• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गच्छदार समूहका १२ जना केन्द्रमा पुग्दा देउवा झन् शक्तिशाली 

64x64
लिलु डुम्रे शुक्रबार, फागुन ३०, २०७६  १३:२६
1140x725

काठमाडौं- फोरम लोकतान्त्रिकसँगको एकता प्रकृया समायोजनमा टु‌ंगिएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र थप बलियो भएका छन्। केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमत रहेका देउवालाई फोरम लोकतान्त्रिकसँगको एकताले थप बल प्राप्त भएको छ।

पार्टी एक भए पनि समायोजन सकिएकाे थिएन। गत साता फोरम लोकतान्त्रिकबाट ११ जनाको नाम आयो। योसँगै केन्द्रीय समितिमा गच्छदार समूहबाट उनीसहित १२ सदस्य थपिए। जसमा रामजनम चौधरी, मो. नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, डा. गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

अहिले गच्छदार देउवाकै पक्षमा छन्। केन्द्रीय सदस्यमा पछिल्लो मनोनयनले देउवासामु अन्य समूह कमजोर बनेका छन्। केन्द्रीय सदस्य र आमन्त्रित सदस्यमा आफूपक्षीय नेताको व्यवस्थापन देउवाले गरिसकेका छन्। फोरम लोकतान्त्रिक २०७४ असोजमा कांग्रेसमा विलय भएको थियो। गच्छदार उपसभापति भए पनि अन्य समायोजन प्रकृया बाँकी नै थियो।

केन्द्रीय समितिमा झन् शक्तिशाली 
८१ सदस्यीय केन्द्रीय समितिमा मनोनयनको अधिकार प्रयोग गरी गत वर्ष जेठमा देउवाले तीन सदस्य थपेका थिए। निधन भएका कांग्रेस पूर्व नेता खुमबहादुर खड्काकी पत्नी शिला खड्कासहित शिव हुमागाईं र दिलबहादुर घर्ती थपिए। दलित कोटाबाट एक केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी नै छ। पुरानो विधानअनुसार ८५ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। हुमागाईं, खड्का र घर्तीको मनोनयनसहित केन्द्रीय समिति ८४ सदस्यीय बनेको थियो। फोरम लोकतान्त्रिक समायोजन गर्दा गच्छदारसहित १२ जना केन्द्रीय समितिमा थपिए। अहिलेको संरचनामा केन्द्रीय समितिमा देउवा नै बहुमतमा छन्। केन्द्रमा अहिले नै देउवाको पक्षमा ५१ जना सदस्य छन्। 

यो पनि पढ्नुहोस्

कता ढल्केलान् सिटौला?

दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका दुई जनासमेत समेत केन्द्रीय समितिमा थपिएका छन्। विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेकालाई केन्द्रीय समितिमा ल्याउने राजनीतिक निर्णयका आधारमा सर्लाहीका जंगीलाल रायलाई केन्द्रीय सदस्य बनाइएको छ। डोल्पाका कर्णबहादुर बुढासमेत अन्य दल परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्। यी दुवै पनि देउवाका हुन्।

फोरम लोकतान्त्रिक र अन्य दल परित्याग गरेकासहित गरी केन्द्रीय कार्यसमिति सदस्य ९८ जनाको बनेको छ। दलित कोटाबाट थप्न बाँकी एक जना र खुमबहादुर खड्को निधनले हाल कायम सदस्य संख्या ९६ जना छ।  यी सबै जोड्दा ९८ सदस्यीय केन्द्रीय समितिमा ६५ जना देउवाको पक्षका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

देउवा पक्षमा को-को?
उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरू गोपालमान श्रेष्ठ, चित्रालेखा यादव, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, नरहरि आचार्य, मानबहादुर विश्वकर्मा,रमेश रिजाल, नारायण खड्का, पुष्पा भुसाल, फरमुल्लाह मन्सुर, एनपी साउद, अर्जुनप्रसाद जोशी, डिला संग्रौला, लक्ष्मी परियार, महालक्ष्मी उपाध्याय ‘डिना’ छन्।

कांग्रेस केन्द्रीय समितिको बैठक। फाइल तस्बिर

त्यसैगरी, भीष्मराज आङ्देम्बे, मोहनबहादुर बस्नेत, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुंगाना, अजय चौरासिया, अम्बिका बस्नेत, महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन पनि देउवा पक्षमा नै छन्। त्यस्तै, केन्द्रीय समिति सदस्यहरू किशोरसिंह राठोर, मीन विश्वकर्मा, सीता गुरुङ, सुजाता परियार, पार्वता डिसी ‘चौधरी’ केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, चिनकाजी श्रेष्ठ, देवेन्द्रराज कंडेल, वीरबहादुर बलायर, विश्वप्रकाश शर्मा, रमेश लेखक, बहादुर सिंह ‘लामा’, लक्ष्मी परियार,अमृत अर्याल, अतहर कमाल मुसलमान, इश्वरी न्यौपाने, हरिप्रसाद नेपाल, राधेचन्द्र यादव छन्। 

