• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

भलिबलमा पुराना पुस्ताका प्रकाश : पैसा थिएन, इज्जत सम्झेर खेल्यौँ

ऋग्वेद शर्मा/सरोज तामाङ बुधबार, चैत ५, २०७६  १३:१८
1140x725

काठमाडौं- प्रकाश थपलियाले भलिबल खेलेपछि नेपाली भलिबलमा अरु तीन/चार पुस्ता आइसके। तर भलिबलमा लागेर उनी जति खुसी अर्को कोही होला जस्तो लाग्दैन। आफूले खेल्ने समयमा खेलेरै कमाइ नभए पनि खेल्न पाउनुमा मात्रै उत्साहित हुन्थे। 

समय उस्तै रहेन। खेल खेलमात्रै होइन सहज जिविकाको माध्यम पनि बन्नै परिहाल्यो। अहिले त भलिबल राष्ट्रिय खेल बनिसक्यो। पुराना खेलाडी जो राष्ट्रका लागि खेले, आफ्ना युवा समय भलिबलमै बिसाए, उनीहरुका लागि अहिले भलिबल राष्ट्रिय खेल हुँदा पुराना दिनको सम्झनाले गौरव झनै बढेको छ। 

हुन पनि पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म खेलिने भलिबल नेपालमा धेरै हेरिने खेलमध्ये एक हो। अहिले पहिलेको तुलनामा भलिबलको माहोल अझ बढेको छ। भलिबलमा विस्तारै व्यवसायिकता भित्रिँदै छ भने, निजीस्तरबाट धमाधम प्रतियोगिता हुन थालेका छन्। खेलाडीलाई भ्याइ नभ्याइ जस्तो छ। एकपछि अर्को प्रतियोगिताले खेलाडी पनि उत्साहित छन्। 

तर प्रतियोगिता धमाधम हुनु मात्रै खेलको प्रगति भने होइन। सीमित खेलाडीले मात्रै प्रतियोगिता खेलिरहँदा नयाँ खेलाडीको आगमन भने शून्य जस्तै छ। यो एउटा दुःखद पक्ष हो। २०३० कै दशकमा उदाएका चर्चित भलिबल खेलाडी प्रकाश थपलिया पनि यो कुरामा सहमत छन्। उनी भन्छन्- ‘भलिबलमा खासै केही भएको छैन।’

५८ वर्षका प्रकाशले नेपाली राष्ट्रिय टिमको जर्सी लगाउँदै थुप्रै अन्तर्राष्ट्रिय खेल खेले। नतिजा अहिले पनि पहिलेको जस्तै छ। फरक खेलमा भित्रिएको व्यावसायिकता भन्दा अरु देखिँदैन। खेलाडी रहँदा मात्रै होइन विभिन्न टिमको प्रशिक्षक भएर काम गर्दा पनि प्रकाशले खेलमा हुनुपर्ने जस्तो विकास भएको देख्दैनन्। 

त्यसबेला नेपाली भलिबलको अवस्था कस्तो थियो? नेपालले अन्तराष्ट्रिय स्तरमा कस्तो प्रदर्शन गर्थ्यो? पहिलेको र अहिलेको नेपाली भलिबलमा के कस्ता फरक आए? समग्र भलिबल र उनको खेल जीवनको बारेमा आधारित रहेर प्रकाश थपलियासँग नेपाल लाइभका ऋग्वेद शर्मा र सरोज तामाङले कुराकानी गरेका छन्, 

हिजोआज कसरी बित्दै छन् दिनहरु?
अहिले खास केही छैन। चोट लागेकाले डेढ वर्ष भयो म कुनै कुरामा आबद्ध नभएको। आराम गरेर बसिरहेको छु। तर प्रत्यक्ष रुपमा नभए पनि अप्रत्यक्ष रुपमा म भलिबलमा जोडिइरहेको हुन्छु।

