• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सीमा स्तम्भ बनाउँदा नेपालीको ४० बिघा जग्गा पुग्यो भारतमा, लालपुर्जा नेपालकै

64x64
शेरबहादुर ऐर मंगलबार, फागुन २७, २०७६  ०८:३२
1140x725
जग्गाधनी पुर्जा देखाउँदै बेलाैरी नगरपालिकाका नारायणबहादुर चन्द

धनगढी- वर्षौंदेखि उपभोग गर्दै आएको कञ्चनपुरकाे बेलौरी नगरपालिका- १० भुडा बस्ने तोपबहादुर चन्दको ६ कठ्ठा जमिन भारतीय क्षेत्रमा गयो। उनले २०२२ सालदेखि जग्गा उपभोग गर्दै आएका थिए। जग्गा सीमा सर्वेक्षण टोली नम्बर ४ ले अहिले सीमा स्तम्भ बनाउँदा उनको ६ कठ्ठा जग्गा भारतमा पार्‍यो।
‘भुडामा मेरो जम्मा ११ कठ्ठा जग्गा छ‚’ उनले भने‚ ‘अहिलेको सर्वेक्षणले ६ कठ्ठा जग्गा भारत क्षेत्रमा परेको छ।’ उनले २०२२ सालदेखि नै जग्गा उपभोग गर्दै आएपनि २०५५ सालमा लालपुर्जा प्राप्त गरेका थिए।

भुडाकी स्थानीय सीता चौधरीलाई २०५७ सालमा सुकुम्वासी समस्या समाधान आयोगले सात कठ्ठा जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा दिएको थियो। उनको पुरै जग्गा अहिले भारतीय सिमाभित्र परेको छ। ‘वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको २०५७ सालमा जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएको थिए‚’ उनले भनिन्‚ ‘खेतीको नाममा त्यही जग्गा थियो। अब त्यो पनि भारतमा पर्‍यो।’ उनीसँग अब बस्ने घरमात्र बँचेको छ नेपालतिर।

भुडाका स्थानीय चन्द्रसिंह थापाको अवस्था पनि उस्तै छ। उनको जग्गा पनि अहिले भारतीय सीमाभित्र पर्‍यो। सीमा स्तम्भ राख्दा उनको ३ बिघामध्ये १५ कठ्ठा जग्गा भारतमा पर्‍यो। ‘सीमा क्षेत्रभन्दा पारी मेरो १५ कठ्ठा जग्गा छ। अझै केही जग्गा दशगजामै पर्ने देखिन्छ,’ उनले भने‚ ‘यसरी वर्षौंदेखि उब्जनी गर्दै आएको जग्गा अहिले भारतमा कसरी पर्‍यो छक्कै पर्छु।’

यसैगरी स्थानीय नारायणबहादुर चन्दको पनि पौने चार कठ्ठा जग्गा भारतमा परेको छ।

बेलौरी नगरपालिका- १० का वडाध्यक्ष हरिलाल चौधरीले सीमा सर्वेक्षण टोलीले सहायक पिल्लर नम्बर ३३ र ३४ का बीचमा सांकेतिक (रिफ्ररेन्स) पिल्लर राख्ने तयारी गरेको जानकारी दिए। उनका अनुसार सीमामा सांकेतिक पिल्लर राख्दा नेपालीको ४० बिघा बढी जग्गा भारतमा परेको छ। ‘सांकेतिक पिल्लर निर्माण गर्ने प्रयास गर्दा ४० घर परिवारको जग्गा भारतमा परेको छ,’ उनले भने‚ ‘नेपालीहरुको जग्गा भारतमा परेपछि पिल्लर बनाउने काम रोकिएको छ।’

भुडाबासीले उपभोग गर्दै आएको जग्गामात्रै होइन नेपाल सरकारले एसियन विश्व बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण गरेको महाकाली सिंचाई आयोजनाको दोस्रो चरणको नहरसमेत दशगाजा क्षेत्रमा परेको छ। ‘एडिबीको आर्थिक सहयोगमा बनेको नहर दशगाजा क्षेत्रमा परेको छ भनेजसरी (सानो कुलो) भारत क्षेत्रमा परेको छ,’ स्थानीय नारायण चन्दले भने‚ ‘भुडाबासीलाई खेतीमा सहयोग पुर्‍याउन विश्व बैंकको आर्थिक सहयोगमा सिचाईं नहर बनेको थियो। विश्व बैंकले दशगाजा क्षेत्रमा त लगानी गरेन होला।’

