काठमाडौं- भारतको राजकीय भ्रमणमा शुक्रबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली दिनभरि भेटघाटमा व्यस्त रहे। प्रधानमन्त्री ओलीले औपचारिक भेटवार्ता बाहेक अनौपचारिक रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट वार्ता गरे। साँझ ७ बजेतिर जन कल्याण मार्गस्थित मोदी निवासमा भएको अनौपचारिक भेट डेढ घन्टा सम्म चलेको थियो।
प्रधानमन्त्री ओली र भाररतीय प्रधानमन्त्री मोदीबीच शनिबार प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा औपचारिक वार्ता र संयुक्त पत्रकार सम्मेलन हुनेछ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको अनौपचारिक भेटको भिडियो। यो भिडियो एएनआइले उपलब्ध गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।