काठमाडौं- कोरोनाको कहरबाट इटली र अमेरिकामा जनजीवन तहसतहस बनाउँदै लगेको छ। इटलीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या बढेको बढ्यै छ। सिएनएनका अनुसार नेपाली समय अनुसार शनिबार मध्यरातसम्ममा इटलीमा कोरोना भाइरसको संक्रमणका कारण १० हजार २३ जनाको मृत्यु भइसकेको छ।
सरकारले संक्रमण फैलन नदिन हरसम्भव प्रयास गरिरहेको छ। तर सकेकाे छैन। इटली सरकारलाई सघाउन चीन सरकारले विशेष टोली पनि पठाएको छ। तर नियन्त्रणमा आउन सकेकै छैन। इटलीमा संक्रमितको संख्या नै ७० हजार ६५ पुगिसकेको छ।
इटलीको तुलनामा मृत्युदर कम भए पनि अमेरिकामा पनि कोरोनाले त्राहीमाम गराइरहेको छ। दिनकै १० हजारको दरले कोरोना संक्रमित बढीरहेको छ। न्युयोर्क सिटीमा कोरोना भाइरस संक्रमितको दर उच्च छ। कुल अमेरिकामा नेपाली समय अनुसार शनिबार मध्यरातसम्ममा एक लाख ११ हजार ९सय ८० जना संक्रमित पुष्टी नै भइसक्यो। यसमध्ये ५२ हजार त न्युयोर्कका मात्रै छन्। ७ हजार जना उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।
अमेरिकाका ५० वटै स्टेटमा कोरोना भाइरसको संक्रमण पुगिसकेको छ। इटलीको तुलनामा मृत्यु दर भने कम छ अमेरिकामा । अमेरिकामा कोरोना संक्रमणकै कारण शनिबारसम्म एक हजार ८ सय ४२ जनाले ज्यान गुमाएका छन्।
अमेरिकाले शनिबारबाट कोरोना परिक्षणका लागि र्यापिड टेस्टिङ् किट्सलाई अनुमती दिइको छ। न्युयोर्कमा सर्ट ट्रम क्वारेन्टाइन लागु गर्ने तयारी भइरहेको छ। आवश्यक मेडिकल सामाग्रीहरु बनाउनेक्रम तिब्र बनाइएको छ। तर कोरोनाको संक्रमण नियन्त्रणमा सबैभन्दा प्रभावकारी देखिएको लकडाउनमा अमेरिका अझै प्रवेश गर्न इच्छुक देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।