काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ९ बजेसम्ममा २१९ सवारीसाधन नियन्त्रण लिएको छ। लकडाउन उल्लंघन गरेर चलाइएका ती सवारी उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीको भनाइ छ।
बुधबार बिहान नियन्त्रणमा लिइएका सवारी २१६ सवारीसाधनमध्ये २ सयवटा दुईपाङ्ग्रे र १९ वटा चारपांग्रे छन्। यसले लकडाउन उल्लंघन गर्ने सवारीमा कमी आएको देखिँदैन।
सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन चैत ११ गतेदेखि लकडाउन गरेको हो। लकडाउनको अवधि बढाएर चैत २५ सम्म पु¥याइएको छ। लकडाउनमा अत्यावश्यक बाहेकका सवारी चलाउन रोक लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।