• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कुटनीतिक क्षमता नभएका व्यक्ति हावी हुँदा भारतसँगको सम्बन्ध बिग्रिँदैछः परराष्ट्रविद् आचार्य [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, वैशाख १५, २०८१  ११:२०
1140x725

काठमाडौं– परराष्ट्रविद् जयराज आचार्यले सरकारमा कुटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हावी हुँदा नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धमा गम्भीर त्रुटी गरिरहेको बताएका छन्। 

दुई ठूला शक्तिराष्ट्रको बीचमा रहेको देशले कुटनीतिज्ञको नियुक्ति र कुटनीति सञ्चालनको ढाँचामा परिवर्तन गर्नुपर्ने आवश्यकता भइसकेको बताएका हुन्। 

भारतसँगको सम्बन्ध बिग्रिनु गम्भीर 
नेपालको कुटनीतिक सामथ्र्य पछिल्लो समयमा निकै खस्किएकोमा आचार्य चिन्तित छन्। अहिले नेपालले भारतसँगको सम्बन्धबाट फाइदा लिनसक्ने अवस्था नदेख्ने आचार्य नेपालको परराष्ट्र नीतिको चुनौती भनेकै भारतसँगको बिग्रेको सम्बन्ध सुधार्नु भएको उल्लेख गरे। 

‘भारतसँगको हाम्रो सम्बन्ध अहिले नराम्रोसँग बिग्रिएको छ,’ नेपालको राजदूत भइसकेका भारतीय कुटनीतिज्ञ श्यामशरणले आफ्नो पुस्तकमा भारतको पाकिस्तान, चीन र नेपालसँग सम्बन्धमा समस्या रहेको कुरा लेखिएको भन्दै नेपालबारे यस्तो कुरा आउनु धेरै गम्भीर कुरा भएको उनले बताए। 

‘भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, रोटिबेटी, भाषा, धर्म संस्कृति, भुगोल, व्यापार वाणिज्य शिक्षा स्वास्थ्य यावत सम्बन्ध हुँदाहुँदै पनि सम्बन्ध बिग्रनु र उसले छिमेकीमध्ये यी देशसँग सम्बन्धमा समस्या छ भनेर लेख्नु गम्भीर कुरा हो,’ उनले भने, ‘मलाई के लाग्छ भने प्रधानमन्त्री राष्ट्रपति जस्तो उच्चतम राजनीतिक स्तरबाट यसमा ठूलो होमवर्क हुनुपर्ने छ। यो धेरै बिग्रिएको अवस्था म देख्छु। भारतबाट सहयोग पाइएन (विश्व स्वास्थ्य संगठनको चुनावमा) भन्ने कुरामा मलाई कुनै आश्चर्य होइन। पाइएन मात्र होइन भविष्यमा पनि (सम्बन्ध सुधार नहुँदासम्म) पाइँदैन।’

आचार्यले बीपी तथा महेन्द्रका पालामा नेपालले कुटनीतिक महत्व पाउनुमा दुवैको व्यक्तित्वले असर गरेको बताए।

कुटनीतिज्ञमा हुनुपर्ने तीन गुण
२०४८ देखि ५१ सालसम्मको महत्वपूर्ण कालखण्डमा देशको नेतृत्व सम्हालेका आचार्यको अनुभवमा कोही पनि कुटनीतिज्ञ असल हुनु र नहुनुमा तीन कुराले प्रभाव पार्दछ।

‘अध्ययन अनुभव र राष्ट्रप्रेमका आधारमा राजनीतिज्ञ भन्नुस् वा कुटनीतिज्ञ प्रभावशाली हुने यी तीन आधार हुन्। जोसँग यी बढि भयो त्यही प्रभावशाली हुन्छन्,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

कोही व्यक्ति कुटनीतिज्ञका रुपमा प्रभावशाली बन्न देशको भुगोलले प्रभाव नपर्ने भन्दै उनले यदुनाथ खनालको उदाहरण दिए। कुटनीतिज्ञको पद अथवा देश भन्दा पनि व्यक्तिको क्षमताले सफल हुने वा नहुने भन्नेकुरा निर्धारण गर्ने आचार्यले बताए।

भूगोलका आधारमा नेपालको कुटनीतिक महत्व धेरै
नेपालभन्दा साना देश एक सय भन्दा बढी रहेको प्रसंग निकाल्दै उनले नेपालको भुगोलका आधारमा यसको कुटनीतिक महत्व अझ धेरै रहेको बताए।  ‘हाम्रो अझ महत्व के छ भने शक्तिशाली देश चीन र भारतको बीचमा छौं। हाम्रो रणनीतिक भौगोलिक स्थिति महत्वपूर्ण छ। त्यस दृष्टिले नेपालको कुटनीतिज्ञले विश्वमै प्रभाव पार्ने खालको भुमिका खेल्नसक्छ,’ उनले भने। 

