काठमाडौं- बलिउडमा भाग्य परिक्षा गर्न गएकी नेपाली मोडल अदिती बुढाथोकीका लागि ठुलो पर्दाको ढोका नखुलेपछि उनी नेपाल केन्द्रित भएर फिल्म खेलिन्- कृ। अनमोल केसीसँग स्कृन सेयर गरेकी उनको पहिलो नेपाली फिल्मले सोचेजस्तो मार्केट डिमान्ड नबनाएपछि उनी मुम्बई नै फर्किइन्। अहिले उनी उतै संघर्षरत छिन्।

भारतमा मोडलिङ् एजेन्सीमा आवद्ध उनले केही भारतीय विज्ञापनमा अभिनय समेत गरिन्। तामिल फिल्मतिर अडिसन दिएको समाचार पनि आए। तर नेपाली फिल्म बाहेक दोस्रोमा देखिएकी छैनन् उनी।

उनी नेपाली फिल्ममा समेत अनुबन्ध भएकी छैनन् अहिले। मुम्बइमै रहेकी उनी पछिल्लो समय भारतीय र्यापर अलिम मोरानीसँगको सम्बन्धले समेत चर्चामा छिन्।

उनले इन्स्टाग्राममा मोरानीसँग राखेको तस्बिरले नै उनी र मोरानीको सम्बन्धबारे चासो बढाएको थियो।

तर यसबारे यी दुवैले सार्वजनिक रुपमा केही बोलेका छैनन्। सामाजिक सञ्जालमा सक्रिय रहेकी उनी इन्स्टाग्राममा ग्ल्यामर तस्वीर भने सार्वजनिक गरिरहन्छिन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।