काठमाडौं– इलाम २ मा खसेकोमध्ये ५० प्रतिशतभन्दा बढी मत गणना सकिएको छ। अहिलेसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँ ६९ हजार २८७ मत खसेको थियो।
अहिलेसम्म नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। मतान्तर फराकिलो पारेका सुहाङको १४ हजार ६१३ भोट छ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काको खड्का ९ हजार ३११ भोट छ। दुईजनाबीच ५ हजार ३०२ मतको अन्तर छ।
तेस्रो स्थानमा रहेका डकिन्द्र थेगिमले ८ हजार ५७० र चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन्। नेकपा एसका उम्मेदवार जीतबहादुर राईको २९९ भोट छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।