• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफ्नाको व्यवस्थापनमा माहिर देउवा

64x64
लिलु डुम्रे शनिबार, फागुन २४, २०७६  १५:१४
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आम सर्वसाधारण र कांग्रेसको एक खेमाले जुन रूपमा बुझ्छन्, त्यसको ठीक विपरीत बुझाइ कांग्रेसकै एक पक्षको छ। कांग्रेस बाहिरबाट बुझ्नेहरू विषयवस्तुप्रति गहनताको अभाव, वैचारिकता/तार्किकतामा कमजोर भएका र दम्भी स्वभावका नेताका रूपमा लिन्छन् देउवालाई। बाहिरी बुझाइलाई समर्थन गर्दै पार्टीभित्रकै एक खेमाले उनका कमजोरी देखाइरहन्छन्।

'सभापतिबाट विधान र पद्धतिको वास्ता हुँदैन', 'गुटलाई प्रश्रय दिन्छन्', 'विधानविपरीतका प्रस्तावसमेत बहुमतको बलमा पारित गराउँछन्' जस्ता आरोप पार्टीभित्रकै एक खेमाले उनीमाथि लगाउँदै आएका छन्। देउवाइतर खेमाले लगाएका आरोप आशिंक सत्य   देेेखिन्छ पनि।

देउवा विधानविपरीतका एजेन्डा बैठकमा प्रवेश गराउँछन्। ती प्रस्तावलाई पारित गराएरै छाड्छन्। सम्भव भएसम्म सहमतिको प्रयास गर्छन्। अर्को पक्षले विवाद निम्त्याए वा किचलो उत्पन्न गरे आफ्नो सुविधाजनक बहुमत प्रयोग गर्छन्।

विचारका आधारमा नभई स्वार्थका लागि जोडिएकालाई काखी च्याप्ने र अर्को पक्षलाई दुर गर्ने देउवा रणनीति रहेको संस्थापनइतरको बुझाइ छ। उनी आफ्नाको बन्दोबस्तीमा सफल छन्।

तर संस्थापनइतरका एक पक्षको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेल र तेश्रो धारका नेता कृष्णप्रसाद सिटौलाले आफू नजिकका नेताहरूको साथ गुमाउँदै गइरहेका छन्।

समूह परिवर्तन गरी आफ्नो समूहमा आउने नेतालाई उच्च प्राथमिकता दिन्छन्। पार्टीभित्रको आन्तरिक जोडघटाउमा ख्याल गर्न उनी ‘कुशल व्यवस्थापक’ देखिएका छन्। ‘पब्लिक इमेज ड्यामेज’ भएको एक पक्षले आरोप लगाएपनि पार्टीभित्रको एक पक्ष देउवाको ‘इमेज’मा कमी नआएको दाबी गर्छ।

आफ्नै हात जगन्नाथ
कांग्रेस फुटाएर कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा उनलाई साथ दिएका सबैजसो नेता देउवाकै समूहमा छन्। उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदारसहित महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा प्रकाशशरण महत उनकै निकट छन्। नेताहरू गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, चित्रलेखा यादव, ज्ञानेन्द्रबहादुर कार्की पनि देउवाका विश्वासपात्र हुन्। 

आफू निकटका नेताको व्यवस्थापनमा माहिर देउवाले पदाधिकारीको मनोनयनमा अर्को पक्षलाई ठाउँ नै दिएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

निधी र गच्छदारलाई उपसभापति बनाए। उनका अति निकट पूर्णबहादुर खड्कालाई महामन्त्री बनाए भने सहमहामन्त्रीमा डा प्रकाशशरणलाई रोजे। पदाधिकारीमा फरक समूहका नेताहरूलाई स्थान नदिएपछि संस्थापनइतरका नेताहरू देउवासँग थप चिढिए।

संसदीय दलमा समेत देउवाले आफू निकटलाई नै महत्व दिए। संसदीय दलको उपनेता गच्छदारलाई बनाएका देउवाले प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतकमा पुष्पा भुसाललाई स्थान दिए।

देउवालाई निरन्तर साथ दिँदै आएका गोपालमान श्रेष्ठलाई प्रमुख विभागको जिम्मेवारी दिएका छन्। उपसभापति आंकाक्षी भएर पनि स्थान नपाएका श्रेष्ठले संगठन विभाग सम्हाल्ने अवसर पाएका छन्। वचन दिएको अवस्थामा देउवाले भूमिका दिएरै आफ्नो प्रतिबद्धता पुरा गरेरै छोड्छन् भन्ने बुझाइसमेत छ पार्टीभित्र। देउवा निकट एक नेता भन्छन्, ‘जनताले वा संस्थापनइतरले के भन्छन्, उनलाई खास मतलब छैन। वचन दिएको अवस्थामा देउवाले व्यवस्थापन गर्छन्।’

