• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

कमिसन खुलाउन नमान्दा सवारी एजेन्सी नवीकरण विवाद कायमै

‘प्रक्रियामा छौं’ भनेकाले एलसी खोलिरहेका छौं : बैंकहरु
64x64
नेपाल लाइभ मंगलबार, फागुन २७, २०७६  १५:५८
1140x725

काठमाडौं- सवारी आयातकर्ताहरुले वाणिज्य विभागमा दर्ता गरेको एजेन्सी नवीकरण नहुँदा गाडी आयात गर्न खोलिने प्रतितपत्र (एलसी) बैंकहरुले उदारोमा खोल्दै आएका छन्। एजेन्सी कम्पनीहरुले ‘नवीकरणको क्रममा छौं’ भनेकाले एलसी खोल्ने गरेका छन्। 

सवारी आयातकर्ता एजेन्सीहरुले कमिसन खुलाउन इन्कार गर्दा र कतिपय अवस्थामा उत्पादक कम्पनीसँग नभई असम्बन्धित कम्पनीसँग आधिकारिक एजेन्सीको प्रमाणपत्र ल्याएकाले वाणिज्य विभागले एजेन्सी नवीकरणमा कडाइ गरेको हो। तर‚ वाणिज्य विभागले भने यस विषयमा स्पष्ट जवाफ दिएको छैन। उता व्यवसायीहरुले पनि खुलेर यो विषय राख्न सकेका छैनन्। 

१८ प्रतिशतले घटेको सवारी बिक्रीको तथ्यांकलाई मनोगत रुपमा ५० प्रतिशतभन्दा बढी घटेको भनेर प्रचार गर्ने अटोमोबाइल व्यवसायीहरु कमिसन खुलाउनुपर्ने विषय जोडिएकाले यति गम्भीर विषय ‘गुपचुप’ मिलाउन लागि परेको देखिन्छ। यो विषयबारे कोही पनि व्यवसायी धारणा राख्न चाहँदैनन्। 
यस विषयमा समग्र अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वाणिज्य विभाग, अर्थमन्त्रालयलगायत सरोकारवाला निकायसँग पटक-पटक छलफल गरिसकेको छ।

तर निष्कर्षमा भने पुग्न सकेको छैन। एजेन्सी नवीकरण रोकिएको महिनौं बितिसकेको छ। आगामी वैशाखसम्ममा वाणिज्य विभागमा दर्ता भएका अधिकांश एजेन्सीको म्याद सकिँदैछ। त्यो अवधिसम्म नवीकरण नभए बैंकबाट खोलिने एलसीमा समेत समस्या आउने निश्चित छ। हाल बैंकहरुले सवारी आयातकर्ताहरुलाई विश्वासकै भरमा ‘नवीकरण प्रक्रिया’लाई आधार मानेर एलसी खोल्ने कामलाई निरन्तरता दिएको बैंकका एक सिइओले नेपाल लाइभसँग भने। 

‘हामीले आयातकर्ताहरुसँगको सम्बन्ध र एजेन्सी नवीकरण प्रक्रियामा रहेको आधारमा एलसी खोल्दै आएका छौं,’ उनले भने, ‘यो काम वैध नभएपनि वैधानिकता पाउने देखेर गरिएको हो। सबैजसो बैंकहरुले यसैलाई आधार मानेर एलसी बनाउँदै आएका छन्, यो कति लामो समयसम्म जान्छ‚ भन्न सकिन्न।’  

जब किशोर श्रेष्ठ भेइकल समिति बैठकमा प्रवेश गरे...
वाणिज्य विभागमा दर्ता भएका एजेन्सी नवीकरण नभएको विषय र आधिकारिक एजेन्सी मार्फतमात्र सवारी आयात गर्न पाइने विषय विवादमा परेको बेला नाडाअन्तर्गतको भेइकल समितिको बैठक डाकिएको थियो। करिब डेढ महिनाअघि भएको उक्त बैठकमा ननिम्त्याइएका एक व्यक्तिको प्रवेश भयो। उनी थिए‚ ल्यान्ड रोभरको आधिकारिक बिक्रेताको प्रमाणपत्र आफूसँग कायमै रहेको बताउने व्यवसायी किशोचन्द्रवादे श्रेष्ठ। तर‚ २०१६ मार्चपछि जेएलआरले उनको आधिकारिक प्रमाणपत्रको नवीकरण गरेको छैन। 

