• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

लकडाउनबाट एक खेलाडी - आफू बाँच्नुस्, अरुलाई पनि बाँच्न दिनुस् 

64x64
ऋग्वेद शर्मा शुक्रबार, चैत १४, २०७६  १६:४९
1140x725

काठमाडौं- फुर्सद कहिलेकाहिँ चिन्ताको विषय बनिदिँदो रहेछ। अल्छि लाग्ने गरी फुर्सदमा बस्नु पनि कठीन काम नै हो। अझ त्यस्तो फुर्सद जसमा ‘फुर्सदकै काम’ पनि निश्चित बाहेक अरु गर्न नपाउँदा त दिक्क लागिनै हाल्छ। 

खेलाडी जो वर्षमा १३/१४ वटा प्रतियोगितामा व्यस्त हुन्छन् र आराम गर्ने समय पनि राम्ररी पाउँदैनन्, उनीहरुलाई यो फुर्सद कस्तो लाग्दो हो? नियमित खेल अभ्यास पनि गर्न नपाउँदा उनीहरु के गर्दा हुन्? फिट रहन र खेलमा फर्किएपछि पनि पुरानै लय भेट्टाउन केही योजना होलान्? र, अहिले सोध्नैपर्ने कुरा त ‘मनमा डर कत्तिको हुँदो हो?’

कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्ँदै जाँदा विश्व खेलकुद गतिविधि ठप्प छन्। विदेशमा त केही खेलाडी र प्रशिक्षकमा समेत कोरोना संक्रमण देखिएको छ। सबैजसो खेलाडीहरु क्वारेन्टाइनमा नै छन्। सुरक्षाका उपायहरु अपनाएर बसेका छन्। 

नेपालमा पनि खेलको यो सिजन निरश बनेको छ। कति प्रतियोगिताहरु स्थगित भएका छन्, कतिका मिति सारिएको छ। मिति सारिएका प्रतियोगिता पनि हुने निश्चित देखिँदैन। सरकारले कोरोना भाइरस थप नफैलियास् भनेर गएको मंगलबारदेखि लकडाउन गरेको छ। त्यसले सम्भावित जोखिम कम गर्न सहयोग पुगिरहेको हुनुपर्छ। 

लकडाउनको यो बेला समय कटाउने आआफ्नै मेलो छन्। चलचित्र हेर्ने, पुस्तक पढ्ने, घरको काम गर्ने, सामाजिक सञ्जाल घुम्ने र कतिपय त ‘लकडाउन कस्तो हुँदो रहेछ’ भनेर बाहिर नै पनि निस्किदिने। यो त केही छनोट रहनेहरुका लागि भयो। छाक जुटाउनै हम्मे हुनेहरुको कथा त ‘लकडाउनै’ छ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी रेश्मा भण्डारीले यत्तिका दिन भलिबल नछोइ बसेको यो नै पहिलो पटक हो। २०६२ सालमा कक्षा ६ मा पढ्दै गर्दा भलिबल खेल्न थालेकी उनले खेलबाहेक अरु सोचेकी छैनन्। न्यु डायमण्ड हुँदै २०६९ सालमा एपिएफ क्लबमा आएपछि त उनको वरपर भलिबल नै छ। प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिताबाट राष्ट्रिय टिम डेब्यू गरेपछि त झनै अरु कुरा किन पो सोच्नु।

राष्ट्रिय खेलकी यी राष्ट्रिय खेलाडी अहिले लकडाउनका कारण कलंकी ढुँगाअड्डामा रहेको घरमै छिन्। नेपालगञ्जमा भएको छैटौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सकाएर फर्किएको धेरै समय त भएको छैन तर हिजोआज महिला भलिबलमा प्रतियोगिता खेलेरै नभ्याइने समय हो। एउटा सकिने वित्तिकै अर्को सुरु भइहाल्छ। त्यसैले त घरभन्दा बढी समय बाहिर नै। आराम गर्ने समयसमेत मुस्किल। 

nimb
nimb
Ncell 2
Ncell 2

कोरोनाको जोखिम कम गर्न गरिएको लकडाउनको निर्णय रेश्मा जायज लागेको छ। तर केही अटेरीहरु आफूलाई केही हुँदैन जस्तो गरी बाहिर डुलिहिँडेको भने उनलाई निको लागेको छैन। यसैले त भन्छिन्- ‘ यस्तो बेला केही हुँदैन भनेर सोच्नु मूर्खता हुन्छ। आफू पनि बाँच्नुहोस्, अरुलाई पनि बाँच्न दिनुहोस्। 

