• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

परदेशीको गुनासो- अरुले आफ्ना नागरिक उद्धार गर्छन्, हाम्रो सरकार बाटो छेक्छ 

64x64
निर्मला घिमिरे बुधबार, चैत १९, २०७६  १६:२२
1140x725

काठमाडौं– रोम सुनसान छ। वरपर सन्नाटा छ। कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या दिनानुदिन बढ्दैछ। यतिबेला आफ्नो चिन्ता आफूलाई भन्दा पनि बढी परिवारलाई छ।

‘यस्तो अवस्थामा आफ्नै देश फर्किएर परिवारहरुसँगै बस्न रहर कसलाई हुँदैन?’ इटालीको रोम सहरबाट सुनसरीका दिवस सुवेदी सरकारलाई प्रश्न तेर्स्याउँछन्।

‘यो त्रासैत्रासका बीच आफ्नो माटोमा टेक्नमात्रै पाए पनि आधा त्रास हराउँथ्यो। बरु हामी क्वारेन्टाइनमा बस्थ्यौँ। सरकारले पैसा तिरेर राख्न नसके आफैँ खर्च गरिन्थ्यो।’ दिवस सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो पोख्छन्।

अरु देशले विभिन्न मुलुक पुगेको अवस्थामा समस्यामा परेका आफ्ना नागरिकहरुलाई उद्धार गरेको खबर सुन्दा खुब लोभ लाग्छ उनलाई।
तर नेपाल सरकारले आफ्नै नागरिकहरुको बाटो छेक्दा खुब दुःख लाग्छ। 

‘रेमिट्यान्सको भरमा बाँचेको सरकारलाई के अब हामीले रेमिट्यान्स पठाउन पनि रोक लगाउनु?’ उनी फेरि अर्को प्रश्न तेर्स्याउँछन्। 

संयुक्त अरब इमिरेट्स (युएई) बाट उदयपुरका शिवप्रसाद लुँइटेलको गुनासो पनि उस्तै छ।

‘भिसा रद्ध भएको छ। यहाँ लकडाउन छ। यस्तो अवस्थामा आफ्नै देश फर्किन्छु भन्दा पनि सरकारले बाटो बन्द गरिदिएको छ‚’ केही समयदेखि युएईमा शिवप्रसाद अलपत्र छन्।

रोजगारीको सिलसिलामा उनी युएई पुगेको लगभग ३ वर्ष भयो।  आफू कार्यरत कम्पनीमा भन्दा अर्को कम्पनीमा पारिश्रमिक र सेवासुविधा राम्रो भेटेपछि सो कम्पनीमा काम गर्न राजीनामा दिएकै बेला कोरोना भाइरस संक्रमण फैलियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उता राजीनामा दिएर बसेका शिवप्रसादले नयाँ कम्पनीमा काम सुरु गर्न नपाउँदै लकडाउन भयो। भिसा रद्ध पनि यही समयमा भयो। नेपाल सरकारले पनि कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै विदेशबाट आउने नेपालीहरुलाई प्रतिबन्ध लगायो। 

‘आफूसँग पैसा पनि धेरै छैन, यो अवस्था कहिलेसम्म रहने हो कुनै टुंगो छैन। ममात्र होइन‚ सरकारले आफ्ना नागरिकलाई पनि केही समय मुलुक प्रवेशमा प्रतिबन्ध लगाउँदा थुप्रै नेपालीहरु समस्यामा छौँ। यस्तो संकटको अवस्थामा सरकारले रोक लगाउँदा दुःख लागेको छ’ उनी भन्छन्। 

सरकारले परदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन प्रतिबन्ध होइन‚ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

सरकारले परदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुको सट्टा स्वदेश फर्कन प्रवेश रोक लगाउनु गैह्र जिम्मेवारी रहेको कतारबाट दुर्गा जिसी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कतारमा लेवर काम गर्दै आएका उनी १७ दिनदेखि क्वारेन्टाइनमा छन्। उनीसँगै ३ सय साथीहरु पनि सेल्फ क्वारेन्टाइनमा छन्। 

कतार सरकारले यो आपतकालीन समयमा सबै श्रमिकहरुलाई पारिश्रमिक तथा भत्ता दिने निर्णय गरे पनि उनीहरुलाई कम्पनीले खानका लागि २ सय कतारी रियालमात्रै दिने भनिरहेको छ। 

उनी भन्छन्, ‘हामीले पारिश्रमिक पाउने ग्यारेन्टी पनि छैन। एउटै कोठामा सयौँको संख्यामा बस्दा कोरोना संक्रमणको जोखिम पनि छ। आफ्नै देश फर्किन्छु भन्दा बाटो बन्द छ। हामीलाई कति पीडा।’

भारतको मुम्बईस्थित एक होटलमा मजदूरी गर्दै आएका कैलालीका लक्ष्मणबहादुर सुनार पनि आफ्नो सरकारले परदेशीलाई पराईजस्तै व्यवहार गरेको बताउँछन्। 
‘अरु सबै मुलुकले समस्यामा परेका नागरिकलाई उद्धार गरिरहेका छन्। हामी नेपालीको कस्तो दुर्भाग्य। यस्तो महामारीको बेला सरकारले बाटो बन्द गरेर राखेको छ।’ सुनार सुनाउँछन्।

विश्वमा फैलिँदै गएको कोरोना भाइरस न्यूनीकरणका लागि भन्दै यूरोप, खाडी, पश्चिम एसिया, दक्षिण कोरिया, मलेसिया, टर्की, जापान लगायत मुलुकहरुबाट चैत ७ गतेदेखि वैशाख ३ गतेसम्म नेपाली तथा विदेशी कोही पनि नेपाल आउन नपाउने स्पष्ट पारेको छ। अहिले देश पुरै लकडाउन छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु आपतकालीन अवस्थामा बाहेक बन्द छन्। अन्य मुलुकहरुले विदेश गएका आफ्ना नागरिकहरुलाई स्वास्थ्य परीक्षण गर्ने तथा क्वारेन्टाइनमा १४ दिन राखेपछि घर फर्किन पाउने व्यवस्था गरे पनि नेपाल सरकारले भने प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउँदा विदेशमा रहेका नेपालीहरु समस्यामा परेका हुन्। 

भारतका नाका हुँदै नेपाल प्रवेशमा रोक लगाइएपछि मजदुरीका लागि भारत पुगेर फर्किएका नेपालीहरु सीमानामा केही दिन अलपत्र परे।

विपतको बेलामा सीमानामा आएका नागरिकहरूलाई सरकारले बेवास्ता गरेपछि सरकार निर्दयी भएको भन्दै चौतर्फी आलोचना भएको थियो। अझै पनि उनीहरू सीमानामै छन्। भारत सरकारले क्वारेन्टाइनमा राखी रासनपानीको व्यवस्था गरिदिएपछि केही सहज भएको छ।
 

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्