Ncell 2
Ncell 2
nimb
nimb

सर्भेमै त्रुटि
सशस्त्र द्वन्द्वकाे समय थियो। २०५९ सालमा यस क्षेत्रमा कमै बसोबास थियो। वर्षाको समयमा मधुकर मास्के नेतृत्वको टोलीले सीमा सर्वेक्षण गरिरहेको थियो‚’ वडा सदस्य रामनाथ चौधरीले भने‚ ‘वर्षाको मौसम थियो। चौघर खोलाका कारण टोलीले जहाँ सजिलो मान्यो त्यहीँबाट सर्वेक्षण गर्दै अघि बढ्यो।’

उनले मास्केको टोलीको सर्वेक्षणका आधारमा टोली नम्बर ४ ले अहिले ‘रिफ्रेन्स’ पिल्लर निर्माण गर्न लागेको बताए। उनले बाजेका कुरालाई स्मरण गर्दै भने‚ ‘चौघर खोलामा सीमा स्तम्भ थियो। नेपाल भारतको सीमा पनि त्यही नदीलाई आधार मानिएको थियो।’ उनले २०५९ सालकै सर्भेको त्रुटिका कारण अहिले ४० बिघा जमिन भारतमा परेको बताए।

उनले नदीलाई सिमानाको आधार मान्ने हो भने नदीदेखि दुई सयदेखि चार सय मिटर वारी पिल्लर निर्माण हुन लागेको बताए। सर्भे टोलीले सहायक पिल्लर ३३ र ३४ को बीचमा तीन स्थानमा खनिसकेको छ। ‘हाम्रो एक इन्च भूमि पनि हामी छोड्दैनौं,’ स्थानीय मानबहादुर चन्दले भने‚ ‘टोलीले यथार्थ रुपमा सीमाको सर्भे गरेर पिल्लर निर्माण गर्नुपर्छ।’

स्थानीयहरुले मास्केमाथि छानबिन गरी कारवाही गरिनुपर्ने मागसहित आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थिए।

नदी मास्दै भारत
२०१८ सालदेखि नै चौघर नदीलाई भारत र नेपालको सिमाना मान्दै आइएकाे थिए। २०५९ सालको सर्भे र अहिले निर्माण हुन लागेको पिल्लरपछि भारतीयहरुले नदी मास्दै जान थालेका छन्। नदीमा माटो ढलान गर्दै केही भागमा उनीहरुले खेती गर्न सुरु गरेका छन्। नेपाल लाइभको टोली त्यस क्षेत्रमा पुग्दा भारतीयहरुले तरकारी तथा अन्य बालीहरु नदीको केही भागमा रोपी सकेका छन् भने केही भागमा माटो ढलान गरिरहेका थिए।

स्थानीय चन्द्रले भने‚ ‘अहिले भारतको हतियारधारी सेना नहर क्षेत्रमा आउँछन्। भोली हामीलाई त्यस क्षेत्रमा खेती गर्न कसरी देलान्?’ कञ्चनपुरको बेलौरी नगरपालिकामात्र नभई महाकाली, पुनर्वास र बेल्डाँडी नगरपालिका क्षेत्रका स्थानीयले वर्षौंदेखि उपभोग गर्दै आएका जग्गाहरु भारतमा परेका छन्।

जनप्रतिनिधि मौन
कञ्चनपुरका स्थानीयहरुले वर्षौंदेखि उपभोग गर्दै आएको जमिन भारतमा परेपनि यस विषयमा त्यस क्षेत्रका जनप्रतिनिधिहरु भने मौन रहेको स्थानीयहरुले आरोप लगाएका छन्।

