• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
प्रसूति र पितृसत्ता:  कर्णालीमा स्वास्थ्य क्षेत्रको विकास, चुनौती र सम्भावना
डा सुधा शर्मा शनिबार, फागुन ५, २०८०  १६:५०
1140x725

सानैदेखि हामीले बोल्ने नेपाली भाषाको उद्गम स्थल जुम्ला हो, अनि नेपालको सबभन्दा ठूलो र राम्रो ताल रारा भन्ने बयान सुनेर काठमाडौंमा हुर्केकी मैले कर्णालीबारे धेरै पढेँ,  थोरै जाने, अनि झन थोरै बुझेको थिएँ।

बुद्धिसागरको कर्णाली ब्लूजले भौतिक रुपमा नभए पनि मानसिक रुपमा कर्णालीको धेरै नजिकै पुगेको आभास भएको थियो। डोल्पाको जीवन कथा समेटिएको सिनेमा क्याराभान हेरेर जीवन संघर्षको मतलब बुझ्न थालेकी मलाई ‘दक्षिण बग्दछ कर्णाली’ नाटकले मन मस्तिष्कमा कर्णालीको विकटताको छाप छोड्दा केही त गरौं भन्ने भावना जगाएकै  हो।

सशस्त्र द्वन्दका बेला नेपाल सरकारले रुकुममा स्वास्थ्य शिविर  लिएर जाँदा प्रसूति तथा स्त्रीरोग सम्बन्धी टोलीको नेत्रित्व गर्दै  दुई हप्ताको बसाईमा मैले महिलाको पाठेघर खसेको, क्यान्सर, जटिल अवस्थाको गर्भपतन, बाँझोपना आदिको उपचार र थुप्रै शल्य कृया गरेकी थिएँ। नियमित रुपमा विशेषज्ञ नरहेको र स्वास्थ्य शिविर पर्खनु पर्नै बाध्यताले कतिपय महिलाहरुको अवस्था जटिल र दयनीय रहेको प्रत्यक्ष देखेँ।

म सचिव भएको बेला जाजरकोटमा झाडापखाला फैलिएको, अनि रोग बढने रफ्तार र खच्चरबाट नियमित औषधि ढुवानी हुने प्रचलन बीच तालमेल नमिलेको प्रष्ट भएको थियो। प्राकृतिक प्रकोप र आकस्मिक विपत्तिका लागि विशेष व्यवस्था मिलाउने प्रयासहरु गरिएका थिए। बाढी, पहिरो, भूकम्प लगायतका जोखिम उच्च रहेको यो प्रदेशमा कमजोर पूर्वाधार ले स्वास्थ्य चुनौती थपेका छन्।

प्रसूति र पितृसत्ता

मलाई आयोजकहरुले प्रसूति र पितृसत्तामा केन्द्रित भएर आफना कुराहरु राखिदिनु भन्नु भएको छ, तर पितृसत्ताको असर प्रसूतिका बेला मात्र देखिने होइन, यो महिलाको सम्पूर्ण जीवनकालमा-कोखदेखि बुढ्यौलीसम्म नै हुन्छ। यसको नकारात्मक असरलाई गरिबी, अशिक्षा र जातिय विभेदले मलजल गर्छन्। स्वास्थ्य प्रणालीको स्थितिले जीवन र मृत्युबारे निर्णायक परिस्थिति निर्माण गर्न सक्छन्, त्यसैले म यी विषयहरुमा पनि केही कुरा राख्न चाहन्छु।

नेपालका १७ प्रतिशत जनसंख्याको बासस्थल, यो कर्णाली प्रदेश, प्रकृतिको अनुपम उपहार, तर सेवा प्रवाह गर्न निकै चुनौतीपूर्ण विकट भूगोल, छरिएर रहेको बस्ति, कम जनघनत्व, अनि सेवा प्रदायक झन कम रहेको प्रदेश। सिँजा सभ्यताको उद्गम स्थल, परापूर्व कालको समृद्ध कर्णाली बिस्तारै बिस्तारै पछाडि पर्दै गएछ। पछि पर्दा पर्दै पनि कर्णालीले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ भन्ने मेरो ठम्याई छ। विगतका ३ दशकको तथ्यांक केलाउने हो भने यति कुरा त स्पष्ट नै हुन्छ।

बाल मृत्यु दर, मातृ मृत्यु दर, रक्त अल्पताको परिमाण आदिलाई स्वास्थ्य स्थितिको केही सूचकका रुपमा लिन सकिन्छ। पहिले हाम्रो प्रादेशिक संरचना नभएकाले प्रदेशगत रुपमा पुरानो तथ्यांक उपलब्ध छैन, यसर्थ पुरानो तथ्यांकसँग दाँजेर प्रगति यकीन गर्न गाह्रो हुन्छ, तैपनि  मैले मध्य पश्चिम र सुदूर पश्चिमको औसत तथ्यांक लिएर विगत करीब ३० वर्षको प्रगति हेर्ने जमर्को गरेकी छु।

