• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लथालिंग कोरोना नियन्त्रण संयन्त्र, हेल्थ डेस्क नै स्वास्थ्यकर्मीविहीन

64x64
दिनेश शर्मा सोमबार, फागुन २६, २०७६  १८:४७
1140x725

राजविराज- चीनको वुहानबाट डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वका ९४ देशमा पुगेको छ। चीनमा हालसम्म ३ हजारभन्दा बढी मानिसको मृत्यु यही भाइरसका कारण भएको छ। इटालीमा आइतबार एकै दिन १ सय ३३ जनाको मृत्यु भएपछि कोरोनाका कारण त्यहाँ मर्नेको संख्या ३ सय ६६ पुगेको छ।

कोरोनाबाट सोमबार १ लाख १० हजार ३ सय ३७ मानिस संक्रमित छन्। ६२ हजार ३ सय ९६ जना उपचारपछि घर फर्किएका छन्। चीनपछि दक्षिण कोरिया, इरान र इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छन्। अन्य देशमा संक्रमित संख्या बढ्दै गइरहेको छ। तर, चीनमा भने संख्या घट्दै गइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

अधिकांश देशमा संक्रमित देखिन थालेका छन्। भारतमा ३४ जना संक्रमित भेटिएका छन्। नेपालमा १ जनामा कोरोनाको भाइरस फेला परेको सरकारले पुष्टि गरेको छ। तर, भारतसँग खुल्ला सिमाना भएका कारण नेपालमा पनि संक्रमितको संख्या बढ्नसक्ने खतरा छ। 

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ। नेपाल सरकारले पनि यस कुरालाई मनन गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले केही दिनअघि मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै ‘कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिमलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा अपनाएकाले डराउनु पर्दैन‚’ भनेका थिए।

‘तेस्रो मुलुकबाट आउने यात्रुमाथि चेकजाँच गरिएको र शंकास्पदलाई निदान गर्ने काम चलिरहेको छ‚’ उनले भनेका थिए‚‘हवाई यात्रुलाई स्क्रिनिङ गरी संक्रमणको संकेत देखिए क्वारेनटाइनमा राख्ने तयारी सरकारले गरेको छ।’

पैदलमार्ग र नेपाल-भारत नाका रहेका ३७ स्थानमा चेकजाँच थालिएको उनको दाबी थियो। 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि खुला सिमाना, आपसी सम्बन्ध, खानपिन तथा आऊजाऊ भारतसँग बढी हुने भएकाले नेपालमा थप जोखिम बढेको संकेत गरेका थिए। उनले भन्सार नाकाबाहेक ३७ ठाउँमा हेल्थ डेस्क खडा गरेर परीक्षणको तयारी गरिएको जानकारी दिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सोहीअनुरुप सरकारले भारतसँग सीमा जोडिएका सबै नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न र आवतजावत गर्ने दुवै देशका नागरिकमाथि कडा निगरानी राख्न निर्देशन दिएको थियो। तर, उक्त निर्देशन व्यवहारिक रुपमा कार्यान्वयन भएको छैन। स्थापना भएका हेल्थ डेस्क पनि प्रक्रिया पु¥याउनका लागिमात्रै छन्।

स्वास्थ्यकर्मीविहीन हेल्थ डेस्क 
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा फागुन २३ गते बसेको ‘कोरोना भाइरस प्रभाव, न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति’को बैठकले भारतसँग सीमा जोडिएका सबै नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न र आवतजावत गर्ने दुवै देशका नागरिकमाथि कडा निगरानी राख्न निर्देशन दियो।

समितिले नेपाली सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायलाई जनचेतना फैलाउनेदेखि सीमा नाकामा स्वास्थ्य जाँचको व्यवस्था मिलाउनेसम्मको निर्देशन दिएको छ। उक्त निर्देशनसँगै सप्तरीमा भटाभट हेल्थ डेस्क स्थापना भए। स्वतस्फुर्त रुपमा स्थापना भइसकेका २ सहित ७ स्थानीय तहमा १६ वटा हेल्थ डेस्क स्थापना भए। 

जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा वलान विहुल गाउँपालिकाको वेल्ही र रामनगरकोदरकट्टि, विष्णुपुर गाउँपालिकाको राजविराज विमानस्थल, वोदेवरसाइन नगरपालिकाको देउरी, डाकनेश्वरी नगरपालिकाको पातो, गमरीया प्रवाह, तरही, औरही र भुतही, राजगढ गाउँपालिकाको झुटकी र बनैनियाँ, छिन्नमस्ता गाउँपालिकाको सखडा गोविन्दपुर, तिलाठी गाउँपालिकाको भन्सार गेट, हनुनमाननगर कंकालिनी नगरपालिकाको गोवरगाढा र भारदहमा हेल्थ डेस्क स्थापना गरिएको छ।

तर, हेल्थ डेस्कको प्रभावकारिताका विषयमा भने शंका उत्पन्न भएको छ। तिलाठी कोइलाडी गाउँपालिका–१, बेल्ही भन्सारमा माघ २५ देखि सुरु गरिएको ‘हेल्थ डेस्क परामर्श स्वास्थ्य सेवा’ स्वास्थ्यकर्मीकै कारणले प्रभावित छ। वेल्ही, नेपाल–भारत आवतजावत हुने सप्तरीको प्रमुख नाका हो। सप्तरीसहित सिरहा र उदयपुरदेखिका सर्वसाधारण यो नाका प्रयोग गरेर दैनिक उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार प्रवेश गर्छन्।

भारतीय कुनौली बजारमा मात्रै नेपालीहरुले दैनिक सरदर १ करोड बराबरको सामान खरिद गर्ने गरेको जिल्ला भन्सार कार्यालय सप्तरीका कर्मचारीहरु बताउँछन्। सप्तरीको प्रमुख भन्सार कार्यालय यही नाकामा छ। 

अर्कोतर्फ औषधि उपचार र आफन्त भेट्न पनि यो नाका प्रयोग हुन्छ। औषधि उपचारका लागि दरभंगा, पटनालगायतका स्थानमा जान पनि यो नाका प्रयोग हुने भएकाले मान्छेको ओहोर-दोहोर धेरै छ। दैनिक हजारौंको संख्यामा मानिस नेपाल–भारत ओहोर–दोहोर गर्छन्। 

तर, यो नाका भएर नेपाल प्रवेश गर्ने सर्वसाधारणको स्वास्थ्य चेकजाँच नहुँदा भारतबाट सजिलै कोरोना भाइरस नेपाल भित्रिन सक्ने खतरा बढेको छ। नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी भेटिँदैनन्। 

बिहान १० बजेदेखि राति ६ बजेसम्म स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हेल्थ डेस्कमा ब्यानरसहित केही पञ्जा र रजिष्टर राखेको देख्न सकिन्छ। तर, घण्टौंसम्म पनि स्वास्थ्यकर्मीहरु नआउँदा चेकजाँच गराउन चाहनेहरु पनि निरास भएर हिँड्ने गरेका छन्। कुनौली बजारबाट फर्कंदै गरेका राजविराज नगरपालिका-१५ का वडाअध्यक्ष रामप्रसाद यादवले पनि हेल्थ डेस्कमा स्वास्थ्यकर्मी नभेटिएको बताए। ‘हेल्थ डेस्क स्थापना भएको सुनेको थिए, तर सोचेअनुसार काम चैं हुँदो रहेनछ‚’ उनले भने‚ ‘यस्तो पाराले कोरोना भाइरस कतिदिन रोकथाम होला?’

भारतीय क्षेत्र प्रवेश गरेका सर्वसाधारणलाई सम्झाई बुझाई गरेर चेकजाँच गर्नुपर्नेमा स्वास्थ्यकर्मी नै नबसेको देख्दा आश्चर्य लागेको उनले बताए। ‘अधिकांशलाई हेल्थ डेस्कका बारेमा जानकारी छैन‚’ उनले भने‚ ‘परिणाम दिने हो भने त एक जना पनि नछोडी चेक गर्ने व्यवस्था मिलाउनुपर्छ।’

शम्भुनाथ नगरपालिकाको कठौनाकी रामकुमारी चौधरी, विष्णुपुर गाउँपालिका-४ का सकलदेव मण्डल र कञ्चनरुप नगरपालिकाको बरमझियाका वौवालाल सदाले पनि हेल्थ डेस्क र स्वास्थ्य चेकजाँचका विषयमा आफूहरुलाई जानकारी नै नभएको बताए।

