काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) क्षेत्रमा ३ हजार ९ सय ६४ संक्रमित भएका छन्। विश्वभरी महामारीको रुप लिइरहेको कोरोनाका कारण यो क्षेत्रमा ६४ जनाले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमण सबैभन्दा धेरै पाकिस्तानमा १ हजार ८ सय ६५ जनालाई भएको छ। त्यसपछि सबैभन्दा धेरै भारतमा १ हजार २ सय ५१ जनालाई कोरोना संक्रमण भएको छ।
कोरोना संक्रमित पाकिस्तानमा धेरै भए पनि मृत्यु भने भारतमा धेरैको भएको छ। पछिल्लो विवरणअनुसार भारतमा ३२ जनाको मृत्यु भएको छ भने पाकिस्तानमा चाहिँ २५ जनाको मृत्यु भएको छ।
बंगलादेशमा ५१ जनालाई कोरोना संक्रमण भएको छ भने ५ जनाको मृत्यु भएको छ। अफगानिस्तानमा १ सय ७४ जनालाई संक्रमण भएको छ भने ४ जनाको मृत्यु भएको छ।
त्यस्तै श्रीलंकामा १ सय ३२ जनालाई कोरोना संक्रमण भएको छ भने २ जनाको मृत्यु भएको छ। त्यस्तै सार्क क्षेत्रका अन्य देशहरुमा नेपालमा ५, माल्दिभ्समा १८ र भुटानमा ४ जनालाई संक्रमण भएको छ। यी कुनै पनि देशमा कोरोनाका कारण कसैको मृत्यु भने भएको छैन।
विश्वभर भने ८ लाख ३ हजार १ सय ८७ जनालाई कोरोना संक्रमण भएको छ भने ३९ हजार ३४ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।