• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

परदेशीको गुनासो- अरुले आफ्ना नागरिक उद्धार गर्छन्, हाम्रो सरकार बाटो छेक्छ 

64x64
निर्मला घिमिरे बुधबार, चैत १९, २०७६  १६:२२
1140x725

काठमाडौं– रोम सुनसान छ। वरपर सन्नाटा छ। कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या दिनानुदिन बढ्दैछ। यतिबेला आफ्नो चिन्ता आफूलाई भन्दा पनि बढी परिवारलाई छ।

‘यस्तो अवस्थामा आफ्नै देश फर्किएर परिवारहरुसँगै बस्न रहर कसलाई हुँदैन?’ इटालीको रोम सहरबाट सुनसरीका दिवस सुवेदी सरकारलाई प्रश्न तेर्स्याउँछन्।

‘यो त्रासैत्रासका बीच आफ्नो माटोमा टेक्नमात्रै पाए पनि आधा त्रास हराउँथ्यो। बरु हामी क्वारेन्टाइनमा बस्थ्यौँ। सरकारले पैसा तिरेर राख्न नसके आफैँ खर्च गरिन्थ्यो।’ दिवस सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो पोख्छन्।

अरु देशले विभिन्न मुलुक पुगेको अवस्थामा समस्यामा परेका आफ्ना नागरिकहरुलाई उद्धार गरेको खबर सुन्दा खुब लोभ लाग्छ उनलाई।
तर नेपाल सरकारले आफ्नै नागरिकहरुको बाटो छेक्दा खुब दुःख लाग्छ। 

‘रेमिट्यान्सको भरमा बाँचेको सरकारलाई के अब हामीले रेमिट्यान्स पठाउन पनि रोक लगाउनु?’ उनी फेरि अर्को प्रश्न तेर्स्याउँछन्। 

संयुक्त अरब इमिरेट्स (युएई) बाट उदयपुरका शिवप्रसाद लुँइटेलको गुनासो पनि उस्तै छ।

‘भिसा रद्ध भएको छ। यहाँ लकडाउन छ। यस्तो अवस्थामा आफ्नै देश फर्किन्छु भन्दा पनि सरकारले बाटो बन्द गरिदिएको छ‚’ केही समयदेखि युएईमा शिवप्रसाद अलपत्र छन्।

रोजगारीको सिलसिलामा उनी युएई पुगेको लगभग ३ वर्ष भयो।  आफू कार्यरत कम्पनीमा भन्दा अर्को कम्पनीमा पारिश्रमिक र सेवासुविधा राम्रो भेटेपछि सो कम्पनीमा काम गर्न राजीनामा दिएकै बेला कोरोना भाइरस संक्रमण फैलियो। 

Ncell 2
Ncell 2

उता राजीनामा दिएर बसेका शिवप्रसादले नयाँ कम्पनीमा काम सुरु गर्न नपाउँदै लकडाउन भयो। भिसा रद्ध पनि यही समयमा भयो। नेपाल सरकारले पनि कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै विदेशबाट आउने नेपालीहरुलाई प्रतिबन्ध लगायो। 

‘आफूसँग पैसा पनि धेरै छैन, यो अवस्था कहिलेसम्म रहने हो कुनै टुंगो छैन। ममात्र होइन‚ सरकारले आफ्ना नागरिकलाई पनि केही समय मुलुक प्रवेशमा प्रतिबन्ध लगाउँदा थुप्रै नेपालीहरु समस्यामा छौँ। यस्तो संकटको अवस्थामा सरकारले रोक लगाउँदा दुःख लागेको छ’ उनी भन्छन्। 

सरकारले परदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन प्रतिबन्ध होइन‚ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

सरकारले परदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुको सट्टा स्वदेश फर्कन प्रवेश रोक लगाउनु गैह्र जिम्मेवारी रहेको कतारबाट दुर्गा जिसी बताउँछन्।

कतारमा लेवर काम गर्दै आएका उनी १७ दिनदेखि क्वारेन्टाइनमा छन्। उनीसँगै ३ सय साथीहरु पनि सेल्फ क्वारेन्टाइनमा छन्। 

कतार सरकारले यो आपतकालीन समयमा सबै श्रमिकहरुलाई पारिश्रमिक तथा भत्ता दिने निर्णय गरे पनि उनीहरुलाई कम्पनीले खानका लागि २ सय कतारी रियालमात्रै दिने भनिरहेको छ। 

उनी भन्छन्, ‘हामीले पारिश्रमिक पाउने ग्यारेन्टी पनि छैन। एउटै कोठामा सयौँको संख्यामा बस्दा कोरोना संक्रमणको जोखिम पनि छ। आफ्नै देश फर्किन्छु भन्दा बाटो बन्द छ। हामीलाई कति पीडा।’

भारतको मुम्बईस्थित एक होटलमा मजदूरी गर्दै आएका कैलालीका लक्ष्मणबहादुर सुनार पनि आफ्नो सरकारले परदेशीलाई पराईजस्तै व्यवहार गरेको बताउँछन्। 
‘अरु सबै मुलुकले समस्यामा परेका नागरिकलाई उद्धार गरिरहेका छन्। हामी नेपालीको कस्तो दुर्भाग्य। यस्तो महामारीको बेला सरकारले बाटो बन्द गरेर राखेको छ।’ सुनार सुनाउँछन्।

विश्वमा फैलिँदै गएको कोरोना भाइरस न्यूनीकरणका लागि भन्दै यूरोप, खाडी, पश्चिम एसिया, दक्षिण कोरिया, मलेसिया, टर्की, जापान लगायत मुलुकहरुबाट चैत ७ गतेदेखि वैशाख ३ गतेसम्म नेपाली तथा विदेशी कोही पनि नेपाल आउन नपाउने स्पष्ट पारेको छ। अहिले देश पुरै लकडाउन छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु आपतकालीन अवस्थामा बाहेक बन्द छन्। अन्य मुलुकहरुले विदेश गएका आफ्ना नागरिकहरुलाई स्वास्थ्य परीक्षण गर्ने तथा क्वारेन्टाइनमा १४ दिन राखेपछि घर फर्किन पाउने व्यवस्था गरे पनि नेपाल सरकारले भने प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउँदा विदेशमा रहेका नेपालीहरु समस्यामा परेका हुन्। 

भारतका नाका हुँदै नेपाल प्रवेशमा रोक लगाइएपछि मजदुरीका लागि भारत पुगेर फर्किएका नेपालीहरु सीमानामा केही दिन अलपत्र परे।

विपतको बेलामा सीमानामा आएका नागरिकहरूलाई सरकारले बेवास्ता गरेपछि सरकार निर्दयी भएको भन्दै चौतर्फी आलोचना भएको थियो। अझै पनि उनीहरू सीमानामै छन्। भारत सरकारले क्वारेन्टाइनमा राखी रासनपानीको व्यवस्था गरिदिएपछि केही सहज भएको छ।
 

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्