‘उहाँ (यदुनाथ खनाल) सन् १९६३ को जनवरीदेखि भारतमा नेपालको राजदुत भएर जानुभयो। त्यतिबेला नेपाल र भारतको सम्बन्ध अफ्ठ्यारोमा थियो। त्यतिखेर उहाँले भनेका कुराहरु स्टेट्सम्यान, टाइम्स अफ इण्डियामा छापिन्थ्यो,’ उनले भने, ‘केनथ ग्याल्ब्रेथ (तत्कालीन भारतका लागि अमेरिकी राजदुत)ले भन्थे रे, ‘तिमिले त सबै भारतको मिडिया डोमिनेट गर्‍याजस्तो छ।’ शक्ति राष्ट्रको दुतको प्रभाव स्वतः हुने भएपनि सानै देशको राजदुत पनि यदि सक्षम छ भने उसले प्रभाव राख्ने उनको निस्कर्ष छ।

तर नेपाल आर्थिक र सामाजिक हिसाबले आत्मनिर्भर नहुँदा कुटनीतिमा सफल हुन नसकेको उनको तर्क छ।  ‘सानो देश स्विजरल्याण्ड जनसंख्याका हिसावले नेपालभन्दा ५ गुणा र भूगोलमा ३ गुणा सानो छ,’ विभिन्न द्वन्द्व र विश्वयुद्धका समयमा समेत विपरित धारका देशहरुबीच उसले खेलेको मध्यस्थताको भुमिका सम्झँदै आचार्यले भने, ‘उनीहरुले किन गर्न सक्छन् भने सामाजिक आर्थिक स्थिति राम्रो छ। त्यसैले कुटनीतिमा सफल हुन आन्तरिक रुपमै हाम्रो विकास गर्नुपर्छ। सकेसम्म आत्मनिर्भर हुनुपर्छ।’

राष्ट्रसंघीय शान्तिसेनामा भूमिका यसरी बढ्यो
अहिले नेपाल संयुक्त राष्ट्रसंघमा सबैभन्दा धेरै सेना पठाउने देशमा पर्छ। बंगलादेशको सैनिक मिसन घटेपछि नेपाल अहिले सबैभन्दा धेरै शान्ति सैनिक खटाउनेमा पर्छ। तर सुरुमा यस्तो अवस्था थिएन। आचार्य स्थायी प्रतिनिधिका रुपमा जाँदा राष्ट्रसंघमा नेपालको योगदान एक हजार पनि अपुग थियो। नेपालको सैनिक करिब ४६ हजार हुँदा त्यसबेला देशमा माओवादी सशस्त्र संघर्ष सुरु भइसकेको थिएन।

‘जम्मा आठ सय ८१ जनाले मात्र लेबनानमा युनिफिलमा जवानले काम गरेको अवस्था थियो,’ आचार्य सम्झिन्छन्, ‘हाम्रो सेनालाई यत्तिकै राख्नभन्दा शान्ति सेनामा बढाऔं भनेर तीन गुणा बढाइयो।’

सैनिक संख्या बढेसँगै आफूले त्यसैका आधारमा थालेको कुटनीतिक अभ्यासका कारण पहिलो पटक मेजर जेनरल कृष्णनारायणसिंह थापालाई युएन मिसनको फोर्स कमाण्डर बनाएर इजरायल पठाइएको आचार्य स्मरण गरे। आफ्नै कार्यकालमा राष्ट्रसंघको योगदानकै आधारमा मानवअधिकार समितिमा पहल गरेर गणेशमान सिंहलाई नेल्सन मण्डेलाले पाएको मानव अधिकार पुरस्कार दिलाइएको उहाँले स्मरण गरे। 

‘उहाँ पनि हाम्रो नेल्शन मण्डेला हो भनेर मानव अधिकार समितिमा भन्दा पुरस्कार पाउनुभयो,’ उनले भने, ‘प्रो एक्टिभ भयो भने केही गर्न सकिन्छ।’

अस्थिरताले राष्ट्र संघमा कमजोर प्रभाव
सुरक्षा परिषद्मा दुई पटकसम्म सुरक्षा परिषद्मा निर्वाचित भएको नेपाल कुनै समय मानवअधिकार परिषद्मा पनि पुगेको थियो। तर पछिल्लो समय हेर्ने हो भने राष्ट्रसंघीय निकायमा नेपालको उपस्थिति कमजोर देखिन्छ।
 