विक्रम सम्वत् २०५३ ताका (३ दशक अगाडि) यो भेगमा जन्मेका हजार बालबालिकामध्ये करिब ६५ जनाको एक महिनाभित्रै मृत्यु हुन्थ्यो, ११९ जनाको एक वर्षभित्रै, अनि पाँच वर्ष पुग्दा नपुग्दै १७८ जनाको मृत्यु भैसक्थ्यो। यसको एक दशक पछि, २०६३ ताका, नवजात शिशु मृत्यु दर सुधार हुँदै ६५ बाट ४५ मा झर्‍यो, एक वर्षभित्र हुने मृत्यु ११९ बाट ८५ जति भयो, अनि अनि पाँच वर्ष पुग्दा नपुग्दै हुने मृत्यु १७८ बाट घटेर १११ जति भयो। यसको करिब १५ वर्ष पछि बालस्वास्थ्य अवस्थामा थप सुधार हुँदै गएको देखिन्छ, तैपनि यो प्रदेशको बाल मृत्यु दर राष्ट्रिय औसत भन्दा बढी नै छ।

दुई वर्ष अगाडिको प्रतिवेदन अनुसार यो प्रदेशको नवजात शिशु मृत्यु दर हजारमा २६ छ (राष्ट्रिय औसत २२), एक वर्ष भित्र हुने मृत्यु हजारमा ३६ (राष्ट्रिय औसत २८), पाँच वर्ष भित्र हुने मृत्यु हजारमा ४६ (राष्ट्रिय औसत ३३) रहेको छ। अनि निरक्षर आमाका पाँच वर्ष मुनिका हजार बालबालिका मध्ये ५० जनाको मृत्यु हुँदा माध्यमिक तहसम्म पढेका आमाहरुको पाँच वर्ष मुनिका हजार बालबालिकामध्ये ६ जनाको मात्रै मृत्यु हुँदो रहेछ। कति फरक, महिला शिक्षाले कति राम्रो प्रभाव पार्ने रहेछ!

तर कर्णालीमै बालविवाह गर्ने र माध्यमिक शिक्षा नलिने जनसंख्या पनि ठूलै छ। राष्ट्रिय जनगणना अनुसार एक वर्षमा  प्रजनन उमेरका (१५-४९ वर्ष) महिलाको १२,९७६ मृत्यु मध्ये ६५३ मातृमृत्यु थिए। नेपालमा औसतमा प्रति एक लाख जीवित जन्ममा १५१ आमाहरुले ज्यान गुमाउँछन्, तर  कर्णालीमा प्रति एक लाख जीवित जन्ममा १७२ जना आमाको मृत्यु हुन्छ। शहश्राब्दी विकास लक्ष हासिल गर्न सन् २०३० सम्ममा प्रति एक लाख जीवित जन्ममा मातृमृत्यु ७० सम्म झार्ने नेपालको लक्ष छ।

यो ठूलो लक्ष हासिल गर्न प्रयास पनि धेरै ठूलो चाहिन्छ। चुनौतीहरु हुँदा हुँदै पनि कर्णाली प्रदेश प्रगति उन्मुख छ, ३ दशक पहिलेको तुलनामा धेरै राम्रो हुँदै छ। यहाँको युवा साक्षरता दर ८२ प्रतिशत (राष्ट्रिय ८५ प्रतिशत), अपेक्षित आयु ६७ वर्ष (राष्ट्रिय ६९.७), मानव विकास सूचकांक ०.४२७ (राष्ट्रिय ०.५७४)  छ, अनि ९२ प्रतिशत घर परिवारमा बिजुली जडान भएको छ, ९६ प्रतिशतमा शौचालय छ। ३८ प्रतिशत जनतासँग इन्टरनेटको पहुँच छ, ७३ प्रतिशतको हातमा मोबाइल फोन छ, तर यो तथ्याङ्कलाई खण्डिकरण गरेर हेर्ने हो भने महिलाको पहुँच कम नै छ।

कर्णालीका स्वास्थ्य संस्था

कर्णालीमा स्वास्थ्य संस्थाहरुको संख्या ४३३ रहेको छ, २७४ बर्थिङ्ग सेन्टर रहेका छन्। साथै प्रदेश अस्पताल, मेडिकल कलेज, आयुर्वेद अस्पतालसमेत रहेको यो प्रदेशमा संख्याको हिसाबले स्वास्थ्य संस्थाको उपलब्धता राम्रै छ। तर सेवाको सुनिश्चितता, गुणस्तर र पहुँचमा सुधार गर्नु पर्नेकुराहरु धेरै छन्। 

नेपालको औसत हेर्ने हो भने ४९ प्रतिशत जनसंख्या ३० मिनेटभित्र स्वास्थ्य संस्थामा पुग्न सक्ने अवस्था छ, तर यहाँका २३. ६ प्रतिशत जनसंख्या मात्रै आधा घन्टाभित्र स्वास्थ्य संस्थामा पुग्न सक्छन्। कतिपय ठाउँमा बजार र अस्पताल जोड्ने पुल नबन्नाले २ मिनेटमा पुग्न सकिने अस्पताल पुग्नै आधा घन्टा लाग्छ।

निकट विगतका वर्षहरुमा सुस्तरी विकासको पथमा लम्किँदै गर्दा र आफ्नै विगतसँग तुलना गरेर हेर्दा यहाँको प्रगति राम्रो नै छ, तर राष्ट्रिय औसतसँग तुलना गर्दा यो प्रदेश धेरै पछि परेको देखिन्छ। तुलना गरेपछि आफ्नो प्रदेशलाई प्रतिस्पर्धामा अगाडि लैजाने सकारात्मक प्रयासहरु हुनेनै छन्, भैरहेका पनि छन। यहाँका नेताहरुले व्यक्त गर्नु भएका भावना- ‘कर्णाली ब्युझिएको मात्रै होइन, जुर्मुराएर उठेको छ, दौडेर अरुलाई जित्न तम्तयार भैरहेको छ’ भन्ने कुरा यो प्रदेशको  स्वास्थ्य योजना पढ्दा थाहा हुन्छ। मैले सर्सर्ति हेर्दा र गहिरिएर मनन गर्दा यहाँ प्रगति भैरहेको देख्छु, तैपनि गर्नु पर्ने काम धेरै छन्, तिनलाई प्राथमिकिकरण गरेर लैजानु उचित हुन्छ;  यसो गर्दा श्रोतको प्रभावकारी उपयोग हुन्छ।

