• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

हिमाल भएका देशहरुको नेतृत्व लिन चाहन्छौँ

जलवायु परिवर्तनबिरुद्ध लड्न छुट्टै निकायको आवश्यकता छ
64x64
नेपाल लाइभ शनिबार, वैशाख २२, २०८१  ११:५८
1140x725

काठमाडौं– आगामी २२ र २३ तारिखमा नेपालले हिमाल संवाद गर्दैछ। यो हिमाल संवाद मुख्य गरी हिमालको मुद्दा विश्व समुदायमा स्थापित गराउन आयोजना गर्न लागिएको हो। दुबईमा सम्पन्न विश्व जलवायु सम्मेलन कोप—२८ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हिमालको अवस्था सुनाउन छुट्टै बैठक आयोजना गरेका थिए। 

त्यसकै निरन्तरताको रुपमा यो सम्मेलन गर्न लागिएको हो। हिमाल, मानिस र जलवायु परिवर्तनको बारेमा अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद नाम दिइएको यस सम्मेलनको निस्कर्ष अर्को महिना जर्मनीको वोन शहरमा हुने वोन क्लाइमेट चेन्ज कन्फरेन्समा राखिने छ। नेपाल विश्वमा हिमाल भएका देशहरुको मुद्दा उठाउने गरी नेतृत्व गर्न चाहन्छ। विश्वस्तरका सबै मञ्चमा नेपालले हिमालका मुद्दालाई महत्वका साथ राख्ने तयारी पनि गरिरहेको छ। यसै सन्दर्भमा हामीले वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालसँग विशेषज्ञ सम्मेलनबारे कुरा गरेका छौँ। प्रश्तुत छः न्युज एजेन्सी नेपालले सचिव खरालसँग गरेको कुराकानीको सम्पादित अंश।

माउण्टेन डाइलग के हो र नेपालले उठाउने मुद्दा के हो ?
कोप—२८ मा नेपालको तर्फबाट प्रधानमन्त्रीज्यु माउण्टेन एण्ड क्याइमेट चेन्ज विषयलाई विश्वमञ्चमा राखेपछिको विस्तृत बैठक गर्न लागिएको हो। आगामि जुन महिनामा जर्मनको बोन शहरमा हुने सफ्टाको बैठकमा यो विषयलाई उठाउने गरी तयारी बैठक गर्न लागिएको हो।

हिमाल भएका देशको समस्यालाई विश्वसामु राख्नको लागि धेरै प्राविधिक विषयमा छलफल गर्नुपर्ने भएकोले माउण्टेन डाइलग अर्थात हिमाल, मानिस र जलवायु परिवर्तनका बारेमा अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद गर्न लागिएको हो। यो सम्मेलनले आगामी दिनमा कसरी अगाडी बढ्ने भन्नेबारे योजना बनाउने छ। यही महिना मे को २२ र २३ तारिख काठमाडौंमा विश्वका वैज्ञानिक र प्राविधिकहरु भेला हुनेछन्। नेपालले हिमालय देशहरुको एजेण्डाको नेतृत्व गर्न चाहिरहेको बेला यो सम्मेलन महत्वपूर्ण छ। हिमाल भएका अन्य देशसँग एजेण्डामा एकरुपता कायम गर्नका लागि र  नेतृत्व लिन यो सम्मेलनले सहयोग गर्नेछ। बोनको बैठकमा जानुअघि कार्यक्रम र एजेण्डामा परिपक्व भएर जाने तयारी यो सम्मेलनले गर्नेछ।

नेपालले नेतृत्व लिएर जानुपर्छ भन्ने प्रधानमन्त्रीज्युको विशेष आग्रह छ। यो कार्यक्रम गर्नका लागि प्रधानमन्त्रीको निर्देशन बमोजिम, मन्त्रालयबाट मन्त्रीस्तरको निर्णय गरेर एउटा निर्देशक समिति बनाएर काम अगाडि बढाएका छौं। यसको विज्ञ सल्लाहकार समिति पनि छ। प्राविधिक समन्वय समिति छ। यसमा सबै तहबाट छलफल गर्दै, निर्णय गर्दै, कार्यान्वयन गर्दै अगाडी बढिरहेका छौँ।