के कारणले गर्दा चोट लाग्यो? निकै गम्भीर थियो कि?
मोरङको लेटाङमा भेट्रान भलिबल प्रतियोगिता थियो। १ नम्बर प्रदेशका पाँच जिल्लाको सहभागिता थियो। खेलकै दौरानमा मेरो खुट्टा फ्याक्चर हुन पुग्यो।

Ncell 2
Ncell 2

नेटभन्दा माथि बल आइरहेको थियो। मैले ब्लक गरेर बल झारेँ। विपक्षी टिमका खेलाडी सर्ट हान्न आए। मलाई ड्यांगै लाग्यो। म थुचुक्कै भएँ। त्यसबेला मैले सुनसरीबाट खेलेको थिएँ।

तपाईंको भलिबल जीवन चाहिँ कहाँबाट सुरु भयो?
मेरो घर सुनसरी धरान। भलिबल त धरानमा हुँदा पनि खेलिन्थ्यो। तर खास भलिबल चाहिँ काठमाडौं आएर नै सिकेँ। धरानमा मोहन सिटौला भन्ने दाइ हुनुहुन्थ्यो। उहाँले भलिबल खेल्न घचघच्याउनु भयो। त्यस्तै, काठमाडौं आएपछि सागर थपलिया। जो मेरो काकाको छोरा हुनुहुन्छ। उहाँ पूर्व एसएसपी हुनुहुन्छ। उहाँहरुले मलाई भलिबल खेल्न प्रेरित गर्नुभयो।

त्यो समय नेपाल आर्मीले खेलाडी राख्ने गथ्र्यो। म पनि बसेँ। भैरवनाथ गण, महाराजगञ्जमा छ। त्यसमा मैले भलिबल सिकेँ। राम्रो हुँदै गयो। सबैको माया पाएँ। बस्न खान कुनै समस्या थिएन। यो २०३८ साल तिरको कुरा हो। त्यसपछि मैले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेँ। 

भलिबल नै मेरो पेशा हो। यसमा नै केही गर्छु भनेर चाहिँ कसरी लाग्नु भयो त?
पहिले जापानिज प्रशिक्षक टोसियोकी सोजी धरानमा प्रतियोगिता हुँदा आउनु भएको थियो। उहाँ नेपालको मुख्य प्रशिक्षक हुनुहुन्थ्यो।

उहाँले को अग्ला छन्, उनीहरुलाई म भलिबल सिकाउँछु भन्नु भएको थियो। यो २०३७ सालतिरको कुरा हो। लक्ष्मण न्यौपाने भन्ने साथीले मलाई उहाँसँग भेट गराइदियो। ए प्रकाश थपलिया जी अग्लो अग्लो मान्छे खोजी रहेका छन्। खेल्नुपर्छ भनेर प्रशिक्षकसँग भेटाउनु भएको थियो।

करिब छोटो समयको अभ्यासपछि मलाई सिधै राष्ट्रिय टिमको अभ्यासमा हालिदिनु भयो। सँगै सशस्त्र प्रहरीबाट रिटायर भएका दुर्जकुमार राई लगायत पनि थिए। दुर्जकुमार उता सशस्त्रमा नै सफल भए। म भलिबलमा।

आर्मीपछि तपाईंले अन्य कुन क्लबबाट खेल्नु भयो?
आर्मीबाट खेल्दा खेल्दै नै म राष्ट्रिय टिममा परेको थिएँ। त्यसपछि मैले आर्मी क्लब छाडेँ।

आर्मीपछि म विद्युत प्राधिकरणको भलिबल टिममा जोडिएँ। विद्युत प्राधिकरणले खेलाडी राखेको थियो। प्राधिकरणमा पनि कहिल्यै ड्युटी गर्नु पर्दैन थियो। उल्टै मैले कहिँले काहिँ काम सिक्नु पर्‍यो सर भन्दा तपाईं जस्तो राष्ट्रिय खेलाडीले पनि काम गर्ने? भन्दै प्रश्न गर्नु हुन्थ्यो। 

