नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काेराेना भाइरसका कारण भएकाे लकडाउनले देशवासीमा परेकाे असरप्रति माफी मागेका छन्।
मासिक रेडियो कार्यक्रम मनकी बातमार्फत् देशवासीलाई सम्बाेधन गर्दै उनले देशवासीसँग माफी मागेका हुन्। प्रधानमन्त्री माेदीले केही निर्णयहरूले देशवासीलाई समस्यामा पारेकाे पनि बताए। उनले विशेष गरी गरिबहरूसँग माफी मागेका हुन्।
प्रधानमन्त्री मोदीले भने, 'केहि निर्णयले तपाईंको जीवनमा समस्या आएको छ। खास गरी गरिबहरूलाई समस्या हुन्छ। मलाई थाहा छ तपाईंहरू रिसाउनु भएकाे छ। तर कोरोनासँग लड्न याे निर्णय आवश्यक थियाे।'
प्रधानमन्त्री मोदीले सरकारले चालेका कदम नागरिककाे सुरक्षाका लागि भएकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।