काठमाडौँ- पर्दामा मोफसलबाट काठमाडौं आएर संघर्ष गरिरहेका भूईंमान्छेलाई पात्र बनाएर सामाजिक कथा पेस गरेको 'मनसरा'ले त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा काम गर्ने कर्मचारीलाई नगद १ लाख रुपैयाँ नगद सहयोग गरेको छ।
नेपाल र वेस्ट इण्डिज 'ए'बीच शनिबार भएको टिट्वान्टीको पाँचौ तथा अन्तिम खेलपछि कबड्डी फिल्मस्ले सो नगद सहयोग गरेको हो।
सो रकम 'मनसरा' निर्माता शैलेन्द्रध्वज कार्कीले हस्तानतरण गरेका हुन्। ग्राउन्ड स्टाफकोतर्फबाट सो सहयोग रकम मधु लामाले ग्रहण गरेका थिए। लामा हेड अफ ग्राउन्ड क्यूरेटर (क्रिकेट पिच हेरचाहका प्रमुख) हुन्।
‘मनसरा’ले क्यानसँग यस सिरिजमा 'सट अफ द डे'का लगायतका पुरस्कार विधामा क्रिकेट एशोसिएन अफ नेपाल(क्यान)सँग सहकार्य गरेको थियो ।
सहयोग रकम हस्तानतरणपछि निर्माता कार्कीले आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको जानकारी दिए ।
उनले आफुहरुको प्राथामिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्ने र उनीहरुलाई प्रोत्सहानको जरुरी रहने बुझेकाले कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको बताए।
शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको सिनेमाका निर्देशक 'जारी' फेम उपेन्द्र सुब्बा हुन्।
सिनेमामा मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान तथा दयाहाङ राईको प्रमुख भूमिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।