• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कता ढल्केलान् सिटौला?

64x64
लिलु डुम्रे मंगलबार, फागुन २७, २०७६  १२:३०
1140x725

काठमाडौं– नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अनपेक्षित रुपमा अघि सारेका व्यक्ति हुन्– कृष्णप्रसाद सिटौला। कोइरालाले जीवनको उत्तरार्धमा जसलाई सबैभन्दा बढी विश्वास गरे, ती सिटौला हुन्।

तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाले सिटौलालाई अघि सारे। मन्त्रिपरिषद्मा महत्त्वपूर्ण जिम्मेवारी दिए। शान्ति प्रक्रियाका प्रारम्भिक वर्षमा सिटौला गृहमन्त्री बने। मन्त्रिमण्डलमा राख्ने व्यक्तिका नाममा समेत कोइरालाले सिटौलाको राय बुझ्थे।

कोइराला परिवारसँगको निकटता सुशील कोइरालाको नेतृत्व कालसम्म जारी रह्यो।

१३औं महाधिवेशनको संघारमा सुशीलको मृत्यु भयो। शेरबहादुर देउवा र रामचन्द्र पौडेलले दुई समूहको नेतृत्व गरे। देउवाको आफ्नो समूह थियो। कोइराला परिवारका अन्य नेताको समेत नेतृत्व गरेका पौडेलले सिटौलालाई महत्त्व दिएनन्। गिरिजाप्रसाद कोइरालाले दिएको स्थान र महत्त्व नपाउने देखेसँगै उनी पौडेलसँग टाढिए।

तेस्रो धारको नेतृत्व
गिरिजाकालीन स्थान खोजेका सिटौलाले सोही अनुरुपको भूमिका नपाउने देखेपछि पार्टीमा तेश्रो धार निर्माण गरे। वैचारिक समूहको नाममा आफ्नो समूहलाई परिभाषित गरे। यस अर्थमा, तेस्रो धार निर्माण गर्नु सिटौलाका निम्ति बाध्यात्मक परिस्थिति थियो।

गत महाधिवेशनमा उनी देउवा र पौडेलसँगै चुनावी प्रतिस्पर्धामा उत्रिए। तेस्रा भए। कसैले पनि ५१ प्रतिशत मत नपाएपछि भएको दोस्रो चरणको मतदानमा देउवालाई सघाए।

महाधिवेशनमा उनले आफ्नो तर्फबाट युवा नेता गगन थापालाई महामन्त्रीमा अघि सारेका थिए। कोषाध्यक्षमा उमाकान्त उम्मदवार बने।
तेस्रो धारबाट उम्मेदवारी दिएका सबै पराजित भए।

समदूरीमा सम्बन्ध
देउवासँग महाधिवेशनमा सहकार्य गरेका सिटौलाले त्यस लगत्तै भ्रातृ संस्थामा समेत गठबन्धन बनाए। नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघमा भागबण्डा गरी पदाधिकारीमा आफ्नो पक्षलाई स्थान दिलाए।

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ सालमा सम्पन्न चुनावमा कांग्रेसले हार बेहोरेपछि भने सिटौलाले देउवा पक्षसँग भ्रातृ र शुभेच्छुक संस्थामा सहकार्यको क्रम टुंग्याएका थिए। नेपाल शिक्षक संघ, कर्मचारी संघ, इन्जिनियर लगायतको अधिवेशनमा सिटौला पक्षले पौडेल पक्षसँग गठबन्धन गरेको थियो। 

आफ्नो समूहको अस्तित्व प्रभावकारी देखाउन सिटौलाले जीपी फाउण्डेशनलाई माध्यम बनाउँदै आएका छन्। आफू निकटका युवाहरु सम्मिलित संस्थाले सिटौलाकै रुचि अनुसार कार्य गर्दै आएको छ। त्यसै संस्था मार्फत १४ औं महाधिवेशनमा आफू पनि पुनः सभापतिको उम्मेदवार बन्ने संकेत समेत उनी दिने गर्छन्।

सिटौलाका बलियो खम्बा रहेका नेता थापा र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल छन्। तेश्रो धारको वकालत गर्ने गरी जिल्लाका कार्यक्रममा सहभागी थापा र पौडेलले उनलाई साथ दिएका छन्। केही दिन अघि नेता डा शेखर कोइरालाको महाधिवेशन केन्द्रित जिल्ला दौडमा नेता थापाले प्रदेश ५ का जिल्लाहरु चहारे। पौडेलले महाराजगन्जस्थित सम्पर्क कार्यालयमा भेटघाटलाई तिव्रता दिएका छन्।

पौडेल पक्षसँग सहकार्य गर्दै आएको सिटौला पक्ष पछिल्लो समय भागबण्डाको लागि संस्थापन पक्षसँगै अघि बढेको छ। विभाग भागबण्डामा सिटौलाले सहमति जनाएसँगै संस्थापनइतरकै दुई समूहको दुरी बढेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफ्नाको व्यवस्थापन
शिवप्रसाद हुमागाईँलाई श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख बनाएका देउवाले सिटौलाका जिल्लाबासी सुधीरकुमार शिवाकोटीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका छन्। फागुन १९ मा देउवाले मनोनयन गरेका जेष्ठ राजनीतिज्ञ सभामा सिटौलाका दाजु डिल्लीप्रसाद सिटौला समेत परेका छन्। 