विमानस्थलमा पनि उस्तै
हवाई मार्ग भएर पर्यटक तथा अन्य स्थानका यात्रु भित्रिने राजविराज विमानस्थलको अवस्था पनि उस्तै छ। विष्णुपुर गाउँपालिकास्थित विमानस्थलमा गत माघ २७ गतेदेखि ‘हेल्थ डेस्क’ स्थापना भएको हो।

राजविराज नगरपालिकाकाले संचालन गरेको उक्त हेल्थ डेस्कमा पहिलो दिनमै ५० यात्रुको स्वास्थ्य जाँच गरिएको थियो। तर, हालसम्म उक्त संख्या १ सय नाघेको छैन। ‘पहिला त यात्रुको चेकजाँच गर्न खोज्दा नाम पनि मान्दैनथे, धरैजसो नबोली जान्थे‚’ नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक हरिवंश यादवले भने‚ ‘बिस्तारै २/४ जनाका दरले संख्या थपिन थालेको छ, तयार हुने जतिलाई जाँच गरेर पठाउँछौं।’

कोरोनाको बारेमा प्रचारप्रसार हुन थालेपछि शंका लागेका व्यक्तिहरु चेकजाँच र सल्लाह लिएर आउने गरेको उनले बताए।

भारतीय क्षेत्रमा स्वास्थ्यकर्मी छन्, चेकजाँच छैन
नेपालमा मात्र होइन। कोरोनाका विषयमा भारतीय स्वास्थ्यकर्मीहरु पनि संवेदनशील देखिएका छैनन्। भारत सरकारले कुनौली नाकामा २ डाक्टर, २ एएनएम र १ स्वयंसेविकासहितको हेल्थ डेस्क स्थापना गरेको छ। तर, हेल्थडेस्कमा डाक्टरको उपस्थिती न्यून छ। एएनएम पिंकीदेवी र माला सिंहा पालो गरेर बस्ने गरेका छन्। तर, चेकजाँच भने खासै नभएको स्थानीयहरु बताउँछन्। शनिबार करीब ३० जनालाई परामर्श दिइएको मालाले जानकारी दिइन्।

छुट्टीका दिन घरायसी समान किन्न सरकारी गाडी
कोरोना भाइरसका कारण विश्व आतंकित छ। नेपाल पनि त्यसबाट अछुतो छैन। सरकारले सुरक्षा निकायसहित सम्बन्धित सबैलाई कोरोनाको बारेमा जनचेतना फैलाउन निर्देशन दिएको छ। तर, जनचेतना फैलाउने दायित्व पुरा गर्नुपर्ने सरकारी कर्मचारी नै बिनातयारी भारती बजार प्रवेश गर्ने र चेकजाँच नै नगरी फर्कने गरेका छन्।

बिदाको दिन सरकारी नम्बर प्लेटका मोटरसाइकल लिएर घरायसी सामान किन्न कर्मचारीहरु कुनौली बजार पुग्ने गरेका छन्। शनिबार स १ ब ४७६ र प्र २–०१-००१ ब ००३८ नम्बरका मोटरसाइकल कुनौली बजारमा भेटिएका थिए। 

मास्कको चरम अभाव
सरकारले औषधिलगायतका सामान अभाव नहुने र कालोबजारी गर्नेलाई कारबाही गर्ने जनाए पनि सप्तरीमा अहिलेदेखि नै मास्क र सेनिटाइजरलगायत वस्तुको चरम अभाव भएको छ। 

केही समयअघिसम्म किराना पसलमा पनि पाइने सर्जिकल मास्क औषधि पसलमा समेत पाइन छोडेको छ। विराटनगर र काठमाडौंबाट मास्कको आयात गर्दै आएका औषधि व्यवसायीहरुले मास्कको आयात नै ठप्प भएको बताउन थालेका छन्। ‘डिलरले चाहिने भए होलसेलमै प्रतिगोटा ४० रुपैयाँ पर्छ, बिल पाइँदैन भन्छन्‚’ एक व्यवसायी भन्छन्‚ ‘१० रुपैयाँको मास्क ४० मा खरिद गरेर बिक्री गर्दा पक्राउ पर्ने निश्चित छ। त्यसैले मगाएको छैन।’

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय, असोज ८ सम्म आवेदन दिन आह्वान आइतबार, असोज ४, २०८३
प्रधानन्यायाधीश शर्मा नेतृत्वको टोली चीन प्रस्थान आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्