• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लथालिंग कोरोना नियन्त्रण संयन्त्र, हेल्थ डेस्क नै स्वास्थ्यकर्मीविहीन

64x64
दिनेश शर्मा सोमबार, फागुन २६, २०७६  १८:४७
1140x725

राजविराज- चीनको वुहानबाट डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वका ९४ देशमा पुगेको छ। चीनमा हालसम्म ३ हजारभन्दा बढी मानिसको मृत्यु यही भाइरसका कारण भएको छ। इटालीमा आइतबार एकै दिन १ सय ३३ जनाको मृत्यु भएपछि कोरोनाका कारण त्यहाँ मर्नेको संख्या ३ सय ६६ पुगेको छ।

कोरोनाबाट सोमबार १ लाख १० हजार ३ सय ३७ मानिस संक्रमित छन्। ६२ हजार ३ सय ९६ जना उपचारपछि घर फर्किएका छन्। चीनपछि दक्षिण कोरिया, इरान र इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छन्। अन्य देशमा संक्रमित संख्या बढ्दै गइरहेको छ। तर, चीनमा भने संख्या घट्दै गइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

अधिकांश देशमा संक्रमित देखिन थालेका छन्। भारतमा ३४ जना संक्रमित भेटिएका छन्। नेपालमा १ जनामा कोरोनाको भाइरस फेला परेको सरकारले पुष्टि गरेको छ। तर, भारतसँग खुल्ला सिमाना भएका कारण नेपालमा पनि संक्रमितको संख्या बढ्नसक्ने खतरा छ। 

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ। नेपाल सरकारले पनि यस कुरालाई मनन गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले केही दिनअघि मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै ‘कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिमलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा अपनाएकाले डराउनु पर्दैन‚’ भनेका थिए।

‘तेस्रो मुलुकबाट आउने यात्रुमाथि चेकजाँच गरिएको र शंकास्पदलाई निदान गर्ने काम चलिरहेको छ‚’ उनले भनेका थिए‚‘हवाई यात्रुलाई स्क्रिनिङ गरी संक्रमणको संकेत देखिए क्वारेनटाइनमा राख्ने तयारी सरकारले गरेको छ।’

पैदलमार्ग र नेपाल-भारत नाका रहेका ३७ स्थानमा चेकजाँच थालिएको उनको दाबी थियो। 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि खुला सिमाना, आपसी सम्बन्ध, खानपिन तथा आऊजाऊ भारतसँग बढी हुने भएकाले नेपालमा थप जोखिम बढेको संकेत गरेका थिए। उनले भन्सार नाकाबाहेक ३७ ठाउँमा हेल्थ डेस्क खडा गरेर परीक्षणको तयारी गरिएको जानकारी दिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सोहीअनुरुप सरकारले भारतसँग सीमा जोडिएका सबै नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न र आवतजावत गर्ने दुवै देशका नागरिकमाथि कडा निगरानी राख्न निर्देशन दिएको थियो। तर, उक्त निर्देशन व्यवहारिक रुपमा कार्यान्वयन भएको छैन। स्थापना भएका हेल्थ डेस्क पनि प्रक्रिया पु¥याउनका लागिमात्रै छन्।

स्वास्थ्यकर्मीविहीन हेल्थ डेस्क 
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा फागुन २३ गते बसेको ‘कोरोना भाइरस प्रभाव, न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति’को बैठकले भारतसँग सीमा जोडिएका सबै नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न र आवतजावत गर्ने दुवै देशका नागरिकमाथि कडा निगरानी राख्न निर्देशन दियो।

समितिले नेपाली सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायलाई जनचेतना फैलाउनेदेखि सीमा नाकामा स्वास्थ्य जाँचको व्यवस्था मिलाउनेसम्मको निर्देशन दिएको छ। उक्त निर्देशनसँगै सप्तरीमा भटाभट हेल्थ डेस्क स्थापना भए। स्वतस्फुर्त रुपमा स्थापना भइसकेका २ सहित ७ स्थानीय तहमा १६ वटा हेल्थ डेस्क स्थापना भए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा वलान विहुल गाउँपालिकाको वेल्ही र रामनगरकोदरकट्टि, विष्णुपुर गाउँपालिकाको राजविराज विमानस्थल, वोदेवरसाइन नगरपालिकाको देउरी, डाकनेश्वरी नगरपालिकाको पातो, गमरीया प्रवाह, तरही, औरही र भुतही, राजगढ गाउँपालिकाको झुटकी र बनैनियाँ, छिन्नमस्ता गाउँपालिकाको सखडा गोविन्दपुर, तिलाठी गाउँपालिकाको भन्सार गेट, हनुनमाननगर कंकालिनी नगरपालिकाको गोवरगाढा र भारदहमा हेल्थ डेस्क स्थापना गरिएको छ।