म स्वयं एक महिला र आमा भएको नाताले, धेरै वर्ष महिलाहरुलाई स्वास्थ्य सेवा पुर्‍याउँदै गर्दा तिनका पीडासँग परिचित भएकाले महिलाका विषय मेरा लागि प्रिय छन्। नेपालमा नारीवादी आन्दोलनले महिलाको अधिकार, सम्मान र स्वतंत्रताको वकालत गरिरहेको छ; यसो भन्दै गर्दा मैले पुरुषप्रति आक्षेप या विभेद गरिरहेको छैन। बहुसंख्यक पुरुषले अधिकार, सम्मान र स्वतंत्रताको उपभोग गरिनै रहेका छन्। महिला उत्थानका केही पक्षमा धेरै पुरुषहरुको अथक प्रयास र सकृय सहयोग रहेको छ।

हाम्रो गुनासो नियन्त्रणमुखी र विभेदकारी पितृसत्ता प्रति छ जसका कारण महिलाको प्रजनन स्वास्थ्यका समस्याहरु निराकरण गर्न सकिएको छैन। महिलाले नै हो आमाकोसमेत भूमिका निर्वाह गर्दै घर परिवार, बालबच्चा सबैको हेरचाह गर्ने, तिनीहरुलाई शिक्षित र सुसंस्कृत बनाउने। मेरो बुझाईमा महिला स्वास्थ्य कमजोर भएमा परिवार कमजोर हुन्छ, अनि समाज र देश कमजोर हुन्छ। कर्णाली पछि परेमा समग्र नेपाल पछि नै परिरहन्छ। नेपाली महिलाले हाम्रो संविधान प्रदत्त स्वास्थ्य अधिकार र प्रजनन स्वास्थ्य अधिकार उपभोग गर्ने क्रममा समग्र नेपालका र विशेष गरी कर्णालीका महिला पछाडि पारिए भने नेपालले आंटेको दीगो विकास लक्ष  हासिल हुनै सक्दैन।

सुन्तलीको कथाव्यथा 

म यहिँको गाउँठाउँको एउटा उदाहरण पेस गर्न चाहन्छु- भर्खर १४ वर्ष टेकेकी सुन्तली कामीको २४ वर्षका सन्तोषसँग विवाह भयो। सुन्तली साक्षर सम्म थिइन्। आर्थिक अवस्था कमजोर र धेरै छोराछोरी भएका उनका माता पिताले सानै उमेरमा उनको विवाह गरिदिनु उचित ठाने। समाज साक्षी बस्यो, केहीले भोज खाए, रमाइलो गरे। १६ वर्ष हुँदा उनी गर्भवती भइन्। स्वास्थ्य संस्थामा जचाउन लैजान परिवारले आवश्यक ठानेन। ३ दिनसम्म ब्यथाले च्याप्दा पनि बच्चा नजन्मिएपछि बल्ल तल्ल नजिकैको स्वास्थ्य संस्थामा लगियो। त्यहाँ नहुने भएपछि हेलिकोप्टर बन्दोबस्त गरेर स्थानीय स्वास्थ्य संस्थाले उनलाई नेपालगन्ज पठाइदियो।

नेपालगन्जमा शल्यकृया गरेर पेट भित्रै मरिसकेको बच्चा निकालियो। अत्यधिक रक्तश्राव भएर सुन्तलीको पनि ज्यान गयो। सुन्तली प्रतिनिधि पात्र मात्रै हुन्, नेपालमा हरेक दिन उनी जस्ता दुई जना महिलाले ज्यान गुमाउँछन्। नेपालमा भएका मातृ मृत्युमध्ये ३३ प्रतिशत गर्भावस्थामा, ६ प्रतिशत सुत्केरी हुँदा र ६१ प्रतिशत सुत्केरी भैसकेपछि हुन्छ।

यहाँ ४० प्रतिशत महिला र बालबालिकामा रक्त अल्पता छ।  गर्भवती अवस्थामा न्यूनतम चार पल्ट गर्भजाँच गर्नुपर्छ, स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ, यो कुरामा केही प्रगति भएको छ। तर सुत्केरीको हरेचाहमा धेरै कमी कमजोरी छन्, त्यसैले सुत्केरी भएको ४५ दिनभित्र धेरै आमाहरुको मृत्यु हुन्छ। गर्भावस्थादेखिनै रगत कम भएको महिलाको सुत्केरी हुँदा कम रगत बगे पनि उनको अवस्था नाजुक हुन सक्छ, अनि खानेकुराहरु बार्ने पुराना कुरीतिहरुले उनको कमजोरी बढ्छ, कतिपय अवस्थामा विभिन्न संक्रमणले पनि ज्यान लिन्छ।

के नेपालको संविधानले, अनि हाम्रो नयाँ लोकतान्त्रिक गणतन्त्रले सुन्तलीको र उनीजस्ता यावत् महिलाहरुको आधिकारको लागि सुनिश्चित गरेको भविष्य यस्तै हो त? निश्चय नै पनि होइन। अनि किन यस्तो भयो? हामी कहाँ कहाँ चुक्यौ अनि किन निरन्तर चुक्दै छौं? एकछिन सोचौं।

