ७५ जनामा उपचार सफल भएको छ। उता इरानमा भने १६ हजार ७ सय ११ जनामा यसको उपचार सफल भएको छ।
हालसम्म कोरोना संक्रमितको संख्या भने ९ लाख ४९ हजार ७ सय ८५ पुगेको छ। यीमध्ये ४८ हजार २ सय ५९ को मृत्यु भएको छ।
नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि भएको छ भने एक जनामा उपचार सफल भएको छ। ४ जनाले आइसोलेसनमा उपचार गराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।