हालै भएको विश्व स्वास्थ्य संगठनको निर्वाचनमा पनि नेपाली उम्मेदवार पराजित भए। यसबाहेक ठूला पदमा उम्मेदवारी दिने आँटसमेत नेपाली नेतृत्वले गर्न सकेको छैन। किन त? आचार्यले भने, ‘यो आन्तरिक राजनीतिको कमजोरी हो। हामीले फोकस्ड डाइरेक्सन दिएर पठाउने कुरामा पनि कमजोरी भएको छ। ४८ पछि ३२ वर्षमा ३० वटा सरकार बनेको छ। व्यवस्था नै परिवर्तन भएको छ। यो अस्थिरताको बीचमा हाम्रो कुटनीतिक विश्वसनियता कम हुने अवस्था छ।’

विगतमा दुई पटक निर्वाचित भए पनि बहुदल आएको ३४ वर्षमा पनि सुरक्षा परिषद्मा पुग्न नसक्नुमा आचार्य आन्तरिक क्षमता र गृहकार्य नपुगेकोलाई नै जोड दिन्छन्। 

विदेशी भ्रमण खुम्चियो, गृहकार्य नहुँदा भारत चीनका भ्रमणबाट पनि लाभ लिन सकिएन
‘रुसका राष्ट्रपति ख्रुस्चेभले बीपीलाई होटलमा आएर ३ पटक भेटेका छन्, भारतका प्रधानमन्त्री नेहरुले २ पटक आएर भेट्नुभएको छ,’ उनले भने, ‘राजा महेन्द्रले २०२४ अमेरिकी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको इतिहास छ। नेपालको रणनीतिक अवस्था, कोल्ड वार र हाम्रो कुटनीति मिसिएर हामीले गौरव सम्मान हासिल गरेका थियौं।’

विगतमा बेलायती रानी एलिजाबेथले २ पटक, जर्मन चान्सलर हेल्मुट कौल तथा फ्रान्सका राष्ट्रपति आएपनि अहिले त्यस्ता ठूला भ्रमण नहुँदा नेपाललाई महत्व नदिएको देखिएको भारत र चीनबाट भ्रमण वृद्धि भएपनि हाम्रो तयारी नपुग्दा महत्वपूर्ण भ्रमणबाट लाभ लिन नसकेको कुटनीतिज्ञ आचार्यले बताए। 

भारतको नाकाबन्दी रोक्न सकिन्थ्यो
‘उल्टो सम्बन्ध बिग्रेको छ, मोदी आए पछि संविधान ल्यायौं। तर भारतको असहमति भएपछि ब्लकेड भयो। ५/६ महिना जनताले दुःख पाएपछि भारतले अति भयो भनेर हटायो। त्यो ज्यादै गम्भीर कुरा हो नि।’ उनले भने।

नेपालको कुटनीति परिपक्व भएको भए भारतले लगाएको नाकाबन्दी रोक्न सकिने तर्क गर्दै आचार्यले भने, ‘हामीले यस्तो संविधान बनाउँछौं। त्यो भारतको विरोधमा होइन ब्लकेडको आवश्यकता छैन नगर्नुहोला भनेर पहिल्यै क्यालकुलेट गरेर प्रष्ट भन्न सक्नुपथ्र्यो।’

उनी यस्ता मामिलामा यदुनाथ खनालको कुटनीतिक कौशलता स्मरण गर्छन्। '(महेन्द्र)को डिक्टेटरशीपपछि पनि राजाले जुन कदम लिए, त्यो आन्तरिक राजनीतिक प्रक्रियाको उपज हो र यो भारतविरोधी होइन भनेर कन्भिन्स(उहाँले) गर्नुभएको थियो। पछि नेहरुले पनि हो भन्नुभयो,’ उनले भने। उनले यदुनाथ खनालको परिपक्व कुटनीतिकै कारण भारतको विभिन्न विषयमा असहमति हुँदाहुँदै पनि शिक्षा, यातायायत आदि क्षेत्रमा सहयोग गरिरहने अवस्था खराब सम्बन्धकै समयमा पनि पञ्चायतकालमा बनेको टिप्पणी गरे। 

इपीजी रिपोर्टमा गम्भीर त्रुटि
कुटनीतिज्ञ आचार्य सही र यथार्थपरक ढंगले अघि बढ्न नसक्दा नेपाल भारत सम्बन्धमा समस्या देखिएको बताउँछन्। ‘प्रधानमन्त्रीको (भारत)भ्रमणमा सीमा, सन् ५० को सन्धी र इपीजी रिपोर्टका विषय राख्दा महोल बिग्रन्छ भनेर एजेण्डामै नराखेको भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्छ,’ उनले भने, ‘एस जयशंकर आउँदा पनि नराख्ने(विवादित विषय) कुरा भयो भनेर अनौपचारिक रुपमा सुनेँ। तर यी झन् गम्भीर कुरा हुन्।’

