एजेन्सी–भारतको महाराष्ट्र सरकारले राज्यका ४ सहर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले मुम्बई, पुणे, पिम्परी, नागपुर तथा एमएमआर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो।
जसअनुसार ३१ मार्चसम्म लकडाउन हुनेछ। यसअनुसार जरुरी पसल तथा सेवाबाहेक सबै पसल बन्द रहनेछन्। महाराष्ट्रमा हालसम्म ५२ जनामा संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ। सरकारी घोषणाअनुसार किराना, तरकारी तथा औषधि पसल बन्द रहनेछन्।
यस्तै,दिल्लीमा पनि सबै सपिङ मल बन्द गरिएका छन्। दिल्ली सरकारले सबैजसो सपिङ मल बन्द गर्न निर्देशन दिएको हो। यदि दिल्ली सरकारले दिएको निर्देशन सपिङ मलले उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ। तर, अत्यावश्यक सामानको रुपमा रहेको किराना, औषधि पसलजस्ता पसल भने सञ्चालन हुने भएका छन्। अहिलेसम्म भारतमा ५ जनाको मृत्यु हुनुका साथै २ सय ६ जनामा संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।