• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर :  ज्यान जोगाउन गाउँ फर्कदा जसले बाटैमा ज्यान गुमाए 

64x64
नेपाल लाइभ बुधबार, चैत १९, २०७६  ०८:३१
1140x725

‘मेरो छाति एकदमै दुखिरहेको छ। मलाई लिन आउन सक्छौ भने आऊ..’ 

उनले अन्तिम पटक फोनमा परिवारसँग भनेका थिए। 

दिल्लीमा ‘डेलिभरि म्यान’ का रुपमा काम गर्थे रणवीर सिंह। लकडाउन भएपछि बिहान बेलुकी खान नै समस्या भएपछि उनले केही साथीहरु भएर आफ्नो घर मध्यप्रदेश जाने निर्णय गरेका थिए। र, कुनै गाडी नपाएपछि पैदलै हिँडेका थिए। 

तर बाटोमै आगरानजिकै उनको मृत्यु भयो। गाउँ पुग्न, परिवार भेट्न पाएनन्।

दिल्लीबाट निस्केपछि फरिदावाद पुगेर राति साढे नौ बजे बहिनी पिकींलाई फोन गरेका थिए । पिंकीले भनिन्, ‘मैले त्यसै दिन दाइलाई सम्झेर फोन गरेकी थिएँ, उनले घर आउँदैछु भनेका थिए,’ पिंकीले भनिन्,‘ लकडाउनका कारण काम पनि नभएको र कुनै साधन नपाएकाले हिँडेर आउँदै गरेको बताउनुभएको थियो।’ दिल्लीबाट पैदलै हिँडेर आउन लागेको सुनेर पिंकीलाई अचम्म लागेको थियो।

दाइसँग कुरा गरेपछि उनी आफ्नो औषधि खाएर सुतिन्। बिहान उठेपछि ५ बजेतिर उनले पुनः दाइलाई फोन गरिन्।

बिहानको फोनमा दाइको आवाज अर्कै भइसकेको थियो। । ‘यो पटकको फोनमा दाइले छाति एकदमै दुखेको बताउनुभयो, मैले एकछिन कतै बस्नू, त्यतिन्जेल म कसैलाई फोन गर्छु भनें,’ उनले भनिन्। 

हिँडिरहँदा के भएको थियो रणवीरलाई?

Ncell 2
Ncell 2

 रणवीर सिंह दिल्लीदेखि मथुराको बाटो हुँदै बिहान आगरा पुगेका थिए। उनी धेरै थाकेका थिए। बाटोमा केही केही किलोमिटर उनले एक ट्र्याक्टर पाएका थिए । तर लामो दूरी पैदलै तय गरिसकेका थिए। बाटोमा उनी एक्लै थिएनन् उनकै उमेरका धेरै र उनीभन्दा बढी उमेरका मानिस र बच्चाहरु पनि सँगै थिए। 

उनीसगै उनका नातेदार अरबिन्द पनि  काम गर्थे। उनी एक ट्रकमा गाउँ जादै थिए। बाटोमा अरविन्दसँग कुराकानी भइरहेको थियो । ‘मैले राति उनीसँग कुराकानी गरेको थिएँ , ज्वरो आइरहेको र धेरै थकाइका कारण टाउको पनि दुखेको बताएका थिए’ उनले सम्झे ‘ तर कोरोना भाइरसको डरका कारण कसैले उनको मद्दत गरेन  त्यही अवस्थामा उनी अघि बढिरहे र आगरा पुग्दा उनको अवस्था खराब भयो ।’

रणवीर सिंहको मृत्यु नेशनल हाइवे २ मा विहान साढे ६ बजे भयो। आफ्नो अन्तिम सास लिनु अघि उनले अरविन्दसँग कुराकानी गरेका थिए। अरविन्दलाई फोन गर्दै उनले गुहार मागेका थिए ।

‘उनले मलाई फोन गरेर छाति धेरै दुखिरहेको छ ,  मलाई लिन आउन सक्छौ भने आऊ भनेका थिए, मैले उनलाई १०० नम्वरमा  फोन गर्न र कसैको सहयोग लिन आग्रह गरे। यही बीचमा उनको आवाज बन्द भयो। यो कुराकानी भएको करिब ८ मिनेटपछि मैले ट्रकबाट ओर्लेर उनलाई फेरि फोन गरेँ । उनको फोन अरु कसैले उठाएर अवस्था निकै गम्भीर रहेको भनिरहेको थियो तर एकै छिनमा उनले संसारवाट विदा लिए। 

रणवीर सिंहको मृत्युपछि उनको घरको अवस्था  दयनीय भएको छ । रणवीरकी पत्नी ममता र उनका तीन बच्चा अब बेसहारा भएका छन् । 

àहामीले बुबालाई पनि चाँडै गुमायौं, यसपछि दाइले नै सबै घरको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो,’ बहिनी पिंकीले भनिन्, ‘तीन साना बच्चा छन् अब घरमा कमाउने कोही पनि छैनन् ।’ अबका दिनका घरको अवस्था के हुन्छ भनेर आफूले सोच्नै नसकेको पिंकीले बताइन्।

दाइले घरका लागि डेढ लाख ऋण लिएको र अब त्यसलाई कसरी तिर्ने  अनि दैनिक खान पाउने–नपाउने चिन्ता भएको पिंकीले बताइन्। यति भनिसक्दा भावुक भएकी पिंकीले अब त्यो घरको दियो निभेको टिप्पणी गरिन् । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनका कारण गरिब परिवारलाई गम्भीर समस्या परेको भन्दै माफी मागेका थिए।

 अब यो प्रश्न उठेको छ–मोदीलाई रणवीरको परिवारले माफी दिन सक्ला ? 

यो कुरा त आउने समयले नै बताउँला।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०८:३१
  • #Novel Corona Virus
  • #india

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध
कांग्रेसको विशेष महाधिवेशन आह्वान
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्