उनी इपीजी प्रतिवेदन तथा चुच्चे नक्शाजस्ता विषय पहिल्यै भारतले मान्छ कि मान्दैन भनेर कदम चाल्नुपर्ने भन्दै विगतमा भारतको विश्वास जितेर चीन सीमाबाट वायरलेस सेटसहितका सैन्य पोष्ट हटाउँदा नेपालले त्यसै गरेको स्मरण गर्दछन्।

‘सैन्य पोष्ट चेकपोष्ट, वायरलेस अपरेटरलाई फिर्ता पठाउने कुरा झनै गम्भीर थियो। २७ वर्ष बसेको फिर्ता पठाउनु त भारतको सुरक्षा दृष्टिकोणबाट झनै गम्भीर कुरा थियो नि, तर हामीले यतिखेर कुरा गर्दा भारत मान्न तयार हुन्छ भनेर परिस्थितिको क्यालकुलेसन आकलन गरेर कुरा गरियो। र सफल पनि भयौं,’ उनले भने।

इपीजी गठन गर्दा नै कमजोरी
इपीजी प्रतिवेदन तयार भएको लामो समयसम्म पनि भारतले बुझ्न नमान्नुमा गठनअघि नै गलत आकलन भएको प्राडा आचार्यको बुझाइ छ। ‘म साधारण मान्छेलाई त त्यो (इपीजी प्रतिवेदन) भारतले स्वीकार गर्दैन भन्ने लागेको थियो। उनीहरुको परम्परागत दृष्टिकोण हेर्दा त्यो लागेको थियो,’ उनले भने। त्यो भारतले नमान्ने भन्दै उन्ले अहिले अवकाशप्राप्त प्राध्यापक भएपनि एसडी मुनिको कितावमा पनि उल्लेखित प्रसंगले भारत सरकारको प्रतिनिधित्व गर्ने बताए। 

भारतले आफ्नो रणनीतिक स्वार्थमा असर पर्ने यस्ता कुरा मान्दैन भन्नेकुरा नबुझिकन परिस्थिति आकलन नगरिकन भावनात्मक रुपमा माग राखेर नहुने भन्दै अहिले त्यही भएर भारतले रिपोर्ट बुझ्न नमानेको उनको दाबी छ। ‘चुच्चे नक्शा पास गरेर राखेपछि सीमाको विषयमा त अब कुरै हुँदैन भनेको छ। त्यो (एसडी मुनिको पुस्तकमा उल्लेखित) भारतकै भाषा हो,’ उनले भने।

राजदूत नियुक्तिको मापदण्डबारे सोच्नुपर्ने बेला भयो 
राजदूतका लागि अध्ययन, अनुभव र राष्ट्रप्रेम अपरिहार्य रहेको प्रसँग दोहोर्‍याउँदै आचार्य भारतले भाजपाका सदस्य नरहेका एस जयशंकरलाई राजदूत बनाउँदा उनको अध्ययन र अनुभवका आधारमा बनाएको स्मरण गरे।  ‘हाम्रोमा त्यो छैन। त्यो छलफल हुनुपर्छ,’ उनले भने।

राजदूत हुने मान्छेले कुटनीतिका विषयमा कति लेखेको, पढेको अनि छापेको हेर्नुपर्ने उनको भनाइ छ। संसद्‌मा हुने सुनुवाइको सुझाव आफैंले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादलाई दिए पनि अहिले सुनुवाइमा सोधिने प्रश्न उपयुक्त नभएको उनले तर्क गरे। 

राजदूतहरुलाई आधारभूत रुपमा देशको परराष्ट्र नीति, जाने देश अनि राष्ट्रसंघमा हाम्रो र जाने देशको भोटिङ प्याट्रनको विषय सोधिनुपर्ने उनले बताए। तर सुनुवाइमा सोधिनुपर्ने प्रश्न नै नसोधिने गरेको र राजदुत नियुक्तिपछि तालिम दिने चलन अन्यत्र भए पनि नेपालमा नभएको उनले दुखेसो गरे। 

अहिलेका राजदूत तथा परराष्ट्रका अधिकारीमा अध्ययन गर्ने तथा लेख्ने प्रचलन नभएको भन्दै विगतमा यदुनाथ खनालको कुटनीतिको अवधिमा लेखेका सय लेखको ८ सय पेजको किताव रहेको स्मरण गरे।  ‘अधिकांश लेख सचिव, राजदुत भएको बेला पदमा लेखका हुन्,’ उनले भने।