तत्कालीन फोरम लोकतान्त्रिकबाट गच्छदारसहित आएका १२ जना केन्द्रीय सदस्य र अन्य दल परित्याग गरेका दुई केन्द्रीय सदस्य पनि देउवाकै पक्षमा छन्। 

संस्थापनइतरका केन्द्रीय सदस्यहरू समेत देउवाले आफ्नो पक्षमा तान्न सफल भएका छन्। पौडेल पक्षका नेता महेश आचार्यसमेत पछिल्लो समय देउवासँग नजिकिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट नै आनन्द  ढुंगाना र गोविन्द भट्टराई देउवा समूहमा लागेका छन्। पार्टीको तेश्रो धार (सिटौला समूह)का उमाकान्त चौधरी र शिव हुमागाईंसमेत देउवा खेमाप्रति आकर्षित भएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आमन्त्रितमा देउवाकै हालीमुहाली
यसअघिको विधानमा सभापति देउवाले १० जना आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था थियो। ७ जना आमन्त्रित केन्द्रीय सदस्य बनाएका देउवाले पटकपटक थप गरी २० पुर्‍याएका छन्। आमन्त्रित केन्द्रीय सदस्यमा समेत देउवा पक्षकै आधिपत्य छ। 

पछिल्लो पटक देउवाले ११ जना आमन्त्रित सदस्य थपेका छन्। अन्य दलबाट कांग्रेस प्रवेश गरेका ६ जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाइएको छ। त्यसअघि गरिएको ५ जनाको मनोनयनमा देउवा पक्षका ४ जना थिए। नेता सिटौला पक्षबाट एक आमन्त्रित सदस्य बनाइएको थियो। 

पौडेललाई टक्कर दिन तनहुँका ३ तानिए
देउवाले विभागहरू गठन गर्दा तथा आमन्त्रित केन्द्रीय सदस्य चयन गर्दा तनहुँबाट तीन जनालाई स्थान बनाएका छन्। पौडेलको गृहजिल्लामा उनलाई कमजोर बनाउन नै देउवाको पछिल्लो कदम चालिएको बुझाइ कांग्रेसमा छ।

यो पनि पढ्नुहोस्

आफ्नाको व्यवस्थापनमा माहिर देउवा

फागुन १७ मा विभाग गठन गर्ने क्रममा देउवाले तनहुँबाट ३ जनालाई स्थान दिए। तनहुँमा आफ्नो समूहलाई अघि बढाउन उनले पौडेल पक्षका नेता गोविन्द भट्टराईलाई संस्थापन समूहमा ल्याए। भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको जिम्मेवारी दिइएको छ। पौडेलकै गृहजिल्लाका शंकर भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिइएको छ भने ध्रुव वाग्लेलाई आमन्त्रित केन्द्रीय सदस्य बनाइएको छ।

दाङका पौडेल पक्षधर केन्द्रीय सदस्य दीपक गिरीको प्रभाव कम गर्न देउवाले अर्को चलाखी अपनाएका छन्। गिरीलाई टक्कर दिने गरी देउवाले दाङकै कृष्णकिशोर घिमिरेलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका छन्।

झापाका सिटौलापक्षीय आमन्त्रित केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटीले स्थान पाएपछि कांग्रेस संस्थापनले त्यहाँ पनि शक्ति बढाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माको जोडबलमा झापाकै गोपालकुमार बस्नेतलाई पनि आमन्त्रित केन्द्रीय सदस्य बनाइएको छ।

प्रमुख भ्रातृ संस्थामा पनि देउवाकै पकड
देउवा पार्टीका प्रमुख भ्रातृ संस्थामा समेत बलियो देखिन्छन्। नेविसंघ नेतृत्व सम्हालेका राजीव ढुंगानाले केही सयमअघि मात्र तदर्थ समितिको जिम्मेवारी लिएका छन्।

यसैगरी, तरुण दलका जितजंग बस्नेत र महिला संघकी उमा रेग्मी देउवा निकट हुन्। 

गत निर्वाचनपछि भएका भ्रातृ तथा शुभेच्छुक संस्थामा भने देउवा पक्ष कमजोर भएको थियो। निजामति ट्रेड युनियन, शिक्षक संघ, कानुन व्यवसायीको संस्था डिएलए, इन्जिनियर एसोसिएनलगायतका संगठनमा देउवाको पकड गुमेको थियो। संस्थापनइतरका दुई समूह एकत्रित भई देउवा समूहलाई पराजित गर्ने लहर चलेपछि संस्थापन पक्षले भ्रातृ तथा शुभेच्छुक संस्थामा महाधिवेशन टारिदिएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १३:२६
  • #deuba
  • #gachhadar
  • #nepalicongress

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्