लकडाउनबाट रेश्माको कुरा जस्ताको त्यस्तै-
नेपालगञ्जमा भएको छैटौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सकाएर फर्किएपछि फागुन २३ गतेबाट नै घरमा बसिरहेको छु। बीचमा चैत २ गते एक दिन अभ्यासमा गएको थिएँ। त्यसदेखि यता त कतै निस्किएको छैन। लकडाउन भएपछि त कतै निस्कने कुरा पनि भएन। सबै जना घरमा नै छौँ। 

हाम्रो टिममा अहिले सबै जनामा घाइते हुने समस्या देखिएको छ। मेरो पनि कुइनामा लागेको चोट ठीक भएको छैन। नेपालगञ्जको खेल सकाएर आएपछि अहिले अरु खेल नभएको समयमा आफ्नो फिटनेसमा ध्यान दिने योजना थियो। त्यसका लागि केही कामहरु गर्नुपर्ने थियो। 

कोरोनाले विश्व भ्रमण गरिदिएपछि फिटनेसमा गर्नुपर्ने मेरो कामहरु पनि रोकियो। आफूलाई फिट राख्न दिनुपर्ने समय दिन मिलेको छैन। घरमा नै बस्नु परिरहेको छ। पहिले पनि फिटनेसका लागि राम्ररी काम गर्न नपाएकाले नै चोटहरु देखिएको हो जस्तो लाग्छ। अब कति सयम खेलविहीन भएर बस्नुपर्ने हो भन्ने थाहा छैन। अब खेलमा फर्कंदा पनि अप्ठ्यारो हुन्छ जस्तो लाग्छ। धेरै समय यत्तिकै घरमा बसेर खेलमा फर्कन सजिलो हुँदै हुँदैन। बिहान घरमा नै गर्न मिल्ने केही शारीरिक व्यायाम त गरिरहेको हुन्छु तर त्यतिले पुग्दैन। 

कोरोना भाइरस यसरी फैलँदै गयो कि जसको मनमा पनि डर बसेको छ। यहाँ मात्र पनि होइन विश्वभर नै त्यस्तै डर छ। चीन, इटाली, अमेरिकाको समाचारहरु पढ्दा, मान्छेहरु मरेको सुन्दा नेपालमा त्यसरी फैलियो भने के होला भनेर चिन्ता लाग्छ। 

हाम्रो देश सानो छ, यहाँ फैलन धेरै समय पनि लाग्दैन। स्वास्थ्यमा सुविधासम्पन्न देशमा त त्यस्तो भइरहेको छ भने यहाँ त स्वास्थ्यको अवस्था हामी सबैलाई थाहै छ। धेरै जनालाई लागिहालेमा सुरक्षित रुपमा उपचार गर्न पनि कठीन छ। डाक्टरहरुकै सुरक्षाका विषयमा पनि आइरहेका कति कुराहरु हामीले सुनेकै छौँ। अहिलेसम्म धेरै जनामा त देखिएको छैन, तर फैलिन्छ कि भन्ने डर भने छ नै। 

विस्तारै सामानहरुको नै अभाव हुँदैछ। मेरो घरमा लगभग एक महिनाको लागि सामान राख्ने ममिको बानीले गर्दा अब अझै केही समयलाई त सबै कुरा पुग्छ। तरकारीहरु त सकिन लागिसक्यो, दाल र चामल भने छ। अब जे छ त्यही खाएर नै बस्ने हो। सकिएपछि त यता वरपर पसलहरु पनि छैनन्। पसलमा नै पनि त बाहिरबाट सामान ल्याउने नै हो। उनीहरुले नल्याए बेच्न मिल्ने कुरा पनि भएन। तर यो लामो समय चल्यो भने त हामीलाई मात्रै होइन सबैलाई नै गाह्रो भइहाल्छ। 