म सोच्छु, आमा हुन लाग्दा किन सुन्तली मरिन्, म चाहिँ आमा हुँदा किन मरिनँ? के कर्णालीमा जन्मेकै भएर सुन्तलीले  मृत्युवरण गर्नु परेको हो? कर्णालीको भूगोल निश्चय पनि विकट छ, तर त्यति मात्र कारण होइन। हामी धेरै ठाउँमा चुकेका छौं। हामी चुक्यौं, सुन्तलीलाई पढाउन, आत्म निर्भर बनाउन। हामी चुक्यौं बालिग भएपछि मात्रै उनको विवाह गरिदिन, उनलाई पोषणयुक्त खानेकुरा दिन, हामी चुक्यौं उनको गर्भ जाँच गराएर समयमै जटिलता पत्ता लगाउन, अनि हामी चुक्यौं उनलाई समयमै स्वास्थ्य संस्था पुर्‍याउन।

हामी चुक्यौं, हो, तर किन हामी चुक्यौं? यो प्रश्नको उत्तर नखोजे सम्म हामी पटक पटक चुक्छौं,  अनि सुन्तली जस्ता अन्य धेरै बालिका र महिलालाई बचाउन सक्दैनौं। किन चुक्यौं भन्ने प्रश्नको उत्त्तरले समाधानका उपाय पनि देखाउँछ भन्ने लाग्छ मलाई। पितृसत्ताको नकारात्मक असर र स्वास्थ्य प्रणालीका कमी कमजोरीमा कारण हामी सुन्तलीलाई न्याय गर्न चुक्यौं।

नेपालमा विद्यमान पितृसत्ताले महिलाको जीवनलाई मूल्यवान ठान्दैन। भ्रुण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन। नेपालका १२ जिल्लामा १०० जना छोरी जन्मँदा ११० भन्दा बढी छोरा जन्मिन्छन्, जबकी नेपालमा कानुनी रुपमा भ्रुणको लिङ्ग हेरेर गर्भपतन गराउन पाइँदैन। बहुसंख्यक परिवारमा महिलाले छोरा नपाएसम्म सन्तान जन्माइ रहनुपर्ने बाध्यता छ, आफ्नो जीवन बारम्बार जोखिममा पारेर। सामान्यतया छोरालाई राम्रो खाना, शिक्षा, खेलकुद गर्न छुट, औषधिमुलो दिन सक्ने बाआमाले छोरीलाई घरको काम, भाइबहिनी हेर्ने, गाइवस्तु हेर्ने काम लगाउँछन्, पराईधन ठानेर उसमाथि लगानी गर्न चाहँदैनन्, छाउगोठमा उसको मृत्य हुँदा दैवको लीला ठान्छन्, अनि यस्तो कुरीति अद्यापि निरन्तर छ।

समाजको सबै जसो कुरामा अग्र स्थानमा रहन चाहने पुरुष, पत्नीको मृत्यु भयो भने अपवाद बाहेक लाचार जस्तो हुन्छ, आफ्नो र छोराछोरीको स्याहार गरिदिन अर्की पत्नी खोज्छ। तर कुनै कारणवस पतिको मृत्य भयो भने महिलाले बाबु र आमा दुबैको भूमिका निर्वाह गर्छिन्। आर्थिक रुपमा सबल नभए पनि महिलाले दुखजिलो गरेर नाबालिग सन्तान हुर्काउँछन्। तर त्यही महिलाले निरन्तर हेपाई र हेलाँ सहन्छिन्। कतिपय अवस्थामा बोक्सीको आरोप र प्रताडना समेत सहन बाध्य पारिन्छिन्।

आफ्नी आमाले भोग्ने गरेको घरेलु हिंसा प्रत्यक्ष देखेकी बालिकाले पछि गएर हिंसालाई समान्य रुपमा लिन्छे, प्रतिकार गर्न सक्दिनँ। प्रतिकार गरी भने पनि उसको सुरक्षा, साथ, सहयोग दिने परिवार, समाज या राज्य उसले पाउँदिन।

परनिर्भर महिलाका लागि मौन रही हरेक अन्याय सहनुको विकल्प हुँदैन, बुहार्तन र विभेद उसका जीवन- यथार्थ हुन पुग्छन्। भेदभावपूर्ण हुर्काई भोगेकी बालिका पछि गएर आफैं पितृसत्तालाई बढावा दिने सासु बन्छे। उसको छोरालाई  सकभर सबै राम्रो दिन्छे, छोरी बुहारी प्रताडित नै रहन्छन्। 
निरपेक्ष गरिबी, अशिक्षा, जातिय एवं सामाजिक प्रचलन  आदिले पनि विभेदपूर्ण समाजको निरन्तरतालाई मलजल गर्छन्। अनि अर्को पुस्ताकी छोरी, बुहारीले पनि यो पुस्ताकी सुन्तलीकै नियति भोग्नु पर्छ, चाहे त्यो कर्णालीमा होस् या नेपालका अन्य प्रदेशमा।

