काठमाडौं- नायिका आँचल शर्माले बिहीबार प्रेमी उदिप श्रेष्ठसँग बिबाह गरिन्। दुबैले हिन्दू परम्परा अनुसार विवाह गरेका थिए। बुढानिलकण्ठमा रहेको होटल पार्क भिलेजमा उनीहरुलाई आशिर्वाद दिन आफन्त र शुभेच्छुकहरु पुगेका थिए।
दुबै एक वर्षदेखि प्रेम सम्बन्धमा थिए।
लामो समय आँचलको नाम नायक पल शाहसँग जोडिएको थियो। एक वर्ष अगाडि मात्रै आँचलको प्रेमी श्रेष्ठ रहेको खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।