हुमागाईं पूर्व सभापति गिरिजाप्रसाद निकट थिए। कोइरालासँगको निकट भएकै कारण हुमागाईं सिटौलासँग आकर्षित भएका थिए। हुमागाईँले १३ औं महाधिवेशनमा सिटौलाको उम्मेदवार घोषणादेखि नै सक्रिय सहयोग गरेका थिए। महाधिवेशनमा दोश्रो चरणको मतदानअघि आफ्नो पक्षका केन्द्रीय सदस्यमा मनोनयन गर्ने नाममा सिटौलाले हुमागाईँको नाम लिएका थिए। सिटौलाको बचन अनुरुप नै सभापति देउवाले हुमागाईँलाई केन्द्रीय सदस्यमा मनोनित गरिदिए। हुमागाईंलाई केन्द्रीय सदस्य नबनाउँदा आफ्नो शक्तिमा थप ह्रास आउने सिटौलाको बुझाइ थियो।

त्यसो त झापाका सुधीरकुमार शिवाकोटीलाई पनि केन्द्रीय सदस्य बनाउने सिटौलाले प्रतिवद्धता जनाएका थिए। शिवाकोटीप्रति बढी विश्वास भएर नै सिटौलाले पहिलो चरणमा हुमागाईँलाई अघि बढाए। संख्यात्मक रुपमा कमजोर रहेका सिटौलाले आफ्नै समूहमा हुमागाईँलाई राख्न प्रयत्न गरिरहेका छन्।

हुमागाईं पछिल्लो समय संस्थापनतिर नजिकिएको देउवा पक्षीय नेताहरुको दाबी छ। देउवा पक्षका नेताहरु भेला भएका स्थानमा हुमागाईँ समेत पुग्ने गरेका छन्। देउवा र सिटौलालाई समदूरीमा रहेकैले पनि उनले श्रमिक तथा ट्रेड युनियन विभागको नेतृत्व पाएका हुन्।

विभागको नेतृत्वमा सांसद नभएकालाई मात्रै स्थान दिने गरी देउवाले प्रावधान बनाएका छन्। उक्त विभागमा सिटौला निकटकै नेता प्रदीप पौडेललाई प्रस्ताव गरिएको थियो। उनले विभागमा बस्न रुची नदेखाएपछि हुमागाईँले अवसर पाएको बताइन्छ।

देउवा पक्षतिर लागेर महाधिवेशनमा केन्द्रित हुनुपर्ने ध्याउन्नमा अन्य नेता समेत छन्। उमाकान्त चौधरी पनि पछिल्लो समय देउवा निकटका नेताहरुको भेलामा सहभागी हुने गरेका छन्। विजय गच्छदारको फोरम लोकतान्त्रिकको कांग्रेसमा विलय पश्चात् चौधरी संस्थापनतिर झुकाव बढाएका थिए।

पौडेल पक्षसँग सहकार्य गर्न नहुने पक्षमा काठमाडौं ६ का बाट विजयी भीमसेनदास प्रधान समेत छन्। नेता प्रकाशमान सिंह र प्रधानविच सम्वन्ध समधुर नरहेकै कारण यी दुई एक स्थानमा उभिन नसक्ने बुझाई छ। सिंहसँग रहेको समूहमा प्रधान अट्न नसक्ने बुझाई कांग्रेसमा छ। पौडेलपक्षसँग सहकार्यबाट टाढा राख्न प्रधानको समेत भूमिका रहेको बताइन्छ।

प्रश्नको घेरामा
संस्थापनपक्षले एक पछि अर्को गरी विभागका प्रमुखहरु तोकिरहँदा वरिष्ठ नेता पौडेल पक्ष उक्त निर्णयको विपक्षमा खरो उत्रेको छ। विधान र पद्धतिको अझ बढी वकालत गर्ने तेश्रो धारका नेताहरुले हिस्सेदारी खोज्दै रमाउन थालेपछि सिटौलामाथि प्रश्न तेर्सिएको छ।

नियमित कार्यकाल सकिएका देउवाले विधान विपरित विभाग गठन गर्न नहुने पक्षमा उक्त समूहका केही नेता थिए। मूलतः दुई युवा नेता गगन थापा र प्रदीप पौडेल विभाग गठन गर्न नहुने र गठन भए भागबण्डामा जान नहुने पक्षमा थिए। तर, विभाग गठन गर्न देउवालाई अवरोध गर्दा निर्धारित मितिमा महाधिवेशन नहुने आशंकाले विभागमा सहमति जनाएको सिटौला पक्षका एक नेताले बताए। महाधिवेशन नै नहुने दिशातिर देउवा अग्रसर हुने डरले बाध्यात्मक परिस्थितिमा समर्थन जनाएको भन्दै आफ्नो समूहको बचाउ गरे।

