एजेन्सी–कोरोना भाइरसको त्रासका कारण भारतमा आर्थिक वर्ष २०२०–२१को बजेट विधेयक छलफल नै नभई पारित भएको छ। राजनीतिक सहमतिमा संसदबाट विधेयक सामान्य संशोधन गरेर पारित गरिएको हो।
लोकसभाले सोमबार वित्त विधेयक २०२० सामान्य संशोधनका साथ ध्वनीमतले पास गरेको हो। यो विधेयक सिधै अब राज्यसभामा पठाइएको छ। यो विधेयक पास भएलगत्तै संसद अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरसको संक्रमणका कारण दलहरुको सहमतिमा यो विधेयक विना छलफल पास गरिएको हो। सांसदहरुले तत्काल सदन स्थगित गर्न माग गरिरहेकाले यो विधेयक राजनीतिक सहमतिमा विना छलफल पारित गरिएको हो।
अर्थमन्त्री निर्मला सीतारमणले पेश गरेको विधेयक ध्वनीमतका आधारमा पास गरियो। यो विधेयक पास भएलगत्तै केन्द्रीय बजेट २०२०का लागि वित्तमन्त्रीलाई अनुमति प्राप्त भएको छ । आर्थिक वर्ष २०२०–२१का लागि उनले अब बजेट ल्याउन पाउने भएकी छन् ।
विधेयकमा कर संशोधन प्रस्तावमा पनि अनुमति प्राप्त भएको छ । यो विधेयकले भारतमा १८२ दिन बस्ने व्यक्तिलाई निवासी कर लगाउने प्रस्ताव गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।