• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सरस्वती बजिमय [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १८, २०८१  ११:४५
1140x725

काठमाडौं– वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्। संसद्मा जे पनि बोल्नहुने जस्तो देखिन्छ। संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ। एकअर्काको विरोध गर्नबाहेक केही नगरेको देखियो। देशको सामाजिक–आर्थिक विकासका लागि सदनमा प्रतिनिधित्वका सबै राजनीतिक दल एकजुट हुनैपर्छ। जुन देश कानुनी आधारमा अगाडि बढेका छन् र एकजुट भएका छन् ती देश नै विकासको पथमा बढेका देखिन्छ। एकापसमा सहयोग एवं समर्थन भएमा मात्र देशको उन्नति सम्भव हुन्छ।

देशमा भ्रष्टाचार अहिले निकै मौलाएको छ। आफूलाई नयाँ पार्टी भन्ने पनि देखावटीमात्र रहेछन् भन्ने कुरा घामजस्तै छर्लङ्ग भइसकेको अवस्था छ। सङ्गठित सहकारी अपराधमा परेर धेरै सर्वसाधारणको रकम ठगी भएको छ। धेरै जनताले दुःख पाएका छन्। बाहिर सबै छताछुल्ल भए पनि नयाँ दलमा आबद्ध नेताहरू केही नभएको जस्तो गरिरहेका छन्। 

देश विकास गर्नका लागि सुशासन र भ्रष्टाचार नियन्त्रण पूर्वशर्त हो। सुशासन भएन भने अरु केही हुँदैन। भ्रष्टाचारमा डुब्नेहरूलाई कारबाही गर्नुपर्छ। मेरो पार्टी नेपाली कांग्रेसले भ्रष्टाचारका लागि कारबाही गर्ने नै कुरा उठाइरहेको छ। भ्रष्टाचार नियन्त्रण भयो भनेमात्र जनता सुखी हुन्छन्। 

कानुन नबनेका हुनाले कतिपय कुरामा अप्ठ्यारो परिस्थिति उत्पन्न भएको सुनिन्छ। कानुन निर्माणका सन्दर्भमा हामी विपक्षी पार्टीमा भए पनि सही कानुन बनाउन कुनै रोकटोक हुँदैन, गरेका छैनौँ। सहयोग नै हुन्छ। आवश्यक कानुन छिटोभन्दा छिटो संसद्बाट बनुन् भन्नेमा कांग्रेस प्रतिबद्ध छ। 

देशका युवा र विद्यार्थी ठूलो सङ्ख्यामा विदेशिन थालेका छन्। जुन एकदम चिन्ताको विषय हो। मेरो मुख्य जोड भनेकै सूचना प्रविधि (आइटी) क्षेत्रमा विकास गर्नुपर्छ भन्ने हो। अनिमात्र युवा यहीँ टिक्छन्। नेपालमै युवालाई रोकेर राख्नुपर्छ। आइटी क्षेत्रलाई हरेक दृष्टिकोणबाट हेर्नुपर्छ। प्रविधि विकासमा बढी कर, भ्याट लगाउन थाल्यो भने युवा यहाँ बस्दैनन्। आइटी क्षेत्रमा रमाएका युवा विदेश पलायन हुनसक्ने खतरा भइरहन्छ।
 
के गर्दा युवा यहीँ रहन्छन् र देशमा भएकालाई कसरी सुविधा दिएर अझ अगाडि बढाउने भनेर राज्यले सोच्नुपर्छ, योजना ल्याउनुपर्छ। युवालाई यहीँ बसेर काम गर्ने वातावरण सिर्जना गर्नतिर म पनि लाग्नेछु। आउँदो बर्खे अधिवेशनमा पनि यो विषयमा संसद्मा कुरा उठाउनेछु। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल कृषिप्रधान देश हो तर यस क्षेत्रमा अपेक्षित प्रगति हुन सकेको छैन। हामी कृषि उपजमा परनिर्भर छाँै। न सिँचाइ, न मलखादको राम्रो व्यवस्था छ। पहाडी इलाकामा बाँदरले दुःख दिने समस्याले बस्ती नै उजाड भएका छन्। कृषि क्षेत्रलाई विकास गर्न सकियो भने विदेशमा किन जानुपर्यो ? आफ्नै देशमा उत्पादन गरेर बेच्ने ता कि बाहिरबाट किन्नु नपरोस्। आफ्नै देशको उत्पादन बिक्री गर्यो भने पनि धेरै सहयोग हुन्छ। पर्यटन क्षेत्रलाई विकास गर्न सक्यौँ भने धेरै पयर्टक भित्र्याउन सकिन्छ। 