अहिले घरमा सफा गर्ने काममा पनि व्यस्त भइरहेको हुन्छु। पहिले त अगाडि देखिएका लुगा पट्याएर राख्ने भन्दा अरु काम गरिँदैन थियो। अहिले भने सबै कुराहरु मिलाएर सफा बनाएर राख्ने काम गरिरहेको छु। चाहिने र नचाहिने सामानहरु पनि छुट्याएँ। अर्को त यो समयमा मैले राम्ररी गरेको काम भनेको भान्छाको काम हो। पहिले त भान्छाको काम गरिँदै गरिँदैन थियो, प्राय त समय पनि हुँदैन थियो। अहिले भने भान्छामा पनि राम्ररी काम गरिरहेको छु।  

लकडाउनले गर्दा घरको काम गर्न सिकियो भनौँ न। पहिले त सधैँ खेल अभ्यासमा नै व्यस्त भइन्थ्यो। थाकेर आएपछि घरको काम गर्न मन पनि हुँदैन थियो। त्यसैमाथि कति सयम त घरबाट बाहिर नै बस्नुपर्ने हुन्छ। होटलमा बसेको बानी धेरै हुनाले घर आउँदा र केही समय हुँदा पनि घरको काम गर्न मन लाग्दैन थियो। अहिले यति दिन घरमा बस्दा घरको काम धेरै सिकिसकेँ। गरिरहेको छु। कोरोनाले मलाई भएको फाइदा जस्तो भयो यो। 

भलिबल खेल्न नपाएर खेलको याद त आइहाल्छ तर यो समय मैले खेल्ने भन्दा पनि फिटनेसका लागि नै काम गर्नुपर्ने थियो। डाक्टरले नै कुइनामा लागेको चोटका कारण केही समय नखेल्न सुझाउनुभएको थियो। त्यसले यो आराम गर्ने नै समय पनि भइरहेको छ तर खाली आराम मात्र गर्ने भन्दा पनि चोटबाट बाहिरिन केही कामहरु गर्ने योजना थियो, जुन मिलेन। यो चोट अहिलेको पनि होइन, २०७४ सालकै हो। खेलको बेलामा नै सामान्य दुःखाइबाट लागेको चोट आराम गर्न नपाएर नै बल्झिरहेको हो। पछिल्लो समय त धेरै नै दुख्ने भइसकेको थियो। हातमा ब्यान्डेज लगाएर खेल्ने गरिरहेको थिएँ। तर त्यसरी लामो समय खेल्न त पक्कै पनि सकिँदैन।

वर्षमा हाम्रो खेलहरु धेरै हुने भए पनि वैशाखदेखि साउनसम्म लगभग खेल ठप्प जस्तो नै हुन्छ। त्यतिबेला खेल खेल्न नपाए पनि अभ्यास भने असाध्यै गरिरहेका हुन्छौँ। पछि मंसिरपछि त खेलहरु यति हुन्छ कि आराम गर्ने समय नै पाउँदैनौँ। एउटा प्रतियोगिता सकिएको १० दिन जस्तोमा अर्को प्रतियोगिता भइसक्छ। कहिले काहिँ त एक दुई दिनको आराम पनि पाइँदैन। अर्को कुरा त फिजिकल फिटनेसका लागि गर्नुपर्ने कामहरु भएकै हुँदैन। त्यही भएर पनि धपेडीसँगै चोट लाग्ने समस्याहरु आउँदै जान्छ। प्रतिभा माली, सरस्वती चौधरी, बिनिता बुढाथोकी, नेबिका चौधरी सबै जना घाइते नै हुनुहुन्छ। 

