• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
कमिसन खुलाउन नमान्दा सवारी एजेन्सी नवीकरण विवाद कायमै ‘प्रक्रियामा छौं’ भनेकाले एलसी खोलिरहेका छौं : बैंकहरु
64x64
नेपाल लाइभ मंगलबार, फागुन २७, २०७६  १५:५८
1140x725

काठमाडौं- सवारी आयातकर्ताहरुले वाणिज्य विभागमा दर्ता गरेको एजेन्सी नवीकरण नहुँदा गाडी आयात गर्न खोलिने प्रतितपत्र (एलसी) बैंकहरुले उदारोमा खोल्दै आएका छन्। एजेन्सी कम्पनीहरुले ‘नवीकरणको क्रममा छौं’ भनेकाले एलसी खोल्ने गरेका छन्। 

सवारी आयातकर्ता एजेन्सीहरुले कमिसन खुलाउन इन्कार गर्दा र कतिपय अवस्थामा उत्पादक कम्पनीसँग नभई असम्बन्धित कम्पनीसँग आधिकारिक एजेन्सीको प्रमाणपत्र ल्याएकाले वाणिज्य विभागले एजेन्सी नवीकरणमा कडाइ गरेको हो। तर‚ वाणिज्य विभागले भने यस विषयमा स्पष्ट जवाफ दिएको छैन। उता व्यवसायीहरुले पनि खुलेर यो विषय राख्न सकेका छैनन्। 

१८ प्रतिशतले घटेको सवारी बिक्रीको तथ्यांकलाई मनोगत रुपमा ५० प्रतिशतभन्दा बढी घटेको भनेर प्रचार गर्ने अटोमोबाइल व्यवसायीहरु कमिसन खुलाउनुपर्ने विषय जोडिएकाले यति गम्भीर विषय ‘गुपचुप’ मिलाउन लागि परेको देखिन्छ। यो विषयबारे कोही पनि व्यवसायी धारणा राख्न चाहँदैनन्। 
यस विषयमा समग्र अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वाणिज्य विभाग, अर्थमन्त्रालयलगायत सरोकारवाला निकायसँग पटक-पटक छलफल गरिसकेको छ।

तर निष्कर्षमा भने पुग्न सकेको छैन। एजेन्सी नवीकरण रोकिएको महिनौं बितिसकेको छ। आगामी वैशाखसम्ममा वाणिज्य विभागमा दर्ता भएका अधिकांश एजेन्सीको म्याद सकिँदैछ। त्यो अवधिसम्म नवीकरण नभए बैंकबाट खोलिने एलसीमा समेत समस्या आउने निश्चित छ। हाल बैंकहरुले सवारी आयातकर्ताहरुलाई विश्वासकै भरमा ‘नवीकरण प्रक्रिया’लाई आधार मानेर एलसी खोल्ने कामलाई निरन्तरता दिएको बैंकका एक सिइओले नेपाल लाइभसँग भने। 

‘हामीले आयातकर्ताहरुसँगको सम्बन्ध र एजेन्सी नवीकरण प्रक्रियामा रहेको आधारमा एलसी खोल्दै आएका छौं,’ उनले भने, ‘यो काम वैध नभएपनि वैधानिकता पाउने देखेर गरिएको हो। सबैजसो बैंकहरुले यसैलाई आधार मानेर एलसी बनाउँदै आएका छन्, यो कति लामो समयसम्म जान्छ‚ भन्न सकिन्न।’  

जब किशोर श्रेष्ठ भेइकल समिति बैठकमा प्रवेश गरे...
वाणिज्य विभागमा दर्ता भएका एजेन्सी नवीकरण नभएको विषय र आधिकारिक एजेन्सी मार्फतमात्र सवारी आयात गर्न पाइने विषय विवादमा परेको बेला नाडाअन्तर्गतको भेइकल समितिको बैठक डाकिएको थियो। करिब डेढ महिनाअघि भएको उक्त बैठकमा ननिम्त्याइएका एक व्यक्तिको प्रवेश भयो। उनी थिए‚ ल्यान्ड रोभरको आधिकारिक बिक्रेताको प्रमाणपत्र आफूसँग कायमै रहेको बताउने व्यवसायी किशोचन्द्रवादे श्रेष्ठ। तर‚ २०१६ मार्चपछि जेएलआरले उनको आधिकारिक प्रमाणपत्रको नवीकरण गरेको छैन। 

किशोर श्रेष्ठले उक्त बैठकमा आधिकारिक एजेन्सीबिना नै सक्ने जो कोहीले पनि सवारी ल्याएर बिक्री गर्न पाउनुपर्ने जिकीर गरेका थिए। उनको त्यो कुरा सुनेपछि नाडाका एक उपाध्यक्षले त्यसको कडा प्रतिवाद गरेका थिए। ती उपाध्यक्ष र श्रेष्ठबीच करिब हानाहानको अवस्था निम्तिएको बैठकमा सहभागी एक सदस्यले बताए। 

