काठमाडौं– अमेरिकाकाे न्यूयाेर्क सहरमा विद्यालय, रेष्टुरेन्ट र बार बन्दकाे घाेषणा गरिएको छ। न्यूयाेर्क महानगरका अधिकारीहरुले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई ध्यानमा राख्दै आइतबार सार्वजनिक विद्यालय, दशौं हजार बार तथा रेष्टुरेन्ट बन्द गर्ने घोषणा गरेका हुन्।
न्यूयाेर्कका मेयर बिल डे ब्लेसिओले ‘डेलीभरी’ र ‘पिकअप’ सेवा बाहेक सबै रेष्टुरेन्ट र बार बन्द गर्ने घोषणा गरेका हुन्। मेयरले रात्री क्लव, सिनेमा हल, साना नाटक घर र कन्सर्टस्थलसमेत बन्द गर्न निर्देशन दिएका छन्।
मंगलबार बिहानदेखि लागू हुने यो नियम अनिश्चितकाल सम्मका लागि रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।