सुर्खेत– कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि निःशुल्क ‘वाइफार्इ’ सेवा सञ्चालन गर्ने भएको छ। 'रारा कर्णाली पर्यटन वर्ष—२०७५' को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि निःशुल्क ‘वाइफाई’को सेवा जडान गर्न लागिएको हो।
सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर निःशुल्क ‘वाइफाई’को व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन्। पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्याउन रारा ताल वरिपरि निःशुल्क ‘वाइफाई’को व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।