आफू निकटका नेतालाई सभापति देउवाले कुन हदसम्म संरक्षण गर्छन्, त्यसकालागि ज्ञानेन्द्रबहादुर कार्कीको उदाहरण हेरे पुग्छ।

देउवा पहिलोपटक प्रधानमन्त्री भएको समय उनलाई प्रमुख सल्लाहकार बनाएका थिए। कार्कीले निर्वाचन जितेको इतिहास थिएन। भोजपुर जिल्ला समितिको सभापतिमा हारेको कार्कीलाई देउवाले नै २०७० मा समानुपातिक सांसद बनाए। देउवाप्रति वफादार भएकै कारण कार्कीले अर्थमन्त्री बन्ने अवसरसमेत प्राप्त गरे।

१३औं महाधिवेशनमा देउवाको पक्षमा रहेका विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ता बनाए। डिना उपाध्यायले केन्द्रीय सदस्यमा हारिन्। उनलाई मनोनित केन्द्रीय सदस्य बनाए। केन्द्रीय सदस्यमा हारेका मोरङका अमृत अर्याललाई केन्द्रीय सदस्यमा मनोनयन गरे। 

एक पक्षले अस्वीकार गरेको विभाग गठनमा देउवाले आफू निकटका नेताको व्यवस्थापन गरेका छन्। ‘सभापतिले क्षमता मूल्यांकन गरेर जिम्मेवारी कहिँ न कहिँ स्थान दिनुहुन्छ,’ देउवा निकट नेता वीरबहादुर बलायर भन्छन्, ‘निर्वाचनमा पौडेल निकटका ४ जना केन्द्रीय सदस्यले टिकट पाएनन्। त्यसको जिम्मेवारी उनैले लिनुपर्छ। किन टिकट पाएनन्, त्यो उनैले जान्ने विषय हो।’

गुट फेर्नेलाई विशेष महत्व
एकपक्षीय जिम्मेवारी सुम्पेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गरेपनि देउवाले त्यसलाई सुनेको नसुन्यै गरिदिए। पार्टीभित्रको विरोधलाई बेवास्ता गर्दै देउवाले फागुन १७ देखि विभाग गठन गर्न सुरु गरे। पछिल्लो समय आफ्नो समूहसँग नजिकिएका नेताहरूलाई देउवाले प्राथमिकतामा राखे। 

एक समय कांग्रेस पूर्व सभापति सुशील कोइरालाका विश्वासपात्र थिए आनन्दप्रसाद ढुंगाना। कोइरालाले उनलाई संगठन विभागको प्रमुखसमेत बनाएका थिए। पूर्व सभापति कोइरालाका निकट ढुंगाना सोही समूहबाट संगठन विभाग प्रमुखसमेत बनेका थिए। तत्कालीन समयको संस्थापन समूहका चार जना नेता कोइरालाका ‘कोर टिम’मा थिए। दिलेन्द्रप्रसाद बडु, आनन्द ढुंगाना, दिलबहादुर घर्ती र गोपाल पडाही कोइराला क्याम्पका बलियो खम्बा मानिन्थे। १३औं महाधिवेशनमा पौडेल समूहबाट केन्द्रीय सदस्यमा ढुंगाना विजयी भए। पूर्व राष्ट्रपति डा रामवरण यादवको राजनीतिक यात्रा सकिएपछि धनुषामा उनी अघि बढ्न असहज भयो। यादवको छत्रछायाले जिल्ला राजनीतिमा भरथेग नहुने देखेपछि ढुंगाना संस्थापन समूहमा लागे। कोइराला क्याम्पको ‘कोर टिम मेम्बर’ हुँदै पौडेललाई साथ दिएका उनले उक्त समूह छोडेका छन्। उपसभापतिमा धनुषाका निधि मनोनित भएपछि उनीसँग ढुंगानाले निकटता बढाएका हुन्। 

एकपक्षीय जिम्मेवारी सुम्पेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गरेपनि देउवाले त्यसलाई सुनेको नसुन्यै गरिदिए।