बच्चा जन्माउँदा सुन्तलीको मृत्यु भयो;  अन्य कति महिला छन् जसले निसन्तान हुनुको पीडा खेपेका छन्। आफ्नो प्रजनन् अंगमा कुनै खराबी नभए पनि बाँझो हुनाको आक्षेप सहेका छन्, सौता बेहोरेका छन्। अन्य कति नवजात शिशु मृत्यु हुँदा आफैं मरेझैँ भएका छन्। प्रसूतिका जटिलताका कारण दिसा पिसाब चुहिने, आङ्ग खस्ने समस्याले पीडित छन्। बुढ्यौलीका अनेकन समस्या आँशु पिउँदै पचाएर, लुकाएर बसेका छन्। महिला हिंसाको त कुरै नगरौं, पतिलाई नसोधी घरबाट निस्केको कारणले, भात डढेको निहुँ जस्ता समान्य कारणका लागि पनि महिलाहरुले हिंसा बेहोरेका छन्।

आफ्नो स्वास्थ्यका बारेमा आफैंले निर्णय गर्न पाउने र स्वास्थ्य संस्थासम्म जान पाउने महिलाको संख्या पनि कम नै छ। हामी सबैले गम्भीर भएर सोच्नुपर्छ, नेपालमा महिला शिक्षा, महिला सशक्तिकरणका प्रयास नभएका होइनन्, महिलाले राजनीतिक अधिकार पनि उपभोग गर्दैछन्, तर पनि महिला को अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन।

महिला नेताहरुले, समाज परिवर्तनको संबाहक बन्न चाहनुहुने हरुले, पनि आफनै घर परिवारबाट परिवर्तनको सुरुवात गर्न सक्नु भएको छैन। अनि हाम्रो समाजका सहृदयी पुरुषहरुले पनि वर्तमान नेपाली युवाहरुको समानताको चाहना बुझ्न सक्नु भएको छैन।

पहिले घरहरु सम्पूर्णरुपमा पितृसत्तात्मक थिए, अर्थात् घरमुली पुरुष हुन्थे, आर्थिक व्यवस्थापनको जिम्मा उनीहरुको हुन्थ्यो, महिलाको भूमिका घरभित्र मात्रै सीमित थियो, तर अहिले महिला, पुरुष दुबै घर भित्र र बाहिर पनि काम गर्छन्, आर्थिक उपार्जनमा दुबैको सहभागिता छ। अझ नेपालका १३ लाख ३० हजार अर्थात ३२.४ प्रतिशत परिवारमा महिलाहरु  नै घरमूलि छन्। यति हुँदाहुँदै पनि किन वर्तमान नेपालको पितृसत्ता जडसूत्रवादी छ- पुरुषको प्रधानता कायम राखी महिलाहरुप्रति निकृष्ट निर्दयी व्यवहार देखाउने खालको।

पितृसत्ताको निरन्तरतामा के व्यक्तिको र उसको परिवारको मात्रै भूमिका हुने हो? हाम्रो समाज र राज्यको भूमिका छैन र?  छ नि, तर यिनले प्रभावकारी भूमिका खेल्न सकेको भए यस्ता कुरीति हट्दै जाने थिए। घरका पुरुषले, टोल छिमेक, समाजले छोरी पढाउन प्रोत्साहन गरेमा, छोरा र छोरी दुबैले समान अवसर सहित हुर्किन पाएमा, छाउपढी जस्ता कुरीति निरुत्साहित गरेमा, सरकारले स्कुळ कलेजमा सबैको पहुँच र सिकाईको गुणस्तर सुनिश्चित गरेमा, बालववाह रोक्ने कानुन प्रभावकारी रुपमा कार्यान्वयन गरेमा, हिंसा पीडितको संरक्षण र पीडकलाई सजाय गर्ने विषयमा विभेद नगरेमा, महिलाका विचार व्यक्त गर्ने मञ्च र सुन्ने धैर्य भएमा हाम्रो समाजमा व्याप्त कुरीतिहरु  बिस्तारै घटदै जाने छन्, तर यसो हुन सकिरहेको छैन। 

वैदेशिक रोजगारीका कारण भैरहेको सामाजिक तथा पारिवारिक विखण्डन, सामाजिक सञ्जालको कुप्रभाव, नैतिक शिक्षाको अभाव आदिले पनि आगोमा घ्यू थप्ने काम गरेका छन्। यसरी विभिन्न खाले विभेद खेपेका सुन्तलीहरुले अनाहकमा ज्यान गुमाउँदैछन्। यसो नहोस् भन्नका लगि  नेपालको घरमूली (मातृसत्ता या पितृसत्ता) समानताको पक्षपाति अर्थात् आफना सबै सन्तानलाई समान अवसर दिएर तिनलाई आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने बनाउन लागि पर्ने सच्चा अभिभावक चाहिएको छ, नियन्त्रक होइन।

यी त भए महिलाका जीवनमा पितृसत्ताका केही नकारात्मक प्रभावको चर्चा। यसका अतिरिक्त प्रसूतिको नतिजामा स्वास्थ्य सेवाका संरचनागत तत्वहरुले पनि ठूलो प्रभाव पारेका हुन्छन्। यसर्थ अब म नेपालको र खासगरी कर्णालीको स्वास्थ्य स्थिति र स्वास्थ्य प्रणालीका बारे संक्षेपमा सबैको ध्यानाकर्षण गर्न चाहन्छु।

पोषणको स्थिति विश्लेषण गर्दा बागमति प्रदेशमा पाँच वर्ष मुनिका १८ प्रतिशत बालबालिकाहरु पुड्का छन् भने यहाँ  तिन गुणा बढी, ३६ प्रतिशत छन्। दाउरामा खाना बनाउने, धुम्रपान गर्ने, वातावरणीय प्रदूषण आदि कारणले दम लगायत फक्सोका रोगहरु धेरै रहेका छन्। परिवार नियोजनका साधनको प्रयोग हतपत नगर्ने, सरसफाईको कमी, दुषित पानी  आदिले पनि स्वास्थ्य चुनौती थपेका छन्।