हामीले विश्वलाई के सन्देश दिन खोजेका छौँ ?
जलवायु परिवर्तनले हिमाल भएका देशमा धेरै अशर गरिरहेको छ। यो निकै संवेदनशील क्षेत्र हो यस क्षेत्रमा बसोवास गर्ने समुदाय पनि मारमा परिरहेको छ। विश्वको अभिलेख र तथ्यांकहरुले बढ्दो तापक्रमको असर सिधा सिधा हिमालमा परिरहेको छ, पृथ्वीको कुलिङ एजेन्टको रुपमा काम गर्ने भनेको हिमालहरु संवेदनशील छन् यिनीहरुलाई बचाउन विश्वको ध्यान जानुपर्छ। त्यसकारण पृथ्वीलाई कुलिङ राख्नका लागि पनि हाम्रा यस्ता स्रोतहरुमा अझ बढी लगानी गर्नुपर्ने, अझ धेरै काम गर्नुपर्ने देखिएको हुनाले विश्वको ध्यानाकर्षण गर्न खोजिएको हो।

यस क्षेत्रका समुदायले बढी नै हानी नोक्शानी व्यहोर्नुपरेको कुरा पनि विश्वलाई भन्न चाहन्छौं। जलवायु परिवर्तनको असर कम गर्न, अनुकुलनको कार्यक्रम सञ्चालनगर्नलाई के गर्न सकिन्छ भनेर कार्यक्रम गरेर नै अगाडी जान खोजिएको हो। त्यसकारण जलवायु परिवर्तनको सन्दर्भमा अति नै संवेदनशील क्षेत्र भएको र जलवायु परिवर्तनलाई न्युनिकरणको लागि हिमाल बचाउन केही महत्वपूर्ण काम गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो।  

सम्मेलनमा के–कस्ता विषयलाई मुख्य रुपमा प्राथमिकतामा राखिएको छ ?
सम्मेलनमा तीन वटा विषयगत क्षेत्र (थिमेटिक एरिया) छनौट गरेका छौँ। त्यसअन्तर्गत ९ वटा सेसन रहन्छन्। दुई दिनको कार्यक्रममा स्पिकर, प्यानलिस्ट, कि नोट स्पिकरहरु रहनेछन्। जल्दाबल्दा विषयहरुलाई समावेश गरेर नै हामीले एरियाहरु छनौट गरेका छौँ। विश्वव्यापी रुपमा यो क्षेत्रमा नाम कमाएका वैज्ञानिकहरु, विज्ञहरु, प्रोफेसरहरु सहभागि हुनुहनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

यो क्षेत्रमा नीति बनाउनेहरुलाई पनि हामीले निमन्त्रणा गरेका छौँ। हिन्दुकुस हिमालय क्षेत्रका राजनीतिक नेतृत्वहरुलाई पनि हामीले निमन्त्रणा गरेका छौँ। यस्तो काममा पहिलेदेखि नै सशक्त भुमिका निर्वाह गर्नुभएका हिन्दुकुस हिमालय भन्दा बाहिरका केही देशका मन्त्रीहरुलाई पनि निमन्त्रणा गरेका छौँ। उहाँहरुको कन्र्फमेशन आउँन बाँकी छ। त्यसकारण अहिले यो कार्यक्रममा विज्ञहरु, प्राविधिकहरु, वैज्ञानिकहरु, निर्णयकर्ताहरु, राजनीतिज्ञ व्यक्तित्वहरु हुनुहुन्छ। त्यसको साथसाथै कार्यान्वयनमा लिएर जानुपर्ने निकायहरु र चासो, जिज्ञासा राख्ने पत्रकार समुदायहरु। तीन तहका सरकार प्रतिनिधिहरुलाई पनि समावेश गरेर लिएर जाने योजना छ।

जलवायु परिवर्तनको असर परेकाहरुका लागि भनेर आएको पैसा खर्च नै हुँदैन, भएको खर्च पनि प्रभावित समुदायमा नपुग्ने भन्ने छ नि ?
विश्व परिवेशमा जलवायु परिवर्तन बिरुद्ध लड्न बनाइएको वित्तीय संरचना र व्यवस्थापनको प्रणालीको आधारमा नै खर्च गरिने हो। यिनै प्रणालीको आधारमा नेपालमा कार्यक्रम बन्छन्। त्यसको अतिरिक्त अरु वैज्ञानिक कुराहरु, क्षमता विकासका कुराहरुमा पनि काम गरेका हुन्छौं। ग्लोवल मेकानिजमले जस्तो परिकल्पना गरेको छ, त्यही अनुसार हामी जानुपर्ने हुन्छ। जलवायु वित्त प्रणालीमा काम गर्ने (क्लाइमेट फाइनान्स मेकानिजम) विभिन्न किसिमका निकायहरु छन् तिनीहरुको दिशानिर्देशमा पनि काम गर्नुपर्छ। अल्पविकसित राष्ट्रको लागि छुट्टै कोष छ। एडप्टेशन फण्ड छ। ग्लोवल क्लाइमेट फण्ड छ।  