लामो समयसम्म देउवाइतर खेमामा रहेका गोविन्द भट्टराईसमेत संस्थापन (देउवा) पक्षमा लागेका छन्। कांग्रेस समर्थित प्रवासी संगठन जनसम्पर्क समिति समन्वय विभाग भट्टराईले पाएका छन्। तनहुँमा बलियो आधार खोजेका भट्टराईलाई संस्थापनइतरको आशा मरेपछि देउवा खेमामा लागेका हुन्। विगतमा खुमबहादुर खड्काको निधनपछि उनी निकट तनहुँका नेता शंकर भण्डारी देउवा पक्षधर बनेका छन्। भण्डारी र ध्रुव वाग्लेलाई संस्थापन पक्षले काँध थापेको छ भने नेता प्रदीप पौडेललाई तेश्रो धारका नेता कृष्ण सिटौलाको साथ छ। देउवाले भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिएका छन् भने वाग्ले आमन्त्रित केन्द्रीय सदस्य बनेका छन्।

वरिष्ठ नेता पौडेल पक्षमै रहेर तनहुँको पार्टी राजनीति अघि बढ्न नसक्ने देखेसँगै भट्टराई सुरक्षित स्थान खोज्दै देउवा समूहमा प्रवेश गरे। बलियो ‘मियो’को साथको खोजीमा रहेका भट्टराई अन्ततः देउवा खेमामा मिसिन पुगेका हुन्। 

केन्द्रीय सदस्य र संसदीय निर्वाचनमा पराजित अर्जुन जोशीलाई पनि देउवाले अघि बढाइरहेका छन्। केन्द्रीय सदस्यमा पराजित जोशीलाई मनोनित सदस्य बनाए देउवाले। तत्कालीन संस्थापन (पौडेल)पक्षमा रहेका जोशी १३औं महाधिवेशनमा देउवा पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेर पराजित बनेका थिए।

अर्को समूह छोडेर आउनेलाई देउवाले विशेष महत्व दिएका छन्। कोइराला क्याम्पबाट जनजाति समुदायबाट केन्द्रीय सदस्य उठेका चिनकाजी श्रेष्ठ हाल देउवा क्याम्पमा सरेका छन्। श्रेष्ठले उद्योग व्यापार विभागको नेतृत्व प्राप्त गरेका छन्।

भ्रातृ संस्थामा समेत फरक गुटबाट आउनेलाई देउवाले प्राथमिकता दिएका छन्। नेता प्रकाशमान सिंह निकट रहेका नेविसंघ नेता मनोज वैद्यले गुट परिवर्तन गरे। संस्थापन समूहमा प्रवेश गरेकै केही समयमा देउवाले संघको महामन्त्रीमा वैद्यलाई मनोनित गरिदिए।

सुदूरपश्चिममा पनि उस्तै
पार्टी केन्द्रमा आफू निकटलाई आँखा चिम्लेर पदीय जिम्मेवारीमा ल्याउने देउवाले तल्लो तहमा समेत सोही प्रवृत्ति देखाएका छन्। पार्टी फुट्दा सुदुरपश्चिमबाट उनलाई सघाएकाहरूलाई कुनै न कुनै रुपमा देउवाले अघि सारेका छन्। 

बैतडीका नेता नरबहादुर चन्दलाई राज्यमन्त्री बनाएका देउवाले आफ्नै सचिवालयमा काम गरेका कञ्चनपुरका बलदेव बोहरालाई सभासद बन्ने अवसर दिए। कञ्चनपुरबाट देउवाले राष्ट्रियसभामा तारादेवी भट्टलाई ल्याए। भट्टका पतिले देउवाका हरेक मोडमा साथ दिएको गुन उनकी पत्नीलाई राष्ट्रियसभा सदस्य बनाएर तिरिदिए।

कञ्चनपुरकै बहादुरसिंह थापालाई संविधान सभामा सभासद बनाएका थिए। कैलालीका कांग्रेस नेता दीर्घराज भाटको राजनीति करिब सिद्धिएको थियो। उनलाई देउवाकै जोडबलमा राज्यमन्त्री बनाए।

प्रौढलाई सम्झिए
गण्डकी प्रदेशमा संसदीय दलका नेता बनेका कृष्णचन्द्र नेपालीलाई टिकट उपलब्ध देउवाकै जोडबलमा भएको थियो। बाग्लुङका पुराना नेता मणिभद्र शर्मा कँडेललाई पनि देउवाले गण्डकी प्रदेशको सांसदमा बनाए। बिपीकालदेखि कांग्रेसको राजनीतिमा सक्रिय बलदेव शर्मा पोखरेललाई प्रदेश ५ को सांसद बनाए। पोखरेल गत महिना मृत्यु भएको थियो।

