काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले स्वास्थ्यकर्मी निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित हुने बताएका छन्। विगतमा चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापनसमेत गरेको स्मरण गर्दै डा कोइरालाले मानवीय भावना, समर्पण र साहस नै विश्वव्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग भएको बताए।
उनले मानवीय भावना, समर्पण र साहस चिकित्सकहरुमा देखिएको उल्लेख गरेका छन्। स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य पिपिईको प्रबन्ध समयमै गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी भएको उनलेआरोप लगाए।
आइतबार विज्ञप्ति निकालेर डा कोइरालाले कोरोना संक्रमणको परीक्षण ७ प्रदेशमै गर्न सकिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन्। उनले प्रयोगशालाको विस्तार गर्न समेत सुझाव दिए।
काेइरालाले अन्य देशले हासिल गरेको सफलता र असफलता दुवैबाट पाठ सिकेर नेपालले आफ्नाे अघिल्लो कदम चाल्न सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।