ग्लोबल इन्भारमेण्टल फेसिलिटिजहरु पनि छन्। कार्बन ट्रेडिङको अर्कै संयन्त्र छ। यिनीहरुले नेपाल जस्ता देशमा काम गर्न बनाइएका संयन्त्र हुन्, यिनीहरुमार्फत कार्यक्रम ल्याएर काम गर्नुपर्ने हुन्छ जुन हामीले खोजे जस्तो नहुन सक्छ। एजेन्सीका रुपमा थोरै निकाय नेपालमा पहिचान भएका छन्। ति निकायहरु सम्बन्धित क्लाइमेट फाइनान्स मेकानिजममा रजिष्ट्रर हुनुपर्छ र ति रजिष्ट्रर भएका निकायहरुलाई हाम्रो देशको उपयुक्त योजनाहरु तर्जुमा गरेर, ति संस्थाहरुमार्फत पैसा ल्याएर, प्रोजेक्ट बनाएर काम गर्नुपर्ने हुन्छ। यो प्रक्रिया हामीलाई झन्झटिलो, अव्यवहारिक र असजिलो भएको छ। विगतमा अर्थ मन्त्रालयको राजनीतिक तहबाट आएको सुझाव प्राप्त हुने सहयोग वा कोष सोझै हाम्रो ट्रिजरीमा फण्डिङ आउनुपर्छ भन्ने छ। 

अनि हाम्रो ट्रिजरीबाट बजेटरी सिस्टमबाट हामी खर्च गर्न चाहन्छौँ। र यस्तो हुनुपर्छ भनेर वास्तवमा नेपालको राजनीतिक तहबाट त्यो कुरा आएको छ। तर ग्लोवल्ली त्यो मेकानिजम त्यस्तो छैन। अहिलेको क्लाइमेट फाइनान्स् मेकानिजम अनुसार नेपालमा क्लाइमेट एडप्टेशन र मिटिगेसनका प्रोजेक्ट चलाउनलाई त्यति सहजता महशुस गरेको अवस्था हामी कहाँ छैन। अहिले चालु अवस्थामा भएका जुन प्रोजेक्टहरु छन्, तिनीहरुको प्रगति सन्तोषजनक छैन। जनताले तत्कालै सुविधा पाउने अथवा क्लाइमेट मिटिगेसनबाट फाइदा लिन सकेको अवस्था पनि छैन। आगामी दिनमा आफ्नै सरकारी संयन्त्र वातावरण संरक्षण कोषबाट काम गर्न खोजिरहेका छौं वातावरण संरक्षणका लागि बनाइएका अन्य कोषलाई यसैमा गाभेर लैजाने योजना बनाएका छौं। यसको बारेमा पनि हामी अर्थ मन्त्रालयसँग छलफल गरेर हाम्रो त्यो लाइनमा छलफल अगाडी बढेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ग्लोवल क्लाइमेट फण्डको पैसा पनि हामीले खर्च गर्न सकेका छैनौं, किन खर्च हुन सकेन भनेर नखोज्ने ?
हाम्रो जुन फाइनान्सियल मेकानिजम छ, यो मेकानिजम हाम्रो निम्ति उपयुक्त भइराखेको छैन। विभिन्न फण्डिङ एजेन्सीबाट आएको सहयोगबाट बन्ने अस्थायी खालका संरचना अथवा प्रोजेक्ट डिजाइन गरेर बनाएको मेकानिजममा समस्या देखिएको छ। यस्तो काम कुनै एक निकायले जिम्मा लिनुपर्छ भन्ने हाम्रो बुझाइ हो। अब सरकारको नियमित रुपमा गर्नुपर्ने कामको लागि पनि कर्मचारीहरु हुन्छन्। तिनै कर्मचारीलाई अर्को प्रोजेक्टको जिम्मेवारी दिएर काम गर्दाखेरी न प्रोजेक्टतिर काम, कारबाहीहरु अगाडी बढ्न सक्छ। न सरकारी कामकारबाही अगाडी बढ्छ। हामीले विज्ञताको रुपमा, करारमा विज्ञहरु हायर गरेर पनि गर्छौं तर तिनीहरुको सुपरभिजन, मनिटरिङका कुरा , तिनीहरुको पर्फर्मेन्स हेर्ने कुरा, पेमेण्टका कुराहरुमा हामीले नीति बनाउनै पर्छ। हाम्रो अहिलेको संयन्त्रलाई एकपटक पुनरावलोकन गर्नुपर्ने महशुस गरेका छौँ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्