काठमाडौं- कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो।
हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ सशंकित बिरामीमा पनि कोरोना देखिएको छैन।
कोरोनाको शंकास्पदमा ७ जना आइसोलेसनमा छन्। तीन पाटन अस्पताल र चारजना टेकुमा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्। यसैगरी उपत्यका बाहिर समेत गरी ९३ जना कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।