काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपाल–भारत सीमा नाका बन्द गर्न गृहमन्त्री थापाले भारतीय राजदूतसँग मागे सहयोग, दुई देशका परराष्ट्रमन्त्रीबीच छलफल भइसकेकाले गृहमन्त्रालयको रायपछि निर्णय गर्न तयार रहेको भनाइ ।
२) कोरोना रोकथामका लागि बनेको उच्चस्तरीय समितिद्वारा भाइरसको संक्रमण रोक्न ६ वटा समिति गठन, अत्यावश्यक वस्तुको आपूर्ति अनुगमन तथा व्यवस्थापन कार्यदलमा उद्योगमन्त्री भट्ट।
३) भारतबाट स्वदेश फर्किने नेपालीको संख्या तेब्बर बढ्यो, सुनौली नाका हुँदै दैनिक १६ देखि १८ हजारसम्म नेपाली फर्किए, सेनासहितका सुरक्षाकर्मीद्वारा सीमामा निगरानी।
४) ‘वी किक कोरोना’ अभियानमार्फत् आर्थिक सहयोगमा जुटे खेलाडी, २ दशमलव ५ मिलियन युरो जम्मा, अन्य सहयोग र सामाजिक सचेतनाका काम पनि जारी।
५) र, कोरोना भाइरस दोस्रो विश्वयुद्धयताको सबैभन्दा ठूलो संकट भएको इटालीका प्रधानमन्त्री कोन्टेको भनाइ, अत्यावश्यक बाहेकका उद्योगधन्दा, कलकारखाना बन्द गर्ने निर्देशन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।