काठमाडौं– नेपाल चम्बर अफ कमर्सले कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरण गर्नको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई थर्मोमिटर गन,मास्क, प्राइम किट प्रिमियम सेट (पिपिई सेट), स्प्रिट, फुल गाउन लगायतका सामग्रीहरु हस्तान्तरण गरको छ।
चेम्बरले त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालयको अन्तराष्ट्रिय तथा आन्तरिक टरमिनल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई उक्त सामान हस्तान्तरण गरेको हो।
कार्यक्रममा स्वाथ्य सेवा विभागका महानिर्देशक डा महेन्द्रप्रसाद श्रेष्ठ, त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्ण, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा राजेशकुमार साहलगायतको उपस्थिति रहेको थियो।
कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न चेम्बरको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दिपककुमार मलहोत्राको संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरिएको थियो। उक्त समितिमा चेम्बरका कार्य समिति सदस्यमा मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुँवर, देवेन्द्र भक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा, ज्योति प्रकाश पाण्डे र आनन्दकुमार अग्रवाल बगरिया रहेका थिए।
कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा औषधि, मास्क, सेनिटाइजरलगायतका सामग्रीहरुका सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने बताए। साथै यस प्रकोपबाट सुरक्षसत्मक उपायहरु अवलम्बन गर्न समेत सबैपक्षसँग चेम्बरले अनुरोध गरेको छ।
कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि चेम्बरले जनसचेतना मूलक पर्चा जिल्लामा समेत वितरण गर्ने भएको छ। त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालय गौचरणका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्नको लागि त्रिभुवन विमान स्थलमा यात्रुहरुको सघन परिक्षणको बारेमा गरिएको प्रयास बारे प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।