भेइकल समितिको उक्त बैठकको मुख्य एजेन्डा थियो‚ कमिसन नखुलाइकनै वाणिज्य विभागलाई कसरी कन्भिन्स गराएर एजेन्सी नवीकरण गर्ने बनाउने। आधिकारिक एजेन्सीका बारेमा समेत सामान्य छलफल हुने अपेक्षा सदस्यहरुले गरेका थिए। तर परिस्थिति उल्टो बन्यो। विवादित विषयलाई किशोर श्रेष्ठले मिडियामा ल्याउने हुन् कि भन्ने चिन्ता नाडालाई थियो। तर‚ यस विषयमा न नाडाले मुख खोल्यो न त श्रेष्ठले नै। 

अहिलेपनि किशोर श्रेष्ठ आफ्नै अडान हरेक व्यवसायीले एलसी खोलेर सवारी आयात गर्न पाउनुपर्ने अडानमा छन्। र उनी आफूले भन्दा लाग्ने हरेक ठाउँमा यही लविङ गर्दै हिँडिरहेका छन्। यता नाडा भन्सार ऐनमा भएको व्यवस्थाअनुसार नै आधिकारिक बिक्रेताले मात्र सवारी आयात गर्न पाउने कानुनको संस्थागत लविङमा यथावत छ। 

के हो कमिसन विवाद?
सवारी उत्पादन कम्पनीहरुले सवारी आयातकर्ताहरुलाई निश्चित संख्यामा (टार्गेट मिट) बिक्री गरेपछि त्यसबापत कमिसन दिने गरेको छ। त्यसका साथै विशेष प्रयोजनमा ल्याइने दमकल, ट्रकमा आउने क्रेन तथा नेपाली खरिदकर्ता मार्फत नै प्रतितपत्र (एलसी) खोलेर गरिने खरिदमा कम्पनीले कमिसन दिने गरेको छ। 

यी सबै प्रक्रियाबाट गरिने खरिदमा पाइने कमिसन खुलाउनुपर्ने व्यवस्था एजेन्सी ऐन २०१४ मा व्यवस्था गरिएको छ। तर‚ वाणिज्य विभाग यो विषयमा हालसम्म मौन रहँदै आएको थियो। तर अर्थमन्त्रीमा युवराज आएसँगै उनले मन्त्रालयमार्फत कमिसन नखुलाएसम्म एजेन्सी नवीकरण नगर्न वाणिज्य विभागलाई भनेका थिए। 

करिब ६ महिनाअघिदेखि नवीकरण सकिएका एजेन्सीहरुको कमिसन खुलाउन अस्वीकार गर्दा नवीकरण हुन सकेको छैन। उत्पादक कम्पनीले १०० वटा सवारी बेचे यति रकम दिने भन्ने हुन्छ। कतिपयले उतै पैसा राख्ने गरेका छन्। मोटरसाइकल, कार, हेवी तथा ट्याक्टर सबै आयातित सवारीमा कमिसन दिने नीति उत्पादकले राखेका छन्। 

कारमा प्रतियुनिट १५ हजार भारुसम्म, मोटरसाइकलमा कम्तिमा ३ हजार भारु, ठूला सवारीमा २० हजारभन्दा बढी भारु र सबैभन्दा धेरै ट्याक्टरमा ५० हजार भारुसम्म कमिसन दिने गरेको एक व्यवसायीले बताए। प्रत्यक्ष एलसी खोलिने महँगा गाडीमा झनै धेरै कमिसन पाइने गरेको छ। त्यसैले नेपाली आयातकर्ताहरुले पछिल्लो समय जसले गाडी किन्ने हो उसैका नाममा एलसी खोल्न लगाउने गरेका छन्। 

यसरी पाइने कमिसन खुलाउन सवारीको आधिकारिक बिक्रेता कम्पनीले इन्कार गरेकाले वाणिज्य सरोकारवालासँग व्यापक छलफलमा लागेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न बेलायती लगानीकर्ताहरूलाई आग्रह
ननग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई उपमेयर डंगोलको आग्रह
चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
ननग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई उपमेयर डंगोलको आग्रह शनिबार, असार २१, २०८२
चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण शनिबार, असार २१, २०८२
प्रदेश अस्पताल पर्वतमा पैतीस वर्षपछि विशेषज्ञ सेवा शनिबार, असार २१, २०८२
एसिसी मेन्स यु-१६ फाइनल: नेपाललाई सामान्य लक्ष्य शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्