• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

बिरामी प्रधानमन्त्री कि देश?

64x64
किशोर दहाल बुधबार, फागुन २८, २०७६  १७:००
1140x725

चीनबाट फैलिएको कोरोना (कोभिड-१९)को संक्रमणले विश्व त्रसित छ। नेपालमा त्यसको संक्रमण फैलिसकेको छैन। तर, त्रास अत्यधिक छ। बजारमा कतिपय उपभोग्य वस्तुको अभाव र कालोबजारी सुरु भइसक्यो। भेला, कार्यक्रम नगर्न आग्रह गर्ने सरकारले विद्यालय बन्द गर्ने कि नगर्ने निर्णय गर्न सकेको छैन। यस्तो परिस्थितिबीच सामान्यतया हप्तामा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक नबसेको दश दिन भयो। 

कोरोनाको त्रास कम गर्न कस्तो प्रयास गर्ने? संक्रमण सुरु भएमा के गर्ने? अत्यावश्यक वस्तुको परिपूर्ति कसरी गराउने? लगायतका विषयमा सम्बन्धित निकायहरू अलमलमा छन्।

कोरोनाको जोखिम सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समिति बनाइए पनि त्यसले जनअपेक्षा अनुसार सान्त्वना सिर्जना गर्न सकेको छैन। उसै पनि यस्ता संरचनाले स्वतन्त्र र निर्धक्क काम गर्न नसकेका विगतका कतिपय घटनाक्रमहरूले देखाएकै छ। त्यसैले यो समिति गठनको लक्ष्य 'काम गर्दैछौं' भनेर देखाउने भन्दा बढी हुने स्थिति छैन।

उपचारका लागि अस्पताल भर्ना हुनु अगाडि प्रधानमन्त्री ओलीले कसैलाई कार्यवाहक समेत दिएनन्। जसको परिणाम प्रधानमन्त्री उपचारका लागि अस्पतालमा रहँदा देश नै बिरामी जस्तो देखियो।

कोरोना मात्रै होइन, अन्य धेरै विषयमा प्रधानमन्त्रीको अभाव देखिन थालिसकेको छ। अघिल्लो पटक फागुन १८ मा मन्त्रिपरिषद्को बैठक बसेको थियो। अर्को बैठक कहिले बस्ने टुंगो छैन। प्रधानमन्त्रीको 'डिस्चार्ज' कहिले हुने नै निश्चित छैन। चिकित्सले आगामी साता डिस्चार्ज हुनसक्ने संकेत दिएका छन्। तर डिस्चार्ज भए पनि बैठकमा सहभागी हुन थप दुई साता लाग्ने समेत खुलाएका छन्। यसले मन्त्रिपरिषद् बैठक कहिले बस्छ, अनुमानको विषय बनेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भने प्रधानमन्त्रीको अस्पताल बसाइले नियमित काममा कुनै असर नपरेको दाबी गर्छन्।

'सोमबार-सोमबार बैठक बस्थ्यो। आइतबार बैठक बसाएर आउनुभएको हो। अर्को एउटा बैठक बस्ने बेला भएको छ। यता प्रधानमन्त्रीको स्वास्थ्य पनि राम्रो भएको छ। अब केही दिनपछि, 'डिस्चार्च' भइसकेपछि त्यो बैठकको पनि तयारी छ। त्यो बैठक पनि हुन्छ। अहिले नियमित कामलाई असर पर्दैन,' थापा भन्छन्, 'बैठक एकदुई दिन ढिलो चाँडो त प्रधानमन्त्रीज्यू अस्पतालमा नहुँदा पनि हुन्थ्यो नि त।'

मन्त्रिपरिषद् बैठक बसेर गर्ने नियमित निर्णय त छँदैछ, अन्य काममा पनि असर देखिन थालेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रियसभाका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एकजना सदस्य मनोनित हुन सकेको छैन। नेकपाको सचिवालय बैठकले वामदेव गौतमको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले असन्तुष्टि राखेका समाचार सार्वजनिक भएका थिए। प्रधानमन्त्रीको चाहना अनुसार युवराज खतिवडा नै मनोनित हुन्छन् वा पार्टी निर्णय अनुसार गौतम? यसका लागि प्रधानमन्त्रीको छलफल, भेटघाट तथा निर्णय अपेक्षित छ। तर, तत्कालका लागि त्यो सम्भावना रहेन नै, डाक्टरहरूका अनुसार 'डिस्चार्ज'पछिका केही महिनासम्म उनको सक्रियता प्रभावित हुन्छ।