महिलामा पुरुषको तुलनामा स्वास्थ्य समस्या बढी नै हुन्छन्। यी मध्ये अनिच्छित गर्भ, यौन रोग, आङ्ग खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, महिनावारी सम्बन्धी जटिलता, रजोनिवृतिका असर आदि मुख्य रहेका छन्। यी बाहेक अन्य जस्तै सरुवा रोग, झाडापखाला, दम खोकी, क्षय रोग, उच्च रक्तचाप, मधुमेह र मानसिक स्वास्थ्य समस्याले महिला र पुरुष दुवैलाई असर गर्ने गर्दछ। 

बाढी पहिरो, भूकम्प आदि प्राकृतिक प्रकोप र कोभिड जस्ता महामारीले विभिन्न खाले स्वास्थ्य जटिलता थप्छन्। थुप्रै स्वास्थ्य समस्याहरु जनचेतना र जीवन शैली परिवर्तनका माध्यमबाट रोकथाम गर्न सकिने किसिमका हुन्छन्। यसका लागि समुदायको सहभागिता आवश्यक हुन्छ। अनि करिब ८०-९० प्रतिशत रोगहरु तल्लो तहका स्वास्थ्य संस्थाबाट उपचार गरेमा नीको हुने खालका हुन्छन। नेपाल सरकारले सम्पूर्ण नेपाली जनतालाई आधारभुत स्वास्थ्य सेवा निशुल्क दिने कानुनी प्रावधान छ। 

युनिभर्सल हेल्थ कभरेज

'युनिभर्सल हेल्थ कभरेज' को अवधारणा अनुरुप निशुल्क सेवाका अतिरिक्त सामाजिक स्वास्थ्य सुरक्षा (बीमा) कार्यक्रम मार्फत पनि थप उपचारको व्यबस्था गरिएको छ। सामान्यतया १०-२० प्रतिशत रोगलाई मात्र उच्च तहको विशेषज्ञ सेवा चाहिन्छ। सेवाको उपलब्धता, पहुँच र गुणस्तर सुनिश्चित गर्नका लागि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य प्रणालीलाई वित्तीय व्यवस्थापन, जनशक्ति, सूचना प्रविधि, सुशासन,  सेवा प्रवाह र समुदायको सहभागिता रुपी बलियो खम्बाहरु मार्फत सुदृढीकरण गर्ने सल्लाह दिन्छ। नेपालको स्वास्थ्य नीति  र रणनीतिहरुले पनि यी कुराहरुलाई  प्राथमिकतामा राखेका छन्।

तर, हाल नेपालको स्वास्थ्य क्षेत्रमा भएको कूल लगानीमध्ये ५० प्रतिशत भन्दा बढी व्यक्ति स्वयंको खल्तीबाट भैरहेछ। यसले गर्दा विपन्न वर्ग ठूलो मर्कामा छन्। कर्णाली प्रदेशमा मात्रै पनि परिवारको कूल आम्दानीको १३ प्रतिशतभन्दा बढी खर्च अपर्झट आइपर्ने स्वास्थ्य समस्याका लागि प्रयोग हुने रहेछ। भएका जायजेथा बिक्री गरी उपचार गराउँदा गरिब  झन् झन् गरिब हुँदै छन्।

आमा सुरक्षा कार्यक्रमबाट प्राप्त निशुल्क सेवाले निकै भरथेग गरेको छ, तर पर्याप्त छैन। सरकारले स्वास्थ्य क्षेत्रमा गरेको ठूलो लगानी अनावश्यक निर्माण, प्रयोग नहुने उपकरण खरिद आदिमा खेर गैरहेको छ। भ्रष्टाचार निर्मूल गर्दै आवश्यक औषधि उपकरण र स्वास्थ्यकर्मीको उपलब्धता गराउन सकेमा २४ सै घन्टा सजिलोसँग राम्रो सेवा पाउने कुरा सुनिश्चित गर्न सकिन्छ।

जनशक्तिको कुरा गर्दा यहाँ ठूलो विरोधाभाषपूर्ण स्थिति छ। एकातिर चिकित्सक, नर्स लगायतका स्वास्थ्य कर्मी नपाएर नेपालको स्वास्थ्य सेवा प्रभावित छ भने अर्को तर्फ उत्पादित जनशक्ति जागिर नपाएर विभिन्न खाले शोषणको शिकार भएको छ, दक्ष जनशक्ति विदेश पलायन भैरहेको छ। बर्थिङ्ग सेन्टरहरु पूर्ण रुपमा संचालित छैनन्, सबैतिर दक्ष सेवा प्रदायक पनि छैनन्। कमजोर पूर्वाधारका कारण कर्णाली प्रदेशमा करीब ४२ प्रतिशत स्थायी दरबन्दी रिक्त छन्, खासगरी विशेषज्ञ चिकित्सकहरुको। अन्य धेरै सेवा करारका कर्मचारीले धानेका छन्। यहाँको दरबन्दीमा जागिर खाने तर अन्यत्रै काम गर्ने समस्या पनि छ।

