• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चाबहिल-गौशाला सडक : यसरी हट्दैछ हिलो र धुलोको समस्या, पाइप फेरिँदै, पिच हुँदै

२० करोड ८७ लाखमा ६ महिनाभित्र काम सक्न सम्झौता
64x64
शिव बोहरा मंगलबार, चैत ४, २०७६  १३:१७
1140x725

काठमाडौं- धोबीखोला–गौशाला र चाबहिल–चुच्चेपाटी सडकको दुरावस्थाका कारण स्थानीय, सर्वसाधारण तथा सडक प्रयोगकर्ता आजित छन्, कारण हो सधैं हुने हिलो र धुलो। धुलो र हिलो यो बाटोको पर्याय नै बने। बाटो हिलो हुन वर्षा कुर्नै पर्दैन। 

५० वर्षअघि बिच्छाइएका खानेपानीका पाइपमा जब पानी छोडिन्छ, खिया लागेर तथा सडकमा गुड्ने गाडीको चापका कारण चाल्नो बनेका पाइपबाट निस्किएका पानीले सडक हिलाम्मे हुन्छ।

चाबहिल क्षेत्रको बाटो साँघुरो थियो। २०६८ सालबाट सुरु भएको सडक विस्तारपछि यहाँ पनि सडक फराकिला भए। सडक त फराकिला भए, छेउमा गाडिएका पाइप पनि बीचमा आइपुगे। सडकमा अत्यधिक भारसहितका गाडी गुड्दा त्यसको भार पाइपसम्म पुग्छ र पाइप टुट्छन्। फुटेका पाइप मर्मतका लागि कारण सधैंजसो सडक खाल्डो पार्नुपर्ने अवस्था छ। 

यो समस्याको समाधानका लागि सरकारले दीर्कालीन उपाय खोजी गरेको छ। कूल २ हजार एक सय मिटरको यो सडकमा पानीका पाइप र सडक व्यवस्थापनको एउटै ठेक्का लगाइएको छ। कालिका कन्सट्रक्सनले पाएको यो ठेक्काअन्तर्गत काम अघि बढाइसकेको छ। 

सडकको पाइप फेरेर सडक पिच गर्न कालिका कन्स्ट्रक्सन र वेदांशी कन्स्ट्रक्सनले संयुक्त रुपमा ठेक्का पारेका छन्। सडक डिभिजन कार्यालय काठमाडौं र कालिक वेदांशी जेभीबीच गत पुस १५ गते ६ महिनाभित्र काम सक्ने गरी सम्झौता गरेको थियो। 

२० करोड ८७ लाख ९७ हजार २ सय ६५ रुपैयाँमा ठेक्का पाएको कालिका-वेदांशी जेभीले पुस २२ गतेबाट काम थालेको थियो। हालसम्म कम्पनीले १८ प्रतिशत काम सम्पन्न गरिसकेको छ। यो क्षेत्रको सबैभन्दा जटिल काम पाइप बिच्छाउने भएको कालिका कन्स्ट्रकसनका इन्जिनियर सुवास पौडेलले बताए। ‘काम सुरु गरेको एक महिनामा पाइप विच्छाइसकेर प्रेसर टेस्ट भइरहेको छ,’ पौडेलले भने, ‘धेरै पुरानो पाइपलाइन सडककोबीचमा रहेकोलाई सडकको एक छेउमा सारेर व्यवस्थित गर्ने काम भइरहेको छ।’ 

विगतमा सडकको काम सडक विभागले गर्ने र खानेपानीको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले छुट्टाछुट्टै गर्दा निक्कै समस्या हुँदै आएको थियो। कालिका-वेदान्शी जेभीले दुवै निकायसँगको समन्वयमा काम भइरहेको इन्जिनियर पौडेलको भनाइ छ। चैतसम्ममा पाइपको काम सकिने र त्यसको दुई महिनामा पिच गरिसक्ने गरी काम अघि बढाइएको पौडेलले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

चाबहिल–चुच्चेपाटी क्षेत्रमा हाल रहेको ५ इन्चको पाइप रहेको त्यसलाई हटाएर ८ इन्च र ४ इन्चको पाइप बिच्छाइएको छ। मूल लाइनमा ८ इन्च र शाखा लाइनमा ४ इन्चको पाइप राखिएको छ। पाइप बिच्छाउँदा फायर हाइड्रेन्ट समेत राखिएको छ। यस्तो व्यवस्था महाराजगञ्ज–लाजिम्पाटपछि कालिकाले उक्त बाटोमा गरेको छ। सो बाटोमा ९ वटा फायर हाइड्रेन्ट राखिने इन्जिनियर पौडेलले जानकारी दिए। 