नेकपाको माघ १५-१९ को केन्द्रीय कमिटीको बैठकपछि एमसिसीको विषय पनि सरकारको हातबाट पार्टीको हातमा खसेको छ। यसमा अघि बढ्ने वा पछि हट्ने निर्णय गर्नुपर्ने समयमा अलमलको चक्रमा फसेको छ। पार्टीको कार्यदलमा रहेका र एमसिसीको पक्षमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत नैतिक अप्ठ्यारोमा परेका छन्। यस्तो अवस्थामा ठोस निर्णय दिनसक्ने अपेक्षा गरिएका प्रधानमन्त्री अस्पतालमा छन्। न उनले सक्रियतापूर्वक पार्टी कमिटीसँग अन्तर्क्रिया गरेर आफ्नो निर्णय लागू गराउन सक्ने अवस्था छ, न विगतको आफ्नै अभिव्यक्ति विरुद्ध उभिन सक्ने अवस्था छ। बरु एमसिसीको सन्दर्भमा पक्षमा वा विपक्षमा स्पष्ट निर्णय हुनुभन्दा अलमल-अलमलबाट खारेजीतिर जाने सम्भावना बढेको छ।

राजनीतिक विश्लेषक हरि रोका प्रधानमन्त्री बिरामी हुँदा देश नै बिरामी हुनु स्वभाविक भएको बताउँछन्। 'यो स्वभाविक हो,' उनी भन्छन्, 'किनकि, उहाँले नेतृत्व गर्नुपर्ने ठाउँको राम्रोसँग नेतृत्व गर्न सक्नुहुन्न। उहाँ अझै लामो समय आम मान्छेका बीचमा जान सक्नुहुन्न। पार्टीका महत्त्वपूर्ण कमिटीको बैठकमा जान सक्नुहुन्न। उहाँले भाग लिन नपाउँदा कैयौं निकायहरू अनिर्णयका बन्दी बन्छन्।'

प्रधानमन्त्रीको अभाव देखिनुको थप कारण छन्। उनी विगतका कतिपय प्रधानमन्त्रीजस्ता कमजोर र शक्तिहीन होइनन्। उनी हुनु र नहुनुको अर्थ छ, बोल्नु र नबोल्नुको अर्थ छ। त्यसको कारण पनि छ। किनकि, उनमा शक्ति केन्द्रित गरिएको छ। कैयौं महत्त्वपूर्ण निकायको नेतृत्व उनले गर्छन्। शक्ति प्रधानमन्त्रीमा केन्द्रित गरेकै कारण ती संस्थाले दैनन्दिन गर्ने कामहरूमा नेतृत्वको निर्णायक मतको अभाव भइरहेको छ। जसका कारण, ती संस्थाको प्रभावकारी कार्यसम्पादनमा असर पर्ने बुझाइ अस्वभाविक होइन।

Xtrem

Xtrem

थापा भने यस्तो बुझाइलाई नकार्छन्।

'उहाँले नेतृत्व गरेका कुनै पनि निकायको नियमित काममा, शासन प्रशासनमा समस्या पर्दैन,' उनी भन्छन्, 'जस्तो, १५औं योजनाको विस्तृत दस्तावेज नै पारित गरेर भर्ना हुन आउनुभएको हो। योजनाको काम अघि बढेको छ।'

विगतमा प्रधानमन्त्रीले कमजोर निर्णय क्षमता देखाउँदा पनि अन्य संस्थाले काम गरिरहेको देख्न सकिन्थ्यो, कतिपय मन्त्रीले आफ्नै हिसाबले ढुक्क भएर काम गरिरहेको देखिन्थ्यो। अहिले त्यस्तो छैन। प्रधानमन्त्रीले नरुचाउने कुनै काम गर्ने सक्ने अवस्था मन्त्रीहरूको छैन। वा डराई-डराई गर्नुपर्ने अवस्था छ। प्रधानमन्त्रीको रुचीलाई नाघेर अघि बढ्न खोज्ने मन्त्रीहरूको अवस्था के हुन्छ, विगतमा भएको मन्त्रीहरूको सामूहिक बहिर्गमनको बाध्यतालाई हेरे पुग्छ।

यस्तै संरचना निर्माणले अहिले देश नै रोकिएजस्तो विश्लेषण हुन थालेको छ।

विश्लेषक रोका भने प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्दा लामो समय अस्पतालमा बस्नुपर्ने सबैलाई पहिल्यै थाहा भएकाले अन्य साथीलाई जिम्मा लगाउनु र आफूले पद छाड्नु राम्रो हुन्थ्यो भन्ने ठान्छन्।

'यतिखेर आएर पनि डाक्टरहरूले पनि पूर्ण आराम हुन ६ महिनादेखि एक वर्षसम्म लाग्छ भनेका छन्', उनको सुझाव छ, 'उहाँले राजीनामा गर्नुपर्छ।'

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्