कञ्चनपुर सीमा विवादित क्षेत्रका प्रतिनिधि खानेपानी तथा सरसफामन्त्री बिना मगर, प्रतिनिधिसभा सदस्य दीपक भट्ट, प्रदेशसभा सदस्य कुलवीर चौधरी, तारालामा तामाङलगायत यस विषयमा मौन रहेको स्थानीयले गुनासो गरे। स्थानीय वीरबहादुर थापाले आफ्नै देशको भूमि भारतमा पर्दा समेत यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुले कुनै पहल नगरेकाे बताए।

पुनरावलोकन गरिन्छ : टोली प्रमुख 
सीमा सर्वेक्षण टोली नम्बर ४ का प्रमुख सुदर्शन धामीले बेलौरी क्षेत्रको पिल्लरका बारेमा पुनरावलोकन गरिने बताएका छन्। उनले आइतबार स्थानीयहरुले कञ्चनपुर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि अहिले त्यस क्षेत्रमा कुनै काम अघि नबढाइने बताए।

उनले भने‚ ‘अहिले प्रमुख जिल्ला अधिकारीले बेलौरी क्षेत्रलगायतका विवादित क्षेत्रमा कामअघि नबढाउन आग्रह गरेका छन्। त्यस क्षेत्रका जनप्रतिनिधि, स्थानीयहरुसँग छलफल गरेर अघि बढ्नेछौं।’ उनले स्थानीयलाई सहमतिमा ल्याएर मात्र सीमाको काम गरिने बताए। उनले बेलौरीलगायतका विवादित क्षेत्रमा स्थानीयले वर्षौंदेखि जग्गा उपभोग गरिरहेको पाइएको बताए। उनले भने‚ ‘जग्गा त स्थानीयले वर्षौंदेखि उपभोग गरिरहेका छन्। तर, हामीले प्रविधिबाट सर्भे गर्दा जग्गा क्षेत्रभन्दा वारी नै सीमा देखिएका छन्।’ उनले कुनै क्षेत्रमा भारतले जग्गा गुमाउनु परेको छ भने कुनै ठाउँमा नेपालीले गुमाउनुपर्ने अवस्था रहेको बताए।

सीमा सर्वेक्षण टोलीले चालु आर्थिक वर्षमा ७० वटा पिल्लर निर्माण तथा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ। टोलीले अहिलेसम्म कञ्चनपुरमा नेपाली पक्षबाट चार र भारतीय पक्षबाट आठ पिल्लर निर्माण गरिसकिएको जनाइएको छ। यस्तै, कैलालीमा सात पिल्लर स्तरोन्नति गरेको जनाइएको छ।

कैलाली र कञ्चनपुर जिल्लामा एक सय १० मुख्यसहित ६ सय ५९ सीमा स्तम्भ रहेका छन्। ती स्तम्भको जोर नम्बरमा भारतीय पक्षले र बिजोर नम्बरमा नेपाली पक्षले काम गरिरहेको जनाइएको छ। कैलाली र कञ्चनपुरमा ७ सयदेखि ८ सय ११ नम्बरसम्मका सीमा स्तम्भ रहेका छन्। 

कैलालीका ५३ मुख्यसहित २ सय २९ सीमा स्तम्भमध्ये धेरैको काम सीमा सर्वेक्षण टोलीले यसअघि नै पुरा गरेको छ। अझै पनि ती स्तम्भको अवस्था हेरिने छ। टोलीले कैलालीको दुई सय ८२ र कञ्चनपुरको ३ सय ८० पिल्लर निर्माण तथा स्तरोन्नति गर्ने गरी कामको थालनी गरेको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! चण्डिका जीवितै भेटिएको खबर पाएपछि मृत्यु संस्कार गरिरहेका परिवारका सदस्यहरू काजकिरिया रोकेर अस्पताल पुगेका छन्। छोरीको फोन र सामाजिक... शनिबार, भदौ २०, २०८३
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? तर सञ्जयले सुरुङभित्र बिताएका १० दिन भने निकै कठिन थिए । अचानक आएको बाढीले सुरुङभित्र रहेका कामदारहरूलाई ज्यान जोगाउन भागाभागको अवस्... शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती लामुसोतीको घटनाले प्राकृतिक विपत्तिसँगै अर्को महत्वपूर्ण प्रश्न उठाएको छ, पूर्वसूचना प्रणाली कति प्रभावकारी थियो ? शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्