काठमाडौं- चारपटक जेल, १९ पटक गिरफ्तार र ८ वर्ष भारत निर्वासनमा हुँदासमेत महेश्वरलाल श्रेष्ठ गलेनन्। व्यवस्था बदल्ने आन्दोलनमा होमिएका उनी निरन्तर लडिरहे। त्यो बेला उनीप्रति राज्य कति डराउँथ्यो भन्ने उनको टाउकोको मूल्यबाट प्रष्ट हुन्छ।
२०१८ सालमा राजा महेन्द्रले उनको टाउकाको मूल्य तोके तीन लाख रुपैयाँ। जिउँदै वा काटेकै टाउको खोजेका महेन्द्रले त्यो बेला श्रेष्ठको टाउको भेटाएनन्। राजाले टाउको नभेटाएकै कारण उनी महेन्द्रको मृत्यु भएको ४८ वर्षपछि त्यो दिनबारे कुरा गरिरहेका छन्। उनले चाहेको आदर्श राजनीतिक व्यवस्थामा निर्धक्क आफ्ना कुरा राखिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।