हामीले हाजिर गरेको भरमा पनि पैसा पाउँथ्यौं। त्यसैले गाह्रो भएन। खेलतिर मात्रै ध्यान दिन सकेँ। विद्युत प्राधिकरणबाट खेलहरु खेल्दै गएँ। आफूलाई राम्रो गर्दै लगेँ।

राष्ट्रिय टिमबाट चाहिँ कहिले खेल्नु भयो?
राष्ट्रिय टिमको अभ्यासमा त म पहिलेदेखि नै थिएँ। तर राष्ट्रिय टिमबाट चाहिँ २०३९ सालदेखि खेल्न थालेँ। झण्डै १० वर्ष खेलेँ। 

खेलाडी जीवनमा तपाईं कुन भूमिकामा देखिनु भयो?
खेल जीवनमा म दुई वटा भूमिकामा देखिएँ। पहिले जापानिज गुरुले मलाई क्वीक स्पाइकरमा खेलाउनु भयो। राष्ट्रिय टिममा हुँदा मैले सधैँ सेटबाटै क्वीक स्पाइकर भएर खेलेँ।

त्यसपछि चाइनिज गुरुले मलाई ओपन स्पाइकबाट खेलाउनु भयो। ओपन स्पाइकमा पनि निकै राम्रो खेलेँ। आफ्नो खेल जीवनभर म कहिल्यै सेट बाहिर बस्नु परेन।

तपाईंलाई ओपन स्पाइकमा राम्रो लाग्यो कि क्वीक स्पाइकमा?
मलाई दुईवटै भूमिका मन पर्‍यो। पहिलेको प्रशिक्षकले क्वीकमा पछिका प्रशिक्षकले ओपनमा खेलाउनु भएको थियो। मैले राम्रोसँग नै आफूलाई दिइएको भूमिका निभाए जस्तो लाग्छ।

खेल जीवनमा त राम्रो गर्नु भयो नै, त्यसपछि प्रशिक्षकको रुपमा चाहिँ आफूलाई कसरी लिनु हुन्छ?
मैले दुई वटा विभायीय टिमलाई केही समय हेरेको छु। त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ टिमलाई अभ्यास गराएको छु। र विभिन्न प्रतियोगिताहरु हुँदा मैले विभिन्न गणमा प्रशिक्षक भएर काम गरेँ।

मैले धेरै आर्मी क्लबलाई नै अभ्यास गराएँ। मैले आर्मीको नुन खाएको हुँदा आर्मीप्रति नै धेरै श्रद्धा लाग्छ।

तपाईंले खेल्दा कस्ता थिए खेलाडी? आफूसँगै खेलेका खेलाडीहरु सम्झनुहुन्छ?
त्यसबेला सबै खेलाडी राम्रा थिए। सबै अग्ला कदका थिए। अहिलेको पनि नराम्रो भन्न त मिल्दैन तर त्यसबेलाका खेलाडी पनि कमजोर चाहिँ थिएनन्।

दुर्जकुमार राई, जयनारायण चौधरी, दीपक सापकोटा, राम विष्ट, राजेश मास्के, सुनिल चौधरी लगायतका खेलाडीहरु सम्झिरहन्छु।

त्यसबेला के थियो भने प्रमाणपत्र र कपको लागि हामी खेल्थ्यौं। तर अहिले चाहिँ व्यवसायिकता भित्रिएको छ। समयको परिवर्तन होला। अहिले बिना पैसाको एउटा पनि प्रतियोगिता हुँदैन। त्यसबेला हामीले प्रतियोगिता खेलेर १० रुपैयाँ पनि कमाएनौं। थिएन पैसा। हामीले नाम र इज्जतको लागि खेल्यौं। चाहे आफ्नो अञ्चलबाट, क्लबबाट वा राष्ट्रबाट खेल्दा होस्। पैसा थिएन। 

संघले खेलाडीको लागि राम्रो अभ्यास गर्ने वातावरण सिर्जना गर्नु पर्‍यो। सबै ठाउँमा कभर्डहल छैन। भलिबल हो, बाहिर खेल्ने अवस्था नहुन पनि सक्छ। तर संघले खेलाडीको लागि एउटा खेल्न सक्ने अवस्था भने मिलाउनै पर्छ।

