नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको 'लकडाउन'लाई जनताले गम्भीरता पूर्वक नलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले अहिले पनि केही मानिसले लक डाउनलाई गम्भीर रुपमा नलिएको प्रति यस्तो लेखेका हन्।
उनले अपिल गरेका छन्, ‘आफैंले आफ्नो र परिवारको सुरक्षा गरौं र सरकारको निर्देशनलाई गम्भीर रुपमा लिऔं।’ भारतमा कोरोनाको संक्रमण फैलिरहेको छ।
हालसम्म ४२९ जना बिरामी पुगेका छन् भने आठ जनाले ज्यान गुमाएका छन्। यही कारण सरकारले २२ राज्यको ७५ जिल्ला लकडाउन गरेको छ। मोदी आफैंले देशको नाममा सम्बाेधन गर्दै जनता कर्फ्यू घोषणा गरेका थिए। अत्यावश्यकबाहेक अन्य सेवा रोकिएको अवस्थामा पनि जनताले सडकमा भीडभाड गरेर हिडेपछि मोदीले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।