किशोर श्रेष्ठले उक्त बैठकमा आधिकारिक एजेन्सीबिना नै सक्ने जो कोहीले पनि सवारी ल्याएर बिक्री गर्न पाउनुपर्ने जिकीर गरेका थिए। उनको त्यो कुरा सुनेपछि नाडाका एक उपाध्यक्षले त्यसको कडा प्रतिवाद गरेका थिए। ती उपाध्यक्ष र श्रेष्ठबीच करिब हानाहानको अवस्था निम्तिएको बैठकमा सहभागी एक सदस्यले बताए। 

भेइकल समितिको उक्त बैठकको मुख्य एजेन्डा थियो‚ कमिसन नखुलाइकनै वाणिज्य विभागलाई कसरी कन्भिन्स गराएर एजेन्सी नवीकरण गर्ने बनाउने। आधिकारिक एजेन्सीका बारेमा समेत सामान्य छलफल हुने अपेक्षा सदस्यहरुले गरेका थिए। तर परिस्थिति उल्टो बन्यो। विवादित विषयलाई किशोर श्रेष्ठले मिडियामा ल्याउने हुन् कि भन्ने चिन्ता नाडालाई थियो। तर‚ यस विषयमा न नाडाले मुख खोल्यो न त श्रेष्ठले नै। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेपनि किशोर श्रेष्ठ आफ्नै अडान हरेक व्यवसायीले एलसी खोलेर सवारी आयात गर्न पाउनुपर्ने अडानमा छन्। र उनी आफूले भन्दा लाग्ने हरेक ठाउँमा यही लविङ गर्दै हिँडिरहेका छन्। यता नाडा भन्सार ऐनमा भएको व्यवस्थाअनुसार नै आधिकारिक बिक्रेताले मात्र सवारी आयात गर्न पाउने कानुनको संस्थागत लविङमा यथावत छ। 

के हो कमिसन विवाद?
सवारी उत्पादन कम्पनीहरुले सवारी आयातकर्ताहरुलाई निश्चित संख्यामा (टार्गेट मिट) बिक्री गरेपछि त्यसबापत कमिसन दिने गरेको छ। त्यसका साथै विशेष प्रयोजनमा ल्याइने दमकल, ट्रकमा आउने क्रेन तथा नेपाली खरिदकर्ता मार्फत नै प्रतितपत्र (एलसी) खोलेर गरिने खरिदमा कम्पनीले कमिसन दिने गरेको छ। 

यी सबै प्रक्रियाबाट गरिने खरिदमा पाइने कमिसन खुलाउनुपर्ने व्यवस्था एजेन्सी ऐन २०१४ मा व्यवस्था गरिएको छ। तर‚ वाणिज्य विभाग यो विषयमा हालसम्म मौन रहँदै आएको थियो। तर अर्थमन्त्रीमा युवराज आएसँगै उनले मन्त्रालयमार्फत कमिसन नखुलाएसम्म एजेन्सी नवीकरण नगर्न वाणिज्य विभागलाई भनेका थिए। 

करिब ६ महिनाअघिदेखि नवीकरण सकिएका एजेन्सीहरुको कमिसन खुलाउन अस्वीकार गर्दा नवीकरण हुन सकेको छैन। उत्पादक कम्पनीले १०० वटा सवारी बेचे यति रकम दिने भन्ने हुन्छ। कतिपयले उतै पैसा राख्ने गरेका छन्। मोटरसाइकल, कार, हेवी तथा ट्याक्टर सबै आयातित सवारीमा कमिसन दिने नीति उत्पादकले राखेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कारमा प्रतियुनिट १५ हजार भारुसम्म, मोटरसाइकलमा कम्तिमा ३ हजार भारु, ठूला सवारीमा २० हजारभन्दा बढी भारु र सबैभन्दा धेरै ट्याक्टरमा ५० हजार भारुसम्म कमिसन दिने गरेको एक व्यवसायीले बताए। प्रत्यक्ष एलसी खोलिने महँगा गाडीमा झनै धेरै कमिसन पाइने गरेको छ। त्यसैले नेपाली आयातकर्ताहरुले पछिल्लो समय जसले गाडी किन्ने हो उसैका नाममा एलसी खोल्न लगाउने गरेका छन्। 

यसरी पाइने कमिसन खुलाउन सवारीको आधिकारिक बिक्रेता कम्पनीले इन्कार गरेकाले वाणिज्य सरोकारवालासँग व्यापक छलफलमा लागेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्