• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बेपत्ता आयोगको अनुसन्धान टोली रोल्पामा, 'फास्ट ट्र्याक'बाट न्याय दिन पीडितको माग

64x64
महेश न्यौपाने शनिबार, चैत १, २०७६  २०:०१
1140x725

रोल्पा- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले रोल्पाबाट छानबिन प्रक्रिया अघि बढाएको छ। सशस्त्र द्वन्द्वमा बेपत्ता  पारिएका भनी प्राप्त उजुरीको स्थलगत भ्रमण गरी सत्यतथ्य छानबिन  गर्ने सन्दर्भमा आयोग रोल्पा आएको हो। आयोगलाई प्राप्त उजुरीका आधारमा बेपत्ताहरूको सत्यतथ्य अनुसन्धान गरी सिफारिस गर्न आफूहरू स्थलगत अध्ययनमा आएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिए।

'आयोगले पाएको समयावधिमै तोकिएका काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको छ,' अध्यक्ष सुवेदीले भने। उजुरीको सत्यतथ्य छानबिनका विषयमा शंका नगर्न सरोकारवालालाई उनले आग्रह गरेका थिए। 'बेपत्ताका परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्य, आवास  निर्माण र बैंक कर्जाका लागि पनि  सिफारिस गर्न सक्छौं। अनुसन्धानपछिका प्रक्रियाका लागि कानुनको अभाव रहे पनि अनुसन्धानका लागि विद्यमान कानुनले अवरोध नगर्ने भएकाले उपलब्ध कानुनी अवस्थालाई अधिकतम उपयोग गर्छौं,' अध्यक्ष सुवेदीले भने, 'द्वन्द्व  पीडितमैत्री कानुन नभएको आफूले पनि सुनेको बताउँदै कानुन पीडितमैत्री बनाउन सुझाव दिएका छौं।' 

सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रोल्पामा विभिन्न माध्यमबाट कुल उजुरी १ सय ३२ वटा रहेका छन्। तीमध्ये ३२ वटा उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको छ। यसैगरी, उजुरीकर्ताको अनुरोधमा ३ वटा उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाएको छ। तामेलीमा ५ वटा उजुरी राखिएका छन्। विस्तृत छानबिन गर्ने भनी आयोगबाट ९८ वटा उजुरीको निर्णय भइसकेको आयोगले जानकारी दिएको छ। आयोगले ९८ वटा उजुरीलाई कारबाहीयुक्त उजुरीको रूपमा राखेको छ। उजुरीको आधारमा बेपत्ता पारिएका व्यक्तिको संख्या ९९ जना रहेका छन्।

Ncell 2
Ncell 2

आयोगको विगतको काम गराइले पीडितहरू सशंकित रहेको द्वन्द्वपिडीत राष्ट्रिय सञ्जालका ५ नम्बर प्रदेश संयोजक श्रीकुमारी रोकाले बताइन्। 'द्वन्द्व पीडितले दिएको बयानको गोपनीयता कायम गर्न आग्रह गर्दै पीडितभन्दा पीडक शक्तिशाली भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ,' रोकाले भनिन्। द्वन्द्व पीडितहरू खुलेर बोल्ने वातावरण अझै कायम हुन नसकेको बताउँदै अनुसन्धानपछि दोषी ठहरिएकाहरूलाई कानुन बमोजिम कारबाही गर्ने कुरा सुनिश्चित हुनुपर्ने रोकाको भनाई छ।

अध्यक्ष सुवेदीको नेतृत्वमा आयोगका टोली रोल्पा सदरमुकाम आएको छ। आयोगका सदस्यहरु विश्वप्रकाश भण्डारी, डा.गंगाधर अधिकारी, सुनिलरञ्जन सिंह र सरिता थापासँगै आयोगका कर्मचारी संलग्न रहेका छन्। जिल्ला सदरमुकामको जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा ४ वटा कार्यटोली बनाएर अनुसन्धानको काम गरिरहेको आयोगका सचिव कृष्णजीवि घिमिरले जानकारी दिए।

२०७१ साल  माघ २७ गते पहिलो पटक ५ सदस्यीय वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गरिएको थियो। उक्त आयोगले ४ वर्ष २ महिनासम्म काम गरेको थियो। पहिलो आयोग विघटन भएको करिब १० महिनापछि सरकारले पुनः २०७६ माघ ९ गते नयाँ पदाधिकारी नियुक्त गरेको हो। आयोगलाई १  वर्षको अन्तरिम कार्यकाल तोकिएको छ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  २०:०१
  • #bepattaaayog

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै बुधबार, पुस १६, २०८२
शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या बुधबार, पुस १६, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्