काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएपछि उनका समर्थकहरु आक्रोशित बनेका छन्। आदेशको विरोधमा जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरिएको छ।
जिल्ला अदालतका न्यायाधीसले भोलि फेरि हाजिर हुने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए। यसअघि काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको भन्दा फरक आदेश गरेको भन्दै समर्थकहरु असन्तुष्ट बनेका हुन्।
उनीहरु जिप्रका चितवन अगाडि सरकार र प्रहरीको विरोधमा नारावाजी गरेका हुन्। रविलाई प्रहरीले जिप्रकामा लगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।