काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सुदन किराँतीले महासंकटका बेला भ्रष्टचार हुन थालेकोप्रति रोष प्रकट गरेका छन्।
कोरोना भाइरसले देश संकटमा गुज्रिरहेको बेलामा भ्रष्टाचार हुन थालेकोप्रति उनले तीव्र असन्तुष्टि जनाए। भोजपुरमा नेकपाका सांसदमा रमेत रहेका किराँतीले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्।
देश संकटमा रहेको चित्रित गर्दै उनी लेख्छन्, ‘आमाको लास अगाडि लडिरहेका बेला कसरी रुचेको होला पापीहरुलाई मासुभात?’ भ्रष्टाचार गरि कमाएको पैसा पचाएर देखाउनसमेत उनले चुनौती दिएका छन्। ‘पचाएर देखाउ, यदि पचाउन सकेनौ भने तिमीले आफ्नो जीवनको निम्ति ठूलै मूल्य अवश्य चुक्ता गर्नुपर्नेछ।’
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले खरिद गरेका मेडिकल उपकरणमा अनियमितताको समाचार प्रकाशित भएपछि किराँतीले आक्रोश व्यक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।