अरु फरक के के देख्नु हुन्छ त्यो बेलाको प्रतियोगिता र अहिलेकोमा?
अँ..। त्यसबेला नेपालमा पञ्चायती व्यवस्था नै थियो। नेपाली टिम विभिन्न देशमा अभ्यास गर्न गइरहन्थ्यो। तर पछिल्लो समयमा थोरै मात्रमा विदेश अभ्यासको लागि गएको पाउछौं।

अर्को कुरा विदेशी प्रशिक्षक अहिले केही समयको लागि मात्रै आउँछन्। कुनै प्रतियोगिता हुँदा मात्रै। एक महिना, दुई महिनाको लागि। यत्तिले त पुग्दैन।

हाम्रो पालामा चाहिँ के थियो भने, जापानिज गुरु तीन वर्ष पूरै बस्नु भयो। हामीले राम्रो खेल सिक्न पायौं। चाइनिज गुरु पनि चार वर्ष बस्नु भयो। उहाँबाट पनि राम्रो कुरा सिक्न पायौं।

उहाँले हामीलाई चीनमा धेरै प्रतियोगिता खेल्न लैजानु भएको थियो। चीनको विभिन्न ठाउँमा हामीले चीनको राष्ट्रिय टिमबाहेक अरु धेरै टिमलाई हराएका थियौं।

त्यो बेला प्रतियोगिता नहुँदा टिममा साथीभाइहरुसँग माहोल कस्तो हुन्थ्यो?
अभ्यास गर्‍यो बस्यो। खायो, रमाइलो गर्‍यो। यस्तै हुन्थ्यो त्यो बेला। निकै रमाइलो क्षण थियो। त्यो बेला भलिबल बाहेक अन्य केही सोच आउँदैन थियो। हाम्रो पेसा भनेकै यही हो भन्ने हुन्थ्यो।

खानपानको व्यवस्था चाहिँ कस्तो थियो?
खाने कुराहरुको पनि राम्रो व्यवस्था थियो। हाम्रो धेरै अभ्यास नै बाहिर हुन्थ्यो। थाइल्यान्ड नै हामी निकै पटक ३-४ महिना बस्यौं। चीनमा पनि हामी यसरी नै बस्यौं। इन्डोनेसियामा पनि अभ्यास गर्‍यौं। यो बेला खाने डाइटहरुको निकै राम्रो व्यस्था थियो। फलफूलहरु राम्रै दिन्थे। 

तपाईंले राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको कुनै क्षण याद छ?
मैले एक पटक एसियन गेम्स खेलेँ। जुन दिल्लीमा सन् १९८२ मा भएको थियो। दुई वटा एसियन च्याम्पियनसिप खेलेँ। 

त्यो एसियन गेम्सलाई सम्झिनु पर्दा भलिबलमा कुल १५ टिमले भाग लिएको थियो। एसिया क्षेत्रमा भलिबलमा नेपाल टिम इभेन्ट्समा निकै पछि नै छ। कोरिया, चीन, जापानको अगाडि हामीले अंक पाउनु पनि ठूलो कुरा हुन्थ्यो। हामीले त्यो बेला ११औं स्थानमा एसियन गेम्स सकाएका थियौं।

एसियन च्याम्पियनसिपमा पनि हामीले राम्रै खेलेका छौं। केही टिमहरुलाई हराएका छौं।

नेपालमा भएको भलिबल प्रतियोगितामा म्यान अफ द म्याच अथवा म्यान अफ द सिरिज भनेर दिने प्रचलन थियो?
त्यस्तो थियो। मैले धेरै पटक अवार्ड पाएको पनि छु। पूर्वमन्त्री केशर बहादुर विष्टको हातबाट धेरै पटक अवार्ड लिएको याद छ। 