यतिबेला सबैभन्दा धेरै याद आउने परिवारको नै हो। हाम्रो टिमको साथीहरुसँग पनि कुराकानी भइरहेको हुन्छ। काठमाडौंमा नै घर हुने साथीहरुलाई भन्दा बाहिरबाट आएर यहाँ बसेका साथीहरुलाई निकै कठीन छ। उनीहरु पनि बरु घरमा नै हुन पाएको भए केही सजिलो हुन्थ्यो भन्ने कुरा गरिरहेका हुन्छन्। जे छ त्यही खाएर बस्न घरमा सजिलो हुन्थ्यो काठमाडौंँमा कोठामा त मुस्किल भइरहेको छ भन्छन्। 

म त यहाँ ममि बुबा, ठूलोबा ठूलोआमा सबै हामी घरमा छौँ। परिवारसँग नै हुँदा सहज पनि हुन्छ। बहिनी र दाइ भने विदेशमा छन्। त्यसैले याद धेरै आइरहेको छ। यस्तो अवस्थामा पनि विदेशको कामबाट छुटकारा पाएको छैनन। आफ्नो मान्छे चाहिने भनेको नै आफूलाई साह्रो गाह्रो परेको बेलामा नै त हो। बाहिर रहेका अरुहरुको पनि याद आइरहेको छ। 

सरकारले अहिले गरेको लकडाउन ठीक निर्णय हो भन्ने लाग्छ। यस्तो छिटो व्यक्ति व्यक्तिमार्फत फैलने रोगलाई रोक्न योभन्दा अर्को विकल्प पनि हुँदैन। फैलिएपछि ला भन्नुभन्दा तयारी गर्नु निकै राम्रो कुरा हो। सबैजना घरभित्र बस्दा सुरक्षित रहने कुरा पनि भयो र रोगलाई फैलने माध्यम पनि नहुने भयो। जसलाई संक्रमण देखिएको छ त्यसबाट अर्कोमा सर्न पाएन भने पनि धेरै रोकथाम गर्न सकिन्छ।

तर यति सहज र बुझ्नैपर्ने कुरा पनि धेरैले नबुझेजस्तो गरिरहनुभएको छ। अहिले पनि बाहिर डुल्दै हिँडिरहनु भएको छ। समाचारमा आइरहेका कुराहरुमा पनि उहाँहरु सचेत हुनुहुन्न। सचेत नभए पनि डर त हुनुपर्ने हो। रोग लागेमा के हुन्छ भन्ने केही मसशुस नै नभएको हो कि खोइ के हो। कि त मलाई केही पनि हुँदैन भन्ने सोचेर पो हिँडिरहेको हो कि। 

लकडाउन हाम्रै लागि गरेको त हो। यस्तो महामारीका रुपमा फैलिएको भाइरसको जोखिमलाई नबुझे जस्तो गर्न हुँदै हुँदैन। सरकारले भनेको कुरा मान्नुस्, नियम पालना गरेर घरमा नै सुरक्षित बस्नुस्। अत्यावश्यकबाहेक बाहिरतिर नस्किदिनुहोस्। यस्तो बेला केही हुँदैन भनेर सोच्नु मूर्खता हुन्छ। रोग लागेमा परिवार भेट्न पनि नपाइने कुरा त तपाइँहरुलाई थाहै होला। त्यसैले त आफू पनि बाँच्नुहोस्, अरुलाई पनि बाँच्न दिनुहोस्। 

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
३ वर्षभित्र ८ हजार दर्शक क्षमताका १० रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिने आगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गरिने अर्थमन्त्री स्वर्णिम वाग्ले... शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा अब उनले सेमिफाइनलमा न्युजिल्यान्डका खेलाडी कासिब मुर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् । मुर्डोक जापानका योनुसुके मिनामीलाई हराउँदै सेमिफ... बिहीबार, जेठ १४, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ ।से... शनिबार, जेठ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही : गगन थापा सोमबार, जेठ १८, २०८३
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन सोमबार, जेठ १८, २०८३
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन् सोमबार, जेठ १८, २०८३
झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक’ सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्रीकाे जवाफमा कांग्रेस सांसद थापाको प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ? आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्