• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

हाम्रा सहर भीरको चिन्डो भएका छन् : राजेन्द्र पराजुली

64x64
प्रजु पन्त शनिबार, चैत ८, २०७६  १३:४०
1140x725

लेखक एवं पत्रकार राजेन्द्र पराजुली संस्मराणात्मक कृति ‘कोटेश्वरको केटो’ लिएर पाठकमाझ आएका छन् । यो उनको आठौं कृति हो। कोटेश्वरमा जन्मेहुर्केका  पराजुलीले यो पुस्तकमा कोटेश्वरले कसरी आफ्नो स्वरुप मात्रै होइन, संस्कृति पनि गुमाउँदै गयो भन्ने विषयलाई लेखनशिल्प मार्फत् पुस्तकमा चित्रण गरेका छन्। पराजुलीसँग नेपाल लाइभकर्मी प्रजु पन्तले गरेको कुराकानी :

धैरैले सेवा निवृत्त जीवनमा संस्मरण लेख्छन्। तर, तपाईंले सक्रिय जीवनमै यस्तो कृति लेख्नुभयो,  किन?
मैले संस्मरण लेख्न थालेको ४० वर्ष पार गरेपछि हो भने संस्मरणको पुस्तक प्रकाशन गरेको ५५ वर्ष पूरा हुनै लाग्दा। ‘रिटायर्ड लाइफ’ कति वर्षबाट सुरु हुन्छ? कामको प्रकृतिका हिसाबले म रिटायर्ड हुन्न होला। किनकि साहित्य र पत्रकारितालाई मैले समानान्तर रुपमा लागिरहेको छु । हातखुट्टा चलुञ्जेल र मेरो मस्तिष्कले काम गरुञ्जेल म रिटायर्ड हुन्न । हातखुट्टा र मस्तिष्कले काम गर्न छाडेको दिन लेख्न पनि सकिन्न।

तपाईंले केही समयअघि एक पत्रिकामा आफू खेलेको सहर, गल्ली र चौरहरु मासिएको बारे लेख्नुभएको थियो । यो पुस्तकलाई त्यसैको विस्तृत रुप भनेर बुझ्दा हुन्छ?

सत्ताले विकासको भौतिक निर्माणलाई मात्र बुझेको देखिन्छ । के मानिसलाई खुला ठाउँ चाहिँदैन ? खुला ठाउँ राख्नु विकास होइन ? खुला ठाउँ नराख्दा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बखत मानिस कहाँ जाने ? हाम्रा बालबच्चा कहाँ खेल्ने ? ज्येष्ठ नागरिकले सुस्ताउने कहाँ ? प्रश्नहरु थुप्रै छन्।

म काठमाडौंले गुमाएका कतिपय खुल्ला स्थान, प्राकृतिक सम्पदा, पानीका मुहानलगायत सम्झेर दुःखी छु । त्यसकारण यो विषयमा लेखौं भन्ने लागिरहन्थ्यो । यो सहर कस्तो थियो, कस्ता भयो भन्न देखें । संस्मरण लेख्न उपयुत्त लाग्यो अनि लेखें।  

‘कोटेश्वरको केटो’ पुस्तकको नाम कसरी जुराउनुभयो ?
यो पुस्तकमा मेरो बाल्यकाल, पत्रकारिता, मैले संगत गरेका केही व्यक्ति र समसामयिक विषयलाई स्मरण गरेको छु । यी सबैमा म नै प्रोटागोनिस्ट छु, मेरा नितान्त निजी कुरा छन्। 

मैले देखेका र भोगेका कुरा छन् । म कोटेश्वरमा जन्मिएको, हुर्किएको र अहिले पनि त्यहीँ बसिरहेको एउटा मानिस भएकाले ‘कोटेश्वर’ त आउने नै भयो, त्यसमा ‘केटो’ जोडिदिँदा शीर्षक केही लयात्मक सुनिने भयो।

तपाईंले हेर्दाहेर्दै सहर धेरै कुरुप भयो है!
हो, काठमाडौं सहर संसारका मानिसका निम्ति एउटा ठूलो आकर्षण हुन सक्थ्यो । यहाँको जस्तो भूगोल, प्रकृति, सम्पदा लगायतका कुरा संसारका कुनै पनि सहरमा छैन। तर, हाम्रा शासकको योजनाहीनता, दूरदृष्टिहीनता र जिम्मेवारीबोधको अभावले यो सहर कुरुप हुन पुग्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

सहर भन्नु नयाँनयाँ भवनको अव्यवस्थित निर्माण, कोलाहल र फोहोरको पर्याय बन्न पुग्यो । खेद छ, काठमाडौंको महत्व नबुझ्ने शासकहरुप्रति।
शासकहरु प्रति रोष छ हो ? 