अवार्डको रुपमा त्यो बेला थाल कचौरा दिइन्थ्यो भन्ने सुनिन्छ नि, 
कप हुन्थ्यो। कुनै बेला त्यस्तै थाल कचौरा पनि हुन्थे। सबैभन्दा उत्कृष्ट खेलाडीलाई दिइने कप पनि मैले पाएको छु। समय अनुसार त्यस्तै थिए उपहारहरु। 

त्यो बेला महिला भलिबलको अवस्था चाहिँ कस्तो थियो?
महिला भलिबल टिम नै थिएन। विदेशमा कहिल्यै नेपालले भाग लिँदैन थियो। महिलाको राष्ट्रिय प्रतियोगिता पनि पुरुषको भन्दा धेरै पछिबाट मात्र सुरु भएको हो। महिलाको टिम चाहिँ राष्ट्रिय खेलकुदमा मात्र समावेश हुन्थ्यो।

त्यो बेला महिलाको स्कूलहरुमा छिटफुट प्रतियोगिता भए पनि अहिलेको जस्तो ढोरपाटन, न्यु डायमण्ड कप, एनभिए राष्ट्रिय प्रतियोगिता जस्ता महिलाको प्रतियोगिता हुँदैन थियो।

महिलाको टिम त्यति राम्रो थिएन। महिलाको टिम त अहिले राम्रो छ। अहिलेको अवस्थालाई हेर्ने हो भने पुरुषको टिम भन्दा महिलाको टिम राम्रो देखिन्छ। राष्ट्रिय स्तरमा प्रतियोगिताहरु पनि महिलाकै लोकप्रिय छ।

तपाईंले खेल्दाको भलिबल भन्दा अहिलेको भलिबल निकै माथि पुग्नु पर्ने हो तर त्यस्तो देखिँदैन। हामी कहाँ चुकिरहेका छौं जस्तो लाग्छ?
अहिलेका खेलाडी नराम्रो पनि होइन। राम्रा छन्। सबै खेलाडी एकसे एक छन्। तर यहाँ संयुक्त अभ्यास असाध्यै छोटो समयको लागि हुन्छ। 

अर्को कुरा अहिले खेलाडी विभागीय टिममा मात्रै छन्। हाम्रो पालामा चाहिँ विभागीय टिमबाट कम खेलाडी मात्रै राष्ट्रिय टिममा पर्थे। धेरै जसो विभाग बाहिरका पर्थे। अहिलेको चाहिँ विभागकै मात्रै खेलाडी राष्ट्रिय टिममा छन्। 

आर्मी, पुलिस र एपिएफको आ-आफ्नो टिम छ। उनीहरुले आ-आफ्नै टिमबाट खेल्छन्। अनि छोटो समयका लागि मात्रै राष्ट्रिय टिमबाट संयुक्त अभ्यास गर्ने मौका पाउँछन्। यो पनि हो एउटा कारण।

अर्को कारण विदेशी प्रशिक्षक। विदेशी प्रशिक्षक नियमित रुपमा भएर अभ्यास गराइयो र विदेशमा अभ्यासको लागि निरन्तर लगिराख्यो भने नेपालको खेल सुध्रिन्छ। पहिलेको तुलनामा यही कुराको कमि छ।

केही समयको लागि नेपाल भलिबल संघमा पनि रहेर काम गर्ने मौका पाउनु भयो हैन?
भलिबल संघमा तदर्थ समितिको अध्यक्ष भएर केही समय काम गर्ने मौका पाएँ। त्यसबेला राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिवमा राजबहादुर सिंह हुनुहुन्थ्यो। उहाँले प्रकाश जी अर्को चुनाव नहुन्जेलसम्मका लागि तदर्थ समितिको अध्यक्ष भइदिनु पर्‍यो भन्नु भयो। ठिकै छ भनेर उहाँको कुरा स्वीकारे। पछि चुनाव भयो र नेपाल भलिबल संघले नयाँ नेतृत्व पायो।