सिटौला निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘विभाग गठन गर्न नदिएको भनी देउवाले फेरि महाधिवेशन सार्ने सम्भावना छ। महाधिवेशन अझै धकलिन सक्ने परिस्थितिले बाध्यतावशः सहमति जनाइएको हो।’

पार्टीलाई बढी क्षति हुनबाट बचाउन देउवालाई साथ दिएको सिटौला पक्षको प्रष्टोक्ति छ।

जनआधार बनाएका दुई युवा नेता थापा र पौडेल संस्थापन पक्षसँग महाधिवेशनमा सहकार्य गर्नै नहुने पक्षमा छन्। तर, हुमागाईँ, चौधरी र प्रधान संस्थापन पक्षसँगै सहकार्य गर्ने पक्षमा छन्। केन्द्रीय समितिमा सिटौलाको पक्षमा थापा, पौडेल, हुमागाईँ र पछिल्लो समय थपिएका आमन्त्रित केन्द्रीय सदस्य शिवाकोटी छन्। झापा, कालिकोट, उदयपुर, ताप्लेजुङ, सिन्धुपाल्चोक लगायतका जिल्ला सभापतिहरु सिटौला निकट छन्। भ्रातृ र शुभेच्छुक संस्थामा ट्रेड युनियन अध्यक्ष पुष्कर आचार्य, तरुण दलमा उत्तम चापागाईँ, सांस्कृतिक संघका महामन्त्री रोशन केसी सिटौला निकट छन्। कर्मचारी संघका गोपाल पोखरेल र डमोक्रेटिक लयर्स एसोसिएनका अध्यक्ष योगेन्द्र अधिकारी पनि उनकै पक्षमा छन्।

कता ढल्केलान्?
वरिष्ठ नेता पौडेलले आफ्नो अवमूल्यन गरेको सिटौलाको ठहर छ। सभापतिमा फेरि पनि पौडेल नै उठे उनलाई सिटौलाले नस्विकार्ने उनी निकटकै नेताहरु ठोकुवा गर्छन्। कोइराला परिवारप्रति उनको सहानूभूति पनि रहेकाले कोइराला परिवारबाट सभापतिको प्रत्यासी बने सिटौला सभापतिमा नलड्ने बुझाइ उनीहरुको छ।

कोइराला परिवारबाट डा शेखर कोइराला सभापतिको प्रत्यासी बने सिटौलाले पदाधिकारीमा हिस्सा खोजेर सहकार्य गर्न सक्ने विश्लेषण पनि हुने गरेको छ।

अर्कोतिर, पार्टी भित्रैबाट र पब्लिक इमेज गुमाएका देउवासँग सहकार्य गर्नै नहुने दबाब युवा नेताहरुको छ। सिटौलाको मुख्य भरोसा भनेकै नेता थापा र पौडेल रहेकाले उनीहरुको दबाबभन्दा बाहिर जान सक्ने परिस्थिति सिटौलामा छैन। देउवासँग सहकार्य गर्दा आफ्नो धारको वैचारिक अवस्थिति समेत स्खलित हुने भएकाले सिटौला त्यसबाटमा नजाने उनी पक्षीय नेता बताउँछन्।

पौडेलले नेतृत्व गरिरहेको समूहको महाधिवेशन रणनीति कस्तो रहन्छ, सिटौलाको रणनीति पनि त्यसकै निर्भर हुने देखिन्छ।

आफैं अघि सरे के हुन्छ?
सांगठनिक रुपमा कमजोर रहेको सिटौला समूहलाई आफ्नो धारलाई बचाउनुपर्ने बाध्यता छ। समूहको मूली सिटौलालाई १३औं महाधिवेशनपछि बनेको धारलाई जोडिराख्ने 'ग्लू'को पहिचान र प्रयोग गर्नु आवश्यक छ।  उनको धार पदका लागि हो कि विचारका लागि? त्यसको जवाफ समेत सिटौलाले दिनुपर्ने १४ औं महाधिवेशनबाट नै हो।

सिटौलालाई सभापतिमा समर्थन गर्न कांग्रेसका अर्का दुई शक्ति तयार छैनन्। फेरि पनि हार्ने गरी सभापतिमा प्रत्यासी बन्ने कि अर्को गुटसँग सहकार्य गर्ने? सिटौलाका सामू दुई विकल्प छन्। दुवै विकल्प उनका लागि कठिन छ।

आफैं सभापतिमा उठ्दा हारको श्रृंखला बढ्न सक्छ। भागबण्डामा भुल्दा नैतिक धरातल गुम्न सक्छ।

सिटौला पक्षका एक नेता भन्छन्, ‘आफ्नो अवमुल्यन हुनेगरी सिटौला भागवन्डामा अल्झिनुहुन्न। ‍हार नै किन नहोस्, फेरि पनि उम्मेदवार बन्नुहुन्छ।’

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्