सूचना प्रविधिको कुरा गर्दा यहाँ तथ्यांक संकलन र विश्लेषण राम्रै भएको देखिन्छ, तर तथ्यांकको प्रचार प्रसार र प्रयोगमा थप मेहनत गर्नु पर्ने अवस्था रहेछ। उदाहरणका लागि- बालस्वास्थ्यमा तौल नापजांच गर्ने बालबालिकाको संख्या हरेक वर्ष निकै कम देखिन्छ, तर ती तौलजाँचमा नआएका बालबालिका समक्ष पुग्ने खालका  प्रभावकारी कार्यक्रम नपुगे जस्तो छ। यति भन्दै गर्दा टेलिमेडिसिनका माध्यमबाट दुर्गम क्षेत्र सम्म पुग्ने पहलकदमीलाई राम्रो मान्नु पर्छ, तर यो सेवाको प्रभावकारिताको मूल्यांकन हुनु जरुरी छ।

गुणस्तरयुक्त सेवा प्रवाहका लागि सक्षम नेत्रित्व, व्यवस्थापनको राम्रो सीप र आवश्यक पूर्वाधार सबै चाहिन्छन्। समुदायको सहभागिता र खबरदारीको ठुलो महत्व छ। कर्णाली प्रदेशमा यी सबैकुरा क्रमश: सुधार हुँदै गएको देख्दा खुशी लागेको छ। यो सुधारको प्रकृया अझ द्रुत गतिमा अघि बढाउन सकेमा सुनमा सुगन्ध थपिने छ।

कागजी रुपमा र भाषणमा मात्रै सीमित नभएको, योजना  अनुसार नतिजा  देखाउन सक्ने,  भ्रष्टाचार र भ्रष्टाचारीलाई तिरष्कार र कार्बाही गर्न सक्ने दृढ राजनीतिक इच्छा शक्ति भएको नेता समतामुलक एवं स्वस्थ समाजको अनिवार्य शर्त हो। विभिन्न तहका सरकार, निर्वाचित जनप्रतिनिधि सबैले जबाफदेही भएर आ-आफ्नो जिम्मेवारी सम्हालेमा स्वस्थ कर्णालीको सपना साकार हुनेछ, आमाहरुले अकालमा मृत्यु वरण गर्नुपर्ने छैन। लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका निर्वाचित जनप्रतिनिधिहरु यस तरफ सचेत हुनुहुनेछ भन्ने मेरो विश्वास छ।

मातृ मृत्युका प्रमुख कारणहरु मध्ये ३ ढिलाई मुख्य कारक हुन्। पहिलो ढिलाई स्वास्थ्य जांच र सेवा लिने निर्णय गर्न ढिलाई, दोश्रो ढिलाई निर्णय गरेता पनि स्वास्थ्य संस्थामा पुग्न ढिलाई, तेश्रो ढिलाई- स्वास्थ्य संस्थामा पुगेपनि उपचार पाउन ढिलाई। यी सबैलाई सम्बोधन गर्न आफ्नो अनुभवका आधारमा केही सुझाव दिन चाहन्छु।

१) परिवारले गर्भवती महिलाले स्वास्थ्य सेवा पाउनैपर्छ भन्ने सोच राखेर आर्थिक व्यवस्थापन लगायतका पूर्व तयारी गरिराखेमा सेवा लिने निर्णय गर्न ढिलाई हुँदैन, महिला समयमै स्वास्थ्य संस्था पुग्छिन्, अनि आमा र बच्चा दुबैको ज्यान बचाउन सजिलो हुन्छ। साथै सुत्केरीको हेरचाहमा विशेष ध्यान पुर्याएर मातृ-नवजात शिशुको स्वास्थ्य समान्य राखी मृत्य हुनबाट जोगाउनु पर्छ। सकेसम्म नर्सद्वारा होम भिजिट गराएर सुत्केरीको ज्वरो,  संक्रमण र रक्तचाप जांचका साथै नवजात शिशु जाँच गरिनुपर्छ।

२)  प्रदेशमा रहेका हजारौं महिला स्वास्थ्य स्वयंसेविका, सैयौं गैरसरकारी संघसंस्था र वडा वडामा रहेका जनप्रतिनिधिका सञ्जाल मार्फत व्यापक रुपमा स्वास्थ्य चेतना जगाउने, छोरा र छोरीलाई समान व्यबहार गर्ने, बालविवाह निरुत्साहित गर्ने, महिला शिक्षा र स्वरोजगार, रक्तअल्पता मुक्त बालबालिका र महिला, स्वस्थ जीवनशैली र खानपान आदिबारे जागरण अभियान चलाएर  कर्णालीलाई रोग मुक्त बनाउँदै यसको पुरानो गरिमालाई पुनर्स्थापित गर्न सकिन्छ।

३) स्वस्थ रहनु आफनो जम्मेवारी भन्ने बुझी सबैले सरसफाई, पोषण र महिलाको प्रजनन स्वास्थ प्रति विशेष चनाखो रही स्वच्छ जीवन शैली अपनाउन जरुरी हुन्छ। जीवन शैलीमा आधारित रोग पुरुष महिला दुवैलाई लाग्न सक्ने  हुनाले शारीरिक श्रम गर्ने, दुर्व्यषन मुक्त रहने, तनाव मुक्त रहने, सकारात्मक सोच राख्ने, संतुलित खाना खाने र समय समयमा चिकित्सकसंग परामर्श र आवश्यक परीक्षण गराई रोग लाग्नै नदिने, र लागि हालेमा पनि छिटो निदान र उपचार लिने गर्नु पर्दछ।