म पहाडी जिल्ला खोटाङबाट प्रतिनिधित्व गर्छु। जिल्लामा बाटाघाटाको अवस्था निकै दयनीय छ। सडक धुलाम्मे र हिल्लामे छन्। कच्ची सडकमा दुर्घटना भइराख्छन्। यसले गर्दा जनताले दुःख पाएका छन्। जनसङ्ख्या कम भएको र पहाडी जिल्लालाई केन्द्रले हेर्ने दृष्टिकोण फरक पाएको छु। विकास निर्माणका लागि मन्त्री नै हुनुपर्नेरहेछ। मन्त्री भयो भने सबै बजेट जाने, नभए अरुलाई बजेट नै नदिने। अस्पताल सुविधायुक्त भए बिरामी पर्दा अन्यत्र जान नपर्ने भन्ने त्यहाँका मतदाताको माग छ। जुन जायज पनि छ। कृषिमा त्यस्तै अप्ठ्यारो छ। पानीको दुःख छ । पानीका मुहान सुक्दै गएका छन्। यस्ता गुनासालाई सम्बोधन चाहेर पनि गर्न सकिरहेका छैनाँै। त्यसकारण सरकारको ध्यान त्यतातिर जाओस् भनेर बेलाबेलामा सदनमा पनि आवाज उठाइरहेको छु। सदरमुकामकै हालत खराब छ भने गाउँको अवस्था झन् नाजुक छ। विकास निर्माणका काम सबैतिर बराबरी हुनुपर्छ भनेर आवाज उठाउँदै आइरहेको छु।

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको भाग छुनेगरी दूधकोशी आयोजना पनि चाँडै सञ्चालन हुनेमा म विश्वस्त छु। त्यो जलाशययुक्त आयोजना छ सय ३५ मेगावाट क्षमताको हो। आफूले मात्र अरुको सहयोग लिने होइन कि सहयोग दिनसक्ने राष्ट्र बनाउन एकजुट भएर लाग्न जरुरी छ। 

Xtrem
Xtrem

मेरो जिल्लामा पर्यटन क्षेत्रमा विकासको पनि धेरै सम्भावना छन्। हलेसी मन्दिरमा बर्सेनि धेरै दर्शनार्थी आउँछन् तर त्यहाँ जाने बाटोमा भने सरकारले ध्यान दिनसकेको छैन। जयरामघाटबाट हलेसीसम्मको बाटो जताजतै भत्किएको छ। फेरि टालटुल हुन्छ फेरि भत्किन्छ। दिक्तेल बजारमा कालिकादेवी मन्दिर छ। त्यो पनि चर्चित छ। हलेसीसम्म आएका दर्शनार्थीहरू त्यो मन्दिरसम्म पनि जाउन् भन्नका लागि प्रचारप्रसारमा ध्यान दिन जरुरी देखिएको छ। त्यसैगरी अरु विभिन्न ठाउँ छन्, जहाँबाट निकै सुन्दर दृश्यावलोकन गर्न देखिन्छ। यी ठाउँको विकास गर्न सक्यौँ भने जिल्लामा पर्यटक भित्रिन्छन्। मेरो कार्यकालमा त्यतातिर ध्यान जानेछ। 

हलेसीको तुवाचुङ नगरपालिकामा लिफ्टिङ खानेपानी योजना मेरै पहलमा भएको हो। तर कहिले बिग्रिँदै कहिले बन्दै गरेकाले त्यहाँका जनताले राम्ररी पानी खान पाइरहेका छैनन्। अहिले केन्द्रबाट धेरै योजना नदिने अवस्था छ। पहिले सिँचाइ योजना, खानेपानी, बाटोघाटोमा बजेट प्रशस्त गरिएको थियो। जब नेपाली कांग्रेसले सरकार छाड्यो त्यसपछि अर्थतन्त्र क्षेत्रमा डामाडोल भयो। भविष्यलाई जम्मा गरेको पुँजी सबै सिद्धियो। नचाहिने योजनाजस्तै भ्यूटावरमा पैसा खन्याएर अर्थतन्त्र रित्तो भयो। भविष्यका लागि सोचेर देशलाई अप्ठ्यारो नपार्ने स्थिति राख्यो भने अवश्य देश विकास हुन्छ।

जनताले हामीलाई सुझाव दिन जरुरी छ। देशको प्रगतिका लागि उहाँहरूले हामीलाई चुनेर पठाउनुभएको हो। सुशासनका निम्ति सबैले आवाज उठाउनु पर्छ।  देशलाई समृद्धिको मार्गमा अग्रसर गराउन स्वदेशमा रोजगारीका अवसर सृजना गर्दै उनीहरूलाई विदेश पलायनबाट रोक्न सरकार, निजी क्षेत्रका साथै समाजका हरेक वर्गको सक्रिय सहयोग आवश्यक छ। 

सांसदको बजिमयको परिचय 
सरस्वती बजिमय समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्। बजिमय दोस्रोपटक समानुपातिक सांसद बनेकी हुन्। उनी २०७० सालमा पनि सांसद भएकी थिइन्। (सांसदसँग रासस संवादका लागि रासस समाचारदाता बुनु थारूले सांसद बजिमयसँग गरेको कुराकानीको सम्पादित अंश।)

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्