काठमाडौं- बुधबार प्रतितोला १ हजारले बढेको सुनको मूल्य बिहीबार १५ सय रुपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ तोकिएको छ। बुधबार सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै बिहीबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय रुपैयाँ तोकिएको छ। बुधबार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार र बुधबार प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने तोलामा ३० रुपैयाँ मूल्य घटेको छ।
बिहीबार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।