निर्वाचनमा हार नै हात किन नलागोस्, तर उनले पुराना नेताहरूलाई समेत निर्वाचनमा उम्मेदवार बनाए। कांग्रेस विभाजन हुँदा कास्कीमा सबैभन्दा अघि बढेर देउवालाई साथ दिएका स्थानीय नेता खेमराज पौडेललाई गत उपनिर्वाचनमा कास्की-२ बाट उम्मेदवार बनाए। क्षेत्रीय कार्यसमितिबाट सिफारिसमा परेका १६ नाममा देउवाको रोजाईमा पौडेल परे। देउवाको पछि लागेर उम्मेदवार बन्न नपाएका पौडेललाई जीवनको उत्तरार्धमा देउवाले उम्मेदवारको टिकट दिएका थिए। 

राष्ट्रपतिको निर्वाचनमा देउवाले भोजपुरका पुराना कांग्रेस नेता देवानसिंह राईकी छोरी कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनाए।

सूर्यप्रसाद रेग्मी स्याङ्जाका पुराना कांग्रेस नेता हुन्। कांग्रेसकै राजनीतिले उनी जेलसमेत परे। २०५१ मा उम्मेदवारको आकांक्षी रहेका उनलाई पार्टीले टिकट दिएन। बागी उम्मेदवार बने। कांग्रेसका बागी उम्मेदवार बनेर उनले कांग्रेसका उम्मेवार गोपालमान श्रेष्ठलाई हराए।

सात दशक पार गरिसकेका रेग्मीलाई अब उम्मेदवार बनुँला भन्ने रत्तिभर आशा थिएन। देउवाले उनलाई हार्ने निश्चित भएको राष्ट्रियसभाको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बनाए। माघ ९ मा भएको राष्ट्रियसभा सदस्यमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेर रेग्मीले हारमा चित्त बुझाए। फागुन १९ मा देउवाले जेष्ठ राजनीतिज्ञ सभामा कास्कीका पौडेल र स्याङ्जाका रेग्मीलाई मनोनयन गरेका छन्। 

यसैगरी, राष्ट्रपतिको निर्वाचनमा देउवाले भोजपुरका पुराना कांग्रेस नेता देवानसिंह राईकी छोरी कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनाए।

देउवाकै बलबुताले सिंहको स्थान
दशौं महाधिवेशनमा १६ जना जिल्ला सभापतिलाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अपदस्थ गरेका थिए। काठमाडौं जिल्ला सभापतिसमेत रहेका प्रकाशमान सिंह पनि अपदस्थमा परेका थिए। कांग्रेसमा रजगज कोइराला परिवारको थियो। कोइराला परिवारबाट पीडित बनेका सिंहले देउवासँग निकटता बढाए। देउवाको पछि लागेकै कारण सिंहले पार्टी विभाजन हुँदा उपसभापति बन्ने अवसर पाए।

देउवाकै कारण डा मिनेन्द्र रिजालले कांग्रेसमा स्थान बनाए। तथापि, सिंह र रिजालले देउवा समूहको साथ त्यागेका छन्। सिंहले १२औं महाधिवेशनपछि देउवा समूह छोडेका हुन्।

यसले देखाउँछ आफू पक्षका नेता व्यवस्थापन गर्न देउवा कुनै पनि कसर बाँकी छोड्दैनन्।

संस्थापन पक्षइतरका नेतालाई खासै स्थान दिन मन नपराउने सभापति देउवा आफूले बोलेको कुरा भने पूरा गरेरै छोड्ने नेतृत्वको छवि बनाएका छन्।

पछिल्लो समय पुराना नेताहरूलाई पनि सभापति देउवाले न्याय नै गरेका छन्। तर संस्थापन इतर पक्षले उनीमाथि आरोप लगाउन छोडेको छैन, देउवाले कार्यशैली परिवर्तन गरेका छैनन्। संस्थापन इतर पक्षको असन्तुष्टि बढेको बढ्यै छ। देउवाले पार्टीमा आफ्नो पक्षका नेतालाई स्थान दिने क्रम जारी नै छ। 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १५:१४
  • #nepali_congress
  • #deuba
  • #gachhadar
  • #nidhi
  • #neta
  • #congress

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
आफ्नो उपस्थितिमाथि आलोचना भएपछि गृहमन्त्रीले भने– ‘म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस्’ शुक्रबार उनले सामाजिक सञ्जालमार्फत ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेस... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता, के भयो कुराकानी? बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद गर्दै नेप... शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीपीडितलाई पार्टी कार्यालयबाट ओलीले बाँडे राहत शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
रसुवा बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री शुक्रबार, भदौ १९, २०८३
पहिरो खसेपछि दार्चुलाको चौलानी नदी थुनिने जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो शुक्रबार, भदौ १९, २०८३
सहसचिव जोशीको नेतृत्वमा बाढी प्रभावितको पुनःस्थापना गर्न समिति गठन शुक्रबार, भदौ १९, २०८३
नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए राजीनामा शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्