तर, हेल्थ डेस्कको प्रभावकारिताका विषयमा भने शंका उत्पन्न भएको छ। तिलाठी कोइलाडी गाउँपालिका–१, बेल्ही भन्सारमा माघ २५ देखि सुरु गरिएको ‘हेल्थ डेस्क परामर्श स्वास्थ्य सेवा’ स्वास्थ्यकर्मीकै कारणले प्रभावित छ। वेल्ही, नेपाल–भारत आवतजावत हुने सप्तरीको प्रमुख नाका हो। सप्तरीसहित सिरहा र उदयपुरदेखिका सर्वसाधारण यो नाका प्रयोग गरेर दैनिक उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार प्रवेश गर्छन्।

भारतीय कुनौली बजारमा मात्रै नेपालीहरुले दैनिक सरदर १ करोड बराबरको सामान खरिद गर्ने गरेको जिल्ला भन्सार कार्यालय सप्तरीका कर्मचारीहरु बताउँछन्। सप्तरीको प्रमुख भन्सार कार्यालय यही नाकामा छ। 

अर्कोतर्फ औषधि उपचार र आफन्त भेट्न पनि यो नाका प्रयोग हुन्छ। औषधि उपचारका लागि दरभंगा, पटनालगायतका स्थानमा जान पनि यो नाका प्रयोग हुने भएकाले मान्छेको ओहोर-दोहोर धेरै छ। दैनिक हजारौंको संख्यामा मानिस नेपाल–भारत ओहोर–दोहोर गर्छन्। 

तर, यो नाका भएर नेपाल प्रवेश गर्ने सर्वसाधारणको स्वास्थ्य चेकजाँच नहुँदा भारतबाट सजिलै कोरोना भाइरस नेपाल भित्रिन सक्ने खतरा बढेको छ। नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी भेटिँदैनन्। 

बिहान १० बजेदेखि राति ६ बजेसम्म स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हेल्थ डेस्कमा ब्यानरसहित केही पञ्जा र रजिष्टर राखेको देख्न सकिन्छ। तर, घण्टौंसम्म पनि स्वास्थ्यकर्मीहरु नआउँदा चेकजाँच गराउन चाहनेहरु पनि निरास भएर हिँड्ने गरेका छन्। कुनौली बजारबाट फर्कंदै गरेका राजविराज नगरपालिका-१५ का वडाअध्यक्ष रामप्रसाद यादवले पनि हेल्थ डेस्कमा स्वास्थ्यकर्मी नभेटिएको बताए। ‘हेल्थ डेस्क स्थापना भएको सुनेको थिए, तर सोचेअनुसार काम चैं हुँदो रहेनछ‚’ उनले भने‚ ‘यस्तो पाराले कोरोना भाइरस कतिदिन रोकथाम होला?’

भारतीय क्षेत्र प्रवेश गरेका सर्वसाधारणलाई सम्झाई बुझाई गरेर चेकजाँच गर्नुपर्नेमा स्वास्थ्यकर्मी नै नबसेको देख्दा आश्चर्य लागेको उनले बताए। ‘अधिकांशलाई हेल्थ डेस्कका बारेमा जानकारी छैन‚’ उनले भने‚ ‘परिणाम दिने हो भने त एक जना पनि नछोडी चेक गर्ने व्यवस्था मिलाउनुपर्छ।’

शम्भुनाथ नगरपालिकाको कठौनाकी रामकुमारी चौधरी, विष्णुपुर गाउँपालिका-४ का सकलदेव मण्डल र कञ्चनरुप नगरपालिकाको बरमझियाका वौवालाल सदाले पनि हेल्थ डेस्क र स्वास्थ्य चेकजाँचका विषयमा आफूहरुलाई जानकारी नै नभएको बताए।

