काठमाडौं–सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) ले चीनबाट स्वास्थ्य सामग्री खरिद प्रकरणमा दोषीमाथि छानबिन गर्नुपर्ने बताएका छ्न्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘कहाँ गडबड भयो कसले गडबड गर्यो?? मानिसहरुले गरेका प्रश्नहरुमा प्रतिबन्ध नलाउm भनेर भन्दा तलाईं पख सरकारको विरोध गर्छस् भनेर धम्क्याए।’
उनी अगाडि लेख्छन्, ‘आखिर सरकारले सम्झौता रद्द गरेछ, सामग्री पनि डुब्लिकेट आएछ, मन्त्री, सरकार दोषी हुन र नहुन पनि सक्छन्। जवाफ दिनुपर्छ र छानबिन हुनुपर्छ।’
दीपपशिखाले यसअघि पनि आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।