नेपाल भलिबल संघको तदर्थ समिति नै गठन गर्नु पर्ने स्थिति कसरी आएको थियो?
त्यो बेला पञ्चायत पछि बहुदल ब्यवस्था आयो। सबै भद्रगोल भयो। सिनियर खेलाडी भएको हिसाबले केही समयको लागि उहाँले भलिबलको नेतृत्व गर्नु पर्‍यो भन्नु भएको थियो। मैले नकार्न सकिनँ।

त्यसपछि संघमा जाउँ काम गरौं भन्ने लागेन?
म सल्लाहकारको रुपमा अथवा कुनै कुरामा भलिबल संघसँग जोडिइरहेकै हुन्छु। तर पदमै बसेर काम गरौं भन्ने चाहिँ लागेन। किनभने मैले त्यो जीवन बिताइ सकेँ। नयाँलाई पनि मौका दिनुपर्छ भन्ने मेरो धारणा हो।

विभागीय टिममा रहेका खेलाडीको लागि ठिकै छ। तर त्यसबाहेकका खेलाडीको जीवन निकै गाह्रो छ, अहिले पनि। यसले विदेश पलायन हुने खेलाडीको संख्या पनि बढ्दो छ। किन यस्तो भइरहेको छ?
नेपालको मुख्य समस्या नै यही हो। यहाँ खेलुञ्जेल मात्रै हो। केही छैन। उदाहरणका लागि विभागीय टिमबाहेक बाहिरका खेलाडी किन निस्किएनन् त? बाहिरका टिम विभागीय भन्दा किन बलियो भएनन् त?

हाम्रो पालामा भने अन्य ठूला उद्योगहरुले खेलाडीलाई राख्थे। जस्तै आयल निगम, चिनी कारखाना, जनकपुर चुरोट उद्योग, नेपाल विद्युत प्राधिकरण, हिमाल सिमेन्ट फ्याक्ट्रिहरुले राख्थे। बाहिरका खेलाडीले पनि जागिर पाएपछि खेल्थे। तर अहिले त्यस्तो छैन।

त्यो बेला विद्युत प्राधिकरणमा तलब चाहिँ कति हुन्थ्यो?
त्यो बेला तलब राम्रै थियो। १४-१५ सय रुपैयाँ तलब हुनु भनेको ठूलै थियो। खान लाउन मज्जाले पुग्थ्यो।

खेलाडीलाई खेल्दा भत्ता दिने चलन चाहिँ थियो?
विदेश गएको बेला थोरै भए पनि दिने व्यवस्था चाहिँ थियो। नेपालमा हुँदा थिएन। विदेशमा पनि पर्याप्त चाहिँ हुँदैन थियो।

राष्ट्रिय टिममा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कस्तो महसुश हुन्थ्यो?
राष्ट्रबाट खेल्दा खुसीका क्षण निकै रमाइलो हुन्छ। देशबाट खेल्न पाउँदा निकै राम्रो लाग्थ्यो।

हामीलाई त विदेशमा प्रतियोगितामा भाग लिन जानु नै ठूलो कुरा मानिन्थ्यो। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा हामीले मेडल जित्दैनौं भन्ने थाहा छ, तर पनि हामी केही कुरा सिक्नका लागि खेल्थ्यौं।

टिममा भए खेल्दै गर्दा विदेशी टिमलाई जित्दाको क्षण याद छन्?
छन् त्यस्ता क्षणहरु। हङकङ, बहराइन, श्रीलंकालाई पराजित गर्दाको क्षण एकदमै रमाइलो थियो। सबै साथीभाइहरु बसेर खुसी मनाउँथ्यौं।

आफ्नो खेलाडी जीवन सम्झेर कस्तो महशुस हुन्छ? आफूले जे काम गरेँ ठीक गरेँ जस्तो हुन्छ?
एकदमै ठीक गरेँ। आफ्नो जिल्ला, टिम र राष्ट्रका लागि खेलेँ। जे गरेँ ठीक गरेँ भन्ने लाग्छ। अहिले कुनै खेलाडीले सानो गल्ति गर्दा पनि के खेलेको जस्तो लाग्छ। हामीले पहिले खेल्दा अर्कै मेहेनत र परिश्रम हुन्थ्यो। अहिले त्यस्तो देख्दिनँ। 