विमानस्थलमा पनि उस्तै
हवाई मार्ग भएर पर्यटक तथा अन्य स्थानका यात्रु भित्रिने राजविराज विमानस्थलको अवस्था पनि उस्तै छ। विष्णुपुर गाउँपालिकास्थित विमानस्थलमा गत माघ २७ गतेदेखि ‘हेल्थ डेस्क’ स्थापना भएको हो।

राजविराज नगरपालिकाकाले संचालन गरेको उक्त हेल्थ डेस्कमा पहिलो दिनमै ५० यात्रुको स्वास्थ्य जाँच गरिएको थियो। तर, हालसम्म उक्त संख्या १ सय नाघेको छैन। ‘पहिला त यात्रुको चेकजाँच गर्न खोज्दा नाम पनि मान्दैनथे, धरैजसो नबोली जान्थे‚’ नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक हरिवंश यादवले भने‚ ‘बिस्तारै २/४ जनाका दरले संख्या थपिन थालेको छ, तयार हुने जतिलाई जाँच गरेर पठाउँछौं।’

कोरोनाको बारेमा प्रचारप्रसार हुन थालेपछि शंका लागेका व्यक्तिहरु चेकजाँच र सल्लाह लिएर आउने गरेको उनले बताए।

भारतीय क्षेत्रमा स्वास्थ्यकर्मी छन्, चेकजाँच छैन
नेपालमा मात्र होइन। कोरोनाका विषयमा भारतीय स्वास्थ्यकर्मीहरु पनि संवेदनशील देखिएका छैनन्। भारत सरकारले कुनौली नाकामा २ डाक्टर, २ एएनएम र १ स्वयंसेविकासहितको हेल्थ डेस्क स्थापना गरेको छ। तर, हेल्थडेस्कमा डाक्टरको उपस्थिती न्यून छ। एएनएम पिंकीदेवी र माला सिंहा पालो गरेर बस्ने गरेका छन्। तर, चेकजाँच भने खासै नभएको स्थानीयहरु बताउँछन्। शनिबार करीब ३० जनालाई परामर्श दिइएको मालाले जानकारी दिइन्।

छुट्टीका दिन घरायसी समान किन्न सरकारी गाडी
कोरोना भाइरसका कारण विश्व आतंकित छ। नेपाल पनि त्यसबाट अछुतो छैन। सरकारले सुरक्षा निकायसहित सम्बन्धित सबैलाई कोरोनाको बारेमा जनचेतना फैलाउन निर्देशन दिएको छ। तर, जनचेतना फैलाउने दायित्व पुरा गर्नुपर्ने सरकारी कर्मचारी नै बिनातयारी भारती बजार प्रवेश गर्ने र चेकजाँच नै नगरी फर्कने गरेका छन्।

बिदाको दिन सरकारी नम्बर प्लेटका मोटरसाइकल लिएर घरायसी सामान किन्न कर्मचारीहरु कुनौली बजार पुग्ने गरेका छन्। शनिबार स १ ब ४७६ र प्र २–०१-००१ ब ००३८ नम्बरका मोटरसाइकल कुनौली बजारमा भेटिएका थिए। 

मास्कको चरम अभाव
सरकारले औषधिलगायतका सामान अभाव नहुने र कालोबजारी गर्नेलाई कारबाही गर्ने जनाए पनि सप्तरीमा अहिलेदेखि नै मास्क र सेनिटाइजरलगायत वस्तुको चरम अभाव भएको छ। 

केही समयअघिसम्म किराना पसलमा पनि पाइने सर्जिकल मास्क औषधि पसलमा समेत पाइन छोडेको छ। विराटनगर र काठमाडौंबाट मास्कको आयात गर्दै आएका औषधि व्यवसायीहरुले मास्कको आयात नै ठप्प भएको बताउन थालेका छन्। ‘डिलरले चाहिने भए होलसेलमै प्रतिगोटा ४० रुपैयाँ पर्छ, बिल पाइँदैन भन्छन्‚’ एक व्यवसायी भन्छन्‚ ‘१० रुपैयाँको मास्क ४० मा खरिद गरेर बिक्री गर्दा पक्राउ पर्ने निश्चित छ। त्यसैले मगाएको छैन।’

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्