काठमाडौं- नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ हजार रुपैयाँले बढेर ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यो साताको सुरुवातमा लगातार घटेको सुनको मूल्य बुधबार केही बढेको हो। बुधबार तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय रुपैयाँ तोकिएको छ।
मंगलबार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने स्थिर देखिएको छ। मंगलबार प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि त्यति नै तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।