दोहोरा पिच गर्नु नपर्ने गरी कालिकाले काम गरिरहेको छ। भत्किएका सबै पाइप बनाइसकेको र ३ सय फिटको पाइप कम्पनीले नै बनाएको हो। मूल लाइनबाट घरमा लगिएका ३ सय वटा पाइप ठेक्कामा नभएपनि कम्पनीले निर्माण गरेर सुचारु गराएको पौडेलको भनाइ छ। ‘२०२८ सालमा बिच्छाइएको पाइप फुटर निक्कै समस्या थियो उक्त बाटोमा,’ उनले भने, ‘अब हामीले इलेक्ट्रिक फ्यूजन विधिबाट पाइप जडान गरिएकाले लिकेज हुने सम्भावना ज्यादै न्यून हुन्छ।’ 

कालिकाले दैनिक २४ घन्टा काम गरेर १७ दिनमा पाइप परिवर्तनको काम सकिसकेको जनाएको छ। अहिले केही काम दिनमा र धेरै जसो रातीमा भइरहेको छ। कम्पनीले ३०/४० किलोमिटरको बाटोमा काम गर्ने जनशक्ति २.१ किलोमिटर बाटोका लागि प्रयोग गरिएको छ। यो आयोजनाको काम तोकिएको मितिभन्दा १ महिना अगावै सक्ने लक्ष्य राखेको छ।

कालिकाले यो आयोजनाको काम समयमै सम्पन्न गर्न पाइप बिच्छयाउने अवधिभर २४ घन्टा काम गरेको थियो। अहिले ती पाइपहरूको 'प्रेसर टेस्ट' भइरहेको छ। प्रेसर टेस्टको काम सकेपछि कम्पनीले बाटो पिच गर्ने काम अघि बढाउनेछ। 'हामी तोकिएको समयअघि नै आयोजना सम्पन्न गर्नेछौँ,' पौडेल भन्छन्। 

ठेक्का पाउने निश्चित भएपछि कम्पनीले स्थानीय बासिन्दासँग छलफल कार्यक्रम राख्यो। निर्वाचित जनप्रतिनिधिसमेतसँगको छलफलमा अधिकांश स्थानीय बासिन्दाले गुनासो राखे, 'काम गर्दा पाइप र ढल बिगार्छन्, जोड्नुपर्‍यो भने पैसा माग्छन्।'

काम सुरु गर्नुअघि नै कम्पनीले प्रस्ताव राख्यो, 'काम गर्दै जाँदा क्षति भए सबै बनाउछौँ, तर त्यसका लागि हामीलाई ७ दिनको समय दिनुस्।' स्थानीय बासिन्दा सहमत भए, कम्पनीले काम अघि बढायो। 'हामीले जटिल समस्या आउला भनेर ७ दिनको समय मागेका थियौँ, अहिले दिनभर पनि नलगाइ समस्या समाधान गरिदिएका छौँ,' उनले भने। आफूले काम गर्दा आइपरेका समस्या ठेक्का सम्झौताभित्रका नभए पनि समाधानर गरिएको पौडेल बताउँछन्। 

सरकारले चीनको अनुदानमा काठमाडौंको चक्रपथ विस्तारको काम गरिरहेको छ। तर चाबहिल गौशाला खण्ड चक्रपथ विस्तारभित्र नपर्ने भएकाले अलपत्र पर्ने हो कि भन्ने चिन्ता सबैमा थियो। लामो समयसम्म अलपत्र जस्तै बनेको यो सडकको दीर्घकालीन निर्माणका लागि सरकारले विभिन्न उपाय पनि खोज्यो र अहिले ठेक्का लगायो।

डिभिजन सडक कार्यालय काठमाडौंअन्तर्गत यसपटकको सबैभन्दा ठूलो ठेक्का यही हो। जसले अब चाबहिल क्षेत्रको सडक र पानीको पाइप फुट्ने समस्या अब सधैँका लागि अन्त्य गर्दैछ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
बाढीले क्षति पुर्‍याएका २० वटा झोलुंगे पुल तत्काल मर्मत गरी सञ्चालनमा ल्याइने क्षतिग्रस्त पुलको मर्मत तथा सञ्चालनमा सरकार युद्धस्तरमा लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शुक्रबार, भदौ १९, २०८३
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीबाट विभागअन्तर्गतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन् । केही पुल पूर्णरूपम... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बेपत्ता नागरिकको मृत्यु प्रमाणित गर्न स्थानीय तहलाई अधिकार दिनुपर्छ : गगन थापा आइतबार, भदौ २१, २०८३
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढीबारे समीक्षा गर्न प्रचण्डले बोलाए नेकपाको बैठक आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्