भलिबल राष्ट्रिय खेल भएको छ। स्थानीय स्तरबाट जुन हिसाबले खेलाडी ल्याउनु पर्ने थियो त्यो भइरहेको छैन। एकेडेमी छैन। एउटा प्रभावकारी कार्यक्रम नै छैन। यस्तो देख्दा कस्तो लाग्ने रहेछ?
त्यसैले त अहिले खेलाडी आएकै छैनन्। अलिकति राम्रो गर्दै गयो भने विभागीय टिमले लिइ नै हाल्छ। त्यो भएर विभागीय टिमबाहेक अन्य क्लबले राम्रोसँग भलिबल खेल्न पनि छाडे।

तपाईंहरुले देखिरहनु भएको छ, नेपालको जुनै स्थानमा भए पनि उपाधि भनेको विभागीय टिमले नै लाने हो। सीमित खेलाडी छन्। तीनै खेलाडीले देशभरका खेलाडीले मात्रै खेल्न गरेका छन्। स्थानीय स्तरबाट खेलाडीको विकास र विस्तार गर्ने गरेको पाइँदैन।

नेपाली भलिबलमा अहिलेको पुस्ताले खेल्न छाडेपछि नेपाली टिम के हुन्छ होला त? नयाँ खेलाडी त देखिँदैनन्। 
हो यो गम्भीर प्रश्न हो। यसबारे बेलैमा सोच्नु पर्छ। स्कुल र हाइस्कुल स्तरीय खेलहरु हुँदै गयो भने पो राम्रो हुन्छ। तर त्यस्तो छैन।

विदेशमा ९-१० वर्ष मै खेलाडीलाई खेल्न सिकाइसकेको हुन्छ। १५-१६ वर्षको हुँदा त्यो खेलाडी राम्रो हुन्छ। तर हाम्रोमा त्यस्तो छैन।

पहिले तपाइँले खेल्ने समयका साथीहरुसँग बेला मौकामा भेट हुन्छ?
कहिले काहिँ भेट हुन्छ। तर सधैँ हुँदैन। विभिन्न परिबन्धमा छौं। त्यहिमाथि ट्राफिक जाम भन्यो के भन्यो यता उता हिँड्न गाह्रो छ। तर बेला मौकामा भेट भने हुन्छ।

भेट हुँदा बितेका पलहरुको कुरा कत्तिको हुन्छ?
हुन्छ नि। किन नहुनु। भेट हुँदा गर्छौं विगतका कुराहरु। निकै रमाइलो नै हुन्छ।

टिममा धेरैजसो हाँसिमजाक गर्ने को थियो?
थिए नि एकदुई जना साथीहरु रमाइलो गर्ने। जस्तो अहिले नरेन्द्र सिंह डिआइजी भएर रिटार्यड हुनु भयो। दीपक सापकोटा उहाँ पनि रमाइलो गर्नु हुन्थ्यो। म पनि रमाइलो गर्ने खालको नै थिएँ। 

भलिबल खेल्न चाहने र भलिबलमा लागेका नयाँ पुस्ताहरुलाई केही भन्न मन छ?
संघले खेलाडीको लागि राम्रो अभ्यास गर्ने वातावरण सिर्जना गर्नु पर्‍यो। सबै ठाउँमा कभर्डहल छैन। भलिबल हो, बाहिर खेल्ने अवस्था नहुन पनि सक्छ। तर संघले खेलाडीको लागि एउटा खेल्न सक्ने अवस्था भने मिलाउनै पर्छ।

विदेशी प्रशिक्षकहरु ल्याएर राम्रो अभ्यास गराएमा नेपाली टिम निकै माथि जान्छ। नेपाली खेलाडीको लागि समस्या भनेकै अभ्यासको अभाव हो। राम्रो अभ्यास पाउने हो भने खेलाडीमा निखार त आइहाल्छ।

प्रकाशसँगको कुरा भिडियोमा,

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्