• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मनोविद्को सुझाव : लकडाउनमा शरीर र मन सन्तुलित राखौँ

64x64
प्रजु पन्त बुधबार, चैत १९, २०७६  १५:३९
1140x725
तस्बिर : नेपाल योगा इन्स्टिच्युट

काठमाडौं- पहिलो लकडाउनको छैटौं दिन मनोविद् गोपाल ढकाललाई ललितपुरबाट एक महिलाको फोन आयो। ती महिलाले आफूलाई जतिबेला पनि टिभी हेरिरहन मन लाग्ने, अत्यास लाग्ने, निद्रा नपर्ने, खाना नरुच्ने लगायतका समस्या रहेको सुनाइन्। आफैंलाई कोरोना लाग्ने हो कि भन्ने डर लागेको बताइन्।

त्यस्तै, पेप्सीकोला बस्ने ४८ वर्षीय एक पुरुषले ढकाललाई पहिलो लकडाउनको सातौं दिन फोन गरे। पहिल्यैदेखि डर र चिन्ताको औषधि सेवन गरिरहेका उनलाई ती औषधिले काम गर्न छाडेको अनुभव सुनाए।

‘उहाँ मेरो नियमित पेसेन्ट। उहाँलाई डर र चिन्ताको समस्या हट्दै गएको कारण औषधिको मात्रा घटाइएको थियो’, मनोविद् ढकाल भन्छन्, ‘फेरि डर र चिन्ता थपिएको कारण औषधिको मात्राले पुगेन। सायद थप्नुपर्छ।‘ 

कोरोनाको महामारी फैलिएपछि बढ्दै गएपछि मानिसमा नयाँ खालका डर र समस्या बढ्न थालेको ढकाल लगायतका मनोविद्सम्म आउने फोनले संकेत गर्छ।

लकडाउन सुरु हुनुभन्दा अघि नै मनोविद् सजिना ढुंगाना लगायतका केही साथीहरुले फोन मार्फत निशुल्क मनोपरामर्श गरिने निणर्य गरे। कारण एउटै थियो, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कोही कसैलाई मानसिक समस्या नथपियोस्।

ढुगांनाका अनुसार अहिले उनीहरुले एसइई दिन तयार भएर बसेका तर परीक्षा दिन नपाएका बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जागिर गुमाइएला कि भन्ने संशयमा रहेकाहरुलाई मनोपरामर्श दिइरहेका छन्। मेसेन्जर, भाइबर, ह्वाट्स एप, स्काइपमार्फत काउन्सिलिङ गरिरहेको उनले बताइन्।

ढुगांनाका अनुसार, एसइई दिने बालबालिकाहरुको मनमा एसइई कहिले हुन्छ अथवा हुँदैन कि, राम्रो गर्न सक्दिनँ कि, घरमा शान्त वातावरणको अभाव महसुस गर्ने तथा अब के होला, कसो होला भन्ने खालका भयजन्य समस्या आउन थालेका छन्। उनी भन्छिन्, ‘एसइईकै कारण तनावले काउन्सिलिङमा आउनुभएकालाई हामीले धेरै समाचार नहेर्ने, घरमा भनेर पढ्नको लागि वातावरण मिलाउने, तनाव नलिई थोरैथोरै रिभिजन गर्ने, खाना र निद्रामा ध्यान दिने भनी काउन्सिलिङ गरेका छौँ।‘

गर्भवती तथा भर्खरै सुत्केरी भएकाहरुलाई परिवारले विशेष ध्यान दिनुपर्ने ढुंगानाको सुझाव छ।

Ncell 2
Ncell 2

‘विषम परिस्थितिमा डर लाग्नु स्वभाविक’
गोपाल ढकाल, मनोविद्

रोगको महामारी, प्राकृतिक प्रकोपजस्ता समस्याको बेला शारीरिक स्वास्थ्यलाई मात्र होइन, मानसिक स्वास्थ्यमा पनि असर र प्रभाव पर्छ। अहिले देखा परेको कोरोनाको महामारीले व्यक्तिमा मानसिक तनाव, डर चिन्ता, भय, नैराश्यता तथा अन्य चिन्ताजन्य तथा तनावजन्य समस्याहरु बढेर गएको छ। आफूलाई कोरोना भाइरस सर्‍यो कि? भन्ने लाग्छ। 

कोरोनाले मरिने पो हो कि भन्ने सोच बारम्बार आइरहने, शरीर तातेको महसुस हुने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने,  टाउको दुख्ने, जिउ गल्ने, थाक्ने कोरोनाका लक्षणहरु सबै आफूलाई मिले जस्तो लाग्ने हुनसक्छ।

कोरोनासँग सम्बन्धित समाचार सुन्दा, मुत्यु भएको कुरा सुन्दा डर लागेर आउने, राति निद्रा नपर्ने, छट्पटी हुने, झर्को लाग्ने, रिस उठ्ने आदि जस्ता समस्याले दैनिक जीवनमा असर पनि पर्न सक्छ। तनावको बेला पुरानो समस्या पनि बल्झन सक्छ। 

खाइरहेको औषधिले काम गर्न छोड्न पनि सक्छ। यस्तो विषम परिस्थितिमा संयमित हुँदै दैनिक जीवनलाई सन्तुलित बनाउनु, तनाव व्यवस्थापनका तरिकाहरु अपनाउनु नै बुद्धिमानी हुन्छ। 

प्रतिकूल परिस्थितिसँग जुध्नका लागि लागि हामी मानसिक रुपमा पनि स्वस्थ हुनू जरुरी छ। विपत्तिका बेला एकअर्कोको भावनात्मक सहयोगको जरुरत पर्छ।

विपत्तिका बेला हाम्रो निर्णय लिने क्षमता पनि कम भएर जान्छ। के गर्ने सोच्नै सक्दैनौं। हामी चाहिनेभन्दा बढी अलर्ट हुन पुग्छौं। यस्तो बेलामा मानसिक रुपमा शान्त भई दैनिक कार्यमा व्यस्त हुनुपर्छ। डर चिन्ता बढाउने समाचार सुन्नु तथा पढ्नु हुँदैन।

रोगको संक्रमित भएको अवस्थामा त झन् धेरै ढाडस र सहानुभूतिको जरुरत पर्छ। जसले रोगसँग लड्न मद्दत गर्छ। तर, रोग लाग्यो भनेर हेला, घृणा गर्नाले समस्या झनै बढ्छ।

यस्तो विषम परिस्थितिमा सामान्य डर चिन्ता, तनाव हुनुलाई सामान्य नै मानिन्छ। यस्तो प्रायः सबैलाई हुन्छ। समय बित्दै जाँदा बिस्तारै कम भएर जान्छ। तर, समस्या बढ्दै गएर दैनिक जीवनमै असर पुग्यो भने विज्ञको सहयोग पनि लिनुपर्ने हुनसक्छ।

कोरोनाको कारण डर त्रास बढेको भएमा लकडाउनको अवधिभर ९८१३५२७७३२ हटलाइनमा फोन गरेर सहयोग लिन सकिन्छ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १५:३९
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्