कुन प्रधानमन्त्री कस्ता ?
गिरिजाप्रसाद कोईराला 

गिरिजाप्रसादसँग प्रमकै रुपमा काम गरेको थिएँ। उहाँ प्रम, रक्षा र परराष्ट्रमन्त्रीको भूमिकामा हुनुहुन्थ्यो। मलाई काम गर्न सजिलो के थियो भने उहाँले युएनमा राजदुत हुँदा आफैँ निर्णय गरे हुन्छ। मलाई त्यताको ज्ञान छैन भन्नुभएको थियो। भारतसँगको सम्बन्ध उहाँले ह्याण्डल गर्नुभयो।

किसनुजीले भारतसँगको सम्बन्ध निकै बुद्धिमानीपूर्ण ढंगले ह्याण्डिल गर्नुभएको हो। 
प्रचण्ड कस्ता प्रधानमन्त्री ?
कमजोर। तेस्रो पटक प्रधानमन्त्री भएर पनि के भएको छ। पहिलो भ्रमणमा नोमुरे आयोजना बनाउने भनेको बनेन। हालसालै पञ्चेश्वर एक महिनाभित्र अघि बढाउने सम्झौता भएको सुनेको छु। तर २० वर्ष भइसक्यो एक मुठी माटो पनि खनिएको छैन।
 
प्रधानमन्त्रीका रुपमा प्रचण्डको कमजोरी के हो?
रञ्जित रेले काठमाडौं डिलेमामा लेखेका छन्। जे सुन्दा मिठो लाग्छ भन्छन्। तर केही गर्दैनन्।

शेरबहादुर देउवा
सत्तामा गएपछि शक्ति आउँछ। शक्ति आएपछि मान्छे परिचालन गर्न सकिन्छ त्यत्ति हो राजनीति भन्ने मान्छे। कुटनीति केही छैन।  
केपी ओलीको कुटनीति कस्तो ?
केपीले अडान लिएको देखियो। ब्लकेड नहट्दासम्म (भारत) भ्रमण गर्दिन भनेर राम्रो गर्नुभयो। हटेपछि जानुभयो। तर चुच्चे नक्शामा भने मिस एड्भेन्चर भएको छ। भित्तामा त छ। लालपूर्जाको रुपमा भित्तामा छ। संविधानमा पनि छ तर भोगचलन भारतले छोड्दैन। यसमा कुटनीतिक कमजोरी भएको छ। नक्शा पास गर्नुअघि लिपुलेक र कालापानीमा विवादित भनेर मानेको पनि थियो। त्यसमा हामीले कुरा गरौं दुवै पक्षलाई राम्रो हुने समाधान निकालौं भनेर समाधान निकाल्न सकिन्थ्यो।

भारतलाई यो नेपालकै हो भनेर मनाएर बरु कैलाश मानसरोवर जाने बाटो दिएर। नेपालकै भूमिभित्र बनाउँ तर प्रयोग गरेबापत तिर्नुपर्छ कर भनेर स्वीकार गराएर नेपालकै हो भनेर गराउन सकिन्थ्यो। ६२ को लडाईंमा (भारतीयहरु)मर्का परेरै बसेका थिए। यसलाई कुटनीतिमार्फत् मिलाउन सकिन्थ्यो। हामीले एडभेन्चरिजम गर्‍यौं।

माधवकुमार नेपालको कुटनीति ?
मलाई थाहा छैन। 
बाबुराम भट्टराईको कुटनीति ?
उहाँ फेल हुनुभयो। बिप्पा गरेर लागू गर्न सक्नुभएन। बौद्धिक लाग्थ्यो। तर राजनीति बिग्रँदा गलत रहेछ मेरो धारणा जस्तो लाग्छ।

नेपालका सफल कुटनीतिज्ञ ?
सक्षम र असलमा यदुनाथ खनाल देखिन्छन्। देशको परराष्ट्र सेवामा नरेन्द्रमणि दीक्षितदेखि सेवा लम्सालसम्म २५ जना सचिव भए। तर यदुनाथको सम्झनामा यदुनाथ मेमोरियल लेक्चर सिरिज परराष्ट्र मन्त्रालयले गर्ने गरेको छ। उहाँको नेतृत्वमा सबैभन्दा अग्लो कुटनीति सञ्चालन भएको देखियो।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
सम्बन्धित सामग्री
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबार, भदौ २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ २०, २०८३
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्