४) सेवा प्रवाहको प्रकृया बारे सम्पूर्ण जनतालाई सुसूचित गर्ने। नेपाल सरकारले सम्पूर्ण जनताकालागि व्यवस्था गरेको आधारभूत सेवा घर नजिकैको स्वास्थ्य संस्थाबाट लिने हो, त्यो निशुल्क पाउनु पर्छ। त्यो भन्दा माथिको सेवा चाहिने रहेछ भने तल्लो तहको स्वास्थ्य संस्थाले सिफारिश गरी पठाएमा मात्र माथिल्लो संस्थामा जाने हो। यसो गर्दा माथिल्लो स्वास्थ्य संस्थामा अनावश्यक चाप कम भई बीमा लगायतका कार्यक्रम मार्फत जनताले सहज रुपमा सेवा लिन सक्ने छन्।

थोरै संख्यामा रहेर असंख्य बिरामीको सेवा गर्नुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीले पनि कडाखालका रोग लागेका  बिरामीको लागि पर्याप्त समय दिएर सेवाको गुणस्तर सुधार्न सक्ने छन्। 

५) बर्थिङ सेन्टरले मात्रै जटिलताको व्यवस्था गर्न सक्दैनन्, यसर्थ स्थानिय र प्रदेश सरकारको सहकार्यमा  जटिल सुत्केरी समस्याको उपचार गर्ने व्यवस्था गर्दै  समुदायलाई पायक पर्ने हिसाबले नीजि र सरकारी अस्पतालको प्रेषण संजाल बनाउनु उपयुक्त हुन्छ। संजाल अस्पतालसम्म पुग्न आवश्यक एम्बुलेन्स, संचार सुविधा, आर्थिक श्रोतको सुनिश्चितता गरिनु पर्दछ। प्रेषणका लागि वर्तमान हेलिकोप्टर उद्धार कार्यक्रममा देखिएका व्यावहारिक समस्या हटाउंदै लगिनुपर्छ। 

६) स्वास्थ्य संस्थामा दक्ष सेवा प्रदायक, औषधि, उपकरणहरुको कमी छ। ती कमीहरुको पूर्ति गरिनु पर्दछ। मेडिकल कलेज, प्रदेश अस्पताल, जिल्ला अस्पताल , स्थानिय स्वास्थ्य संस्थाहरु विभिन्न तहका सरकार अन्तर्गत संचालन हुने हुंदा  यी सबै तहका सरकार बीच राम्रो सहकार्य हुनु जरुरी छ। त्यसो भएमा प्रदेश भरी छरिएर रहेका जनशक्ति लगायत अन्य श्रोतको उचित प्रयोग गराएर  तिनबाट  प्रदेशका सबै जनताले उचित प्रतिफल प्राप्त गर्न सक्नेछन्।

७)  माथि उल्लेख गरिएका वित्तीय व्यवस्थापन, जनशक्ति, सूचना प्रविधि,  सुशासन, समुदायको सहभागिता र सेवा प्रवाहरुपी बलिया खम्बाहरुको निरन्तर अनुगमन र सुदृढिकरण गरिनुपर्छ। सुदृढ प्रणालीले मातृ स्वास्थ्य मात्र नभई सबै जनताको स्वास्थ्य उपचार सहज, सफल  र किफायति बनाउँछ।

अन्त्यमा, एक पुरुष लेखकको उत्तम विचार कविताका केही हरफ सापटी लिएर आफ्नो भनाइलाई बीट मार्न चाहन्छु :
 
चौको छोडी उठ अब तिमी आँट नौलो लिएर
बोक्ने छैनौं कहर मनमा अश्रुधारा पिएर।
नारी नै हुन् असुरवधनी दिव्य काली समान
नारी श्रष्टा अचल धरणी सृष्टिकी हुन् मुहान।

सृष्टिका मुहान नारी जातिको स्वास्थ्यको महत्व सर्वाधिक उच्च छ भन्दा फरक नपर्ला, किनभने नारी जातिले नै मातृत्वको स्नेहद्वारा देशका भावी सन्ततिको लालन पालन गर्छन, शिक्षा दीक्षा दिएर देश विकास गर्न सक्षम एवं सुसंस्कृत नागरिक तयार पार्छन्।

यति मात्र नभएर  आमा र नवजात शिशुको स्वास्थ्य स्थितिले  कर्णाली प्रदेशको स्वास्थ्यको यथार्थ चित्र देखाउँछ, अनि कर्णालीको  चित्र जोडेपछि मात्र समग्र देशको स्वास्थ्य र विकासको तस्वीरले पूर्णता प्राप्त गर्छ। देशको तस्वीरलाई पूर्णताको उज्यालो दिन कर्णालीको स्वास्थ्यका लागि र पितृसत्ताले थोपरेका नकारात्मक असर हटाउनकालागि  जिम्मेवारी पूर्वक सबैले आ-आफ्नो दायित्व निर्वाह गरौं। यसो भएमा कर्णाली प्रदेशले स्वास्थ्य सेवामा सफलताको उच्चतम उदाहरण दिँदै पूर्वजले कायम गरेको ऐतिहासिक गरिमालाई थप उचाइमा लैजान सफल हुनेछ भन्ने मेरो विश्वास छ।

 प्रसूति तथा स्त्रीरोग विशेषज्ञ  डा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व सचिव हुन्। यो आलेख उनले सुर्खेतमा आयोजित "कर्णाली उत्सव: कुडा कर्नालीको पाँचौं संस्करण" मा दिएको विद्वत् प्रवचनमा आधारित छ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्