व्यक्ति विषेष रोष छैन । तर, जुन तरिकाले विकास गरिदैछ त्यसमा मलाई चित्त बुझेको छैन। 

यो पुस्तक लेख्दा रमाइलो लागेको क्षण? 
म आफ्नो बाल्यकाल, भोगि सकिएका दुःख र हैरानी, घटना–दुर्घटनालगायत सम्झिदा रोमाञ्चित हुन्छु । पुस्तक लेख्ने क्रममा जहाँजहाँ यी कुरा आएका छन्, त्यहाँत्यहाँ मलाई बढी रमाइलो लागेको थियो। 

नरमाइलो लागेको क्षण ?
पत्रकारिताभित्रका अँध्यारो पाटो खोल्नुपर्दाको अवस्था।

कोटेश्वरको त्यो कुरा जुन तपाईंले एकदमै गुमाएको महसुस गर्नुहुन्छ, त्यो अहिले छैन? 
बिलकुलै छैन । काठमाडौं उपत्यकाका कतिपय ठाउँमध्य बसोबासका निम्ति कोटेश्वर एउटा उत्कृष्ट ठाउँ थियो । अब त्यो केही पनि बाँकी छैन । यहाँको अव्यवस्थित वस्ती, अुसविधा, खुल्ला ठाउँको अभावले यो पनि कुरुप भइसकेको छ। 

काठ क्षेत्रको बसोबास कस्तो थियो?
काठमाडौं उपत्यका वरपरका काठका बसोबासको आफ्नै मौलिक परम्परा थिए। रहनसहन, जीवनशैली, सांस्कृतिक, सरसहयोगको विशिष्ट रीति थियो, अब त्यो केही पनि बाँकी छैन।

अहिले कोटेश्वर न पूर्ण सहर हुन सकेको छ, न त गाउँ नै । सङ्क्रमणको डिलमा उभिएको छ मेरो कोटेश्वर। 

काठ क्षेत्रको बसोबास नयाँ भइसक्यो संस्कृति पनि बद्लियो की उही हो? 
काठ क्षेत्रको संस्कृति अब ‘पपसंस्कृति’मा रुपान्तरित हुन थालिसकेको छ । र, यो पपसंस्कृतिमा आफूलाई होम्न कोटेश्वरबासीलाई निकै सकस परिरहेको छ। 

सहरको अस्तित्व यसैगरी मासिन्छ है ?
परिचय र अस्तित्व गुमाउँदै गएका संसारका सबै सहरको पीडा यस्तै हुन्छ । न आफ्नोपन जोगिन्छ, न आयातित संस्कारमा आफूलाई पूर्ण रुपमा विसर्जन गर्न नै सक्छन् ! भिरको चिन्डो भएका छन् हाम्रा सहर, विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुर।  

अब पहिलेको अवस्थामा त यो सहर फर्काउन सकिन्न तर यो भन्दा राम्रो चाहिँ कसरी बनाउन सकिन्छ भन्ने लाग्छ तपाईंलाई ? 

राम्रो बन्ने त म कुनै सङ्केत नै देख्दिनँ । हाम्रा शासक, प्रशासक र स्वयम् हामी नै पनि, सहर राम्रो बनाउने चिन्तामा छैनौं। सहर राम्रो बनाउन बलियो र दृढ इच्छाशक्ति भएको शासक आवश्यक पर्छ।

मास्टर प्लान सहित काम गर्ने राजनेताको अभाव छ । सहरवासीमा यो सहर मेरो हो, यसलाई राम्रो बनाउन मैले आफ्नो तर्फबाट पनि योगदान गर्नुपर्छ भन्ने भावना हुनुपर्छ । त्यो निकै कम मानिसमा मात्र रहेको देख्छु।    

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
अनियन्त्रित मोटरसाइकलले दियो पाँच पैदलयात्रीलाई ठक्कर, चालकसहित ७ जना घाइते शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कांग्रेसको देउवा पक्ष पनि जुट्यो महाधिवेशन तयारीमा, ७७ वटै जिल्लामा खटाइयो केन्द्रीय प्रतिनिधि शनिबार, भदौ २७, २०८३
स्ट्याटस लेखेपछि पक्राउ परेका पत्रकार खड्का धरौटीमा रिहा गर्न आदेश शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्