• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर : उपत्यकाबाट ३८ कैदीबन्दी रिहा, नख्खुमा बनेन क्वारेन्टाइन

64x64
नारायण अधिकारी शुक्रबार, चैत १४, २०७६  १४:१४
1140x725

काठमाडौं- विश्वरभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हुने रोग कोभिड-१९ को जोखिम खचाखच भरिएका कारागारमा उच्च हुने भन्दै केही कैदीबन्दी रिहा गर्ने निर्णय भयो। महान्यायाधिवक्ता अग्नि खरेलको नेतृत्वमा गृहसचिव, कानुन सचिव, प्रहरी महानिरीक्षक, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारसहितको बैठकले चैत ७ गते यस्तो निर्णय गरेको थियो। विभिन्न २१ वटा निर्णय गरेको सो बैठकको निर्णयको बुँदा नम्बर ६ मा कैदीबन्दीलाई रिहा गर्न सकिने उल्लेख छ।

बैठकको सोही निर्णयअनुसार हालसम्म काठमाडौं उपत्यकाका केन्द्रीय कारागार सुन्धारा, डिल्लीबजार कारागार र नख्खु कारागारसमेतबाट गरी ३८ जना कैदीबन्दी रिहा भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले नेपाल लाइभलाई जानकारी दिए। उनका अनुसार काठमाडौंमा रहेका केन्द्रीय कारागार र डिल्लीबजार कारागारबाट २७ जनालाई रिहा गरिएको छ।

उता, ललितपुरस्थित नख्खु कारागारबाट भने दुई पटकमा गरेर ११ जना कैदी रिहा भएका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालयको आदेशबााट छुटेका हुन्। अहिले रिहा भएका उनीहरू सबै जना अभद्र व्यवहारको मुद्दामा जेल परेका व्यक्ति भएको महानिर्देशक कँडेलले जानकारी दिए।

सर्वोच्चले चैत ७ गते कैदीबन्दी रिहाइ बारेमा गरेको निर्णयमा मुलुकी फौजदारी अपराध कार्यविधि संहिता २०७४ को दफा १५५ आकर्षित हुन्छ। दफा १५५ मा कैदबापत रकम तिर्न सकिने व्यवस्था उल्लेख। दफा १५५ को उपदफा (१) मा कुनै कसूरमा पहिलो पटक कसूरदार ठहर भई एक वर्ष वा एक वर्षभन्दा कम कैद सजाय भएको मुद्दामा कसूरदारको उमेर, कसूरको गम्भीरता, कसूर गरेको तरिका, आचरणसमेतलाई विचार गरी कारागारमा राख्नु उपयुक्त नदेखिएमा तथा त्यस्ता कैदीलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा पुग्नेसमेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यसबापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठहर्‍याएमा कैदबापतको रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश दिन सक्ने उल्लेख छ।

यसअनुसार रिहा हुनका लागि कैदीबन्दीले जेल प्रशासनमा निवेदन दिनुपर्ने हुन्छ। यस्तो निवेदन सरकारी वकिलमार्फत् सम्बन्धित अदालत तथा मुद्दा हेर्ने अधिकारीसम्म पुग्छ। त्यसपछि सम्बन्धित अधिकारीले रिहा गर्ने नगर्ने टुंगा लगाउने कानूनी व्यवस्था छ।

यही प्रक्रिया पूरा गर्दै अहिलेसम्म केन्द्रीय कारागारबाट १ जनाको मात्र निवेदन परेको महानिर्देशक कँडेलले जानकारी दिए। यसअघि माथि उल्लेख गरिएकाहरु भने बिना निवदेन जिल्ला प्रशासन कार्यालयमार्फत् रिहा भएका हुन्।

यसरी रिहा हुने प्रक्रिया पूरा भएका कैदीबन्दीहरूले एक दिनको तीन सय रुपैयाँ दरले रकम तिर्नुपर्ने हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

 

कैद बस्न छुट भएको व्यक्तिले त्यसरी छुटेको मितिले तीन वर्षभित्र कैदको सजाय हुने कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई पहिले भएको फैसला बमोजिमको कैदसमेत थप गरेर सजाय गरिने उल्लेख छ। दफा १५५ कै उपदफा (३) मा दैनिक ३ सयका दरले रकम बुझाए कैदको लगत तथा कैद भुक्तान अवधिसम्म रकम तिरेका कसुरदारको कैद भुक्तान मानिने व्यवस्था छ।

 

जरिवानाका हकमा भने जति जरिवाना छ, त्यति नै रकम बुझाएर रिहा हुन सक्ने कानुनी व्यवस्था छ।

यसरी अभद्र व्यवहारलगायत एक वर्षभन्दा कम सजाय मुद्दाका करिब १ सय ५० जना देशभर छुट्न सक्ने कारागार व्यवस्थापन विभागले जनाएको छ।

अझै बनेन क्वारेन्टाइन
कोरोना भाइरसको उच्च जोखिममा कारागार पनि परेपछि कारागार व्यवस्थापन विभागले सोहीअनुसारको तयारी पनि सुरु गरेको छ। कारागारमा नयाँ बन्दी आउँदा सुरुमा क्वारेन्टाइन्मा राख्नेदेखि भेटघाटका कामसमेत बन्द छन्। 

कैदीबन्दीको स्वास्थ्य परीक्षण, उपचारलगायतमा विशेष तयारी थाल्ने भन्दै कारागार व्यवस्थापनले सबै कारागारलाई परिपत्रसमेत गरेको थियो। पर्सनल प्रोटेक्ट इक्विपमेन्ट (पिपिई), थर्मल गन, मास्क, पञ्जा, स्यानिटाइजर, टेस्टिङ किट सबै कारागारमा उपलब्ध गराउने भन्दै परिपत्र गरेको थियो।

यी काम काठमाडौं उपत्यकाबाहेकका कारागारको हकमा प्रदेश मुख्यमन्त्रीको कार्यालयमार्फत् गरिने उल्लेख थियो। तर, अहिलेसम्म मास्क र स्यानिटाइजरबाहेक अन्य सामग्रीहरु कारागारमा नपुगेको प्रदेश २ स्थित एक कारागारका जेलरले बताए।

यतिमात्रै होइन, उपत्यकाकै नख्खुस्थित कारागारमा १ सयजनासम्म अट्ने क्वारेन्टाइन बनाउने भनिएपनि अहिलेसम्म क्वारेन्टाइन निर्माणको कामले गति लिन सकेको छैन। ‘नख्खुमा २० बेडको आइसोलन वार्ड र १०० जना अट्ने क्वारेन्टाइन बनाउने भनिएका हो। त्यही अनुसार वर्कआउट पनि भएको छ। तर स्रोत साधनको अभावका कारण क्वारेन्टाइन निर्माण गर्न सकिएको छैन,’ विभागका महानिर्देशक कँडेलले नेपाल लाइसँग भने। 

उक्त क्वारेन्टाइनमा उपत्यकाका जुनसुकै कारागारमा काेराेनाका शंकास्पद कैदी देखिए राख्ने योजना छ। तर अहिलेसम्म क्वारेन्टाइन निर्माणले गति लिन